बाँके । भारतबाट अवैध रुपमा भित्र्याइएका १० लाख रुपियाँ भन्दा बढीको अवैध सामानलाई नेपालगन्ज भन्सार कार्यालयले नष्ट गरेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले बरामद गरेर नेपालगन्ज भन्सार कार्यालयमा दाखिला गरेको १० लाख भन्दा बढीको पेय पदार्थ, सूर्तीजन्य र अन्य अखाद्य वस्तु नष्ट गरिएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत युवराज विश्वकर्माले बताए ।
उनले स्वास्थ्यका लागि हानिकारक भएकोले लिलाम गर्न नमिल्ने विभिन्न अवैध सामानलाई आगो लगाएर नष्ट गरिएको जनाए । ‘लिलाम गर्न नमिल्ने अवैध सामानलाई कानुनको मापदण्ड पूरा गरेर नष्ट गरिएको छ,’ प्रमुख विश्वकर्माले भने । नेपालगन्ज भन्सार कार्यालयका अनुसार आगो लगाएर नष्ट गरिएका अवैध सामानमा ३६५ प्रकारका सामान रहेका छन् । नष्ट गरिएका वस्तुमध्ये सबैभन्दा धेरै पेय पदार्थ रहेको सो कार्यालयले जनाएको छ ।
सूर्तीजन्य पदार्थ र अन्य अखाद्य वस्तु जलाइए पनि पेय पदार्थका बोत्तलबाट झोल निकालेर बोत्तल बिक्रीका लागि राखिएको भन्सार कार्यालयले जनाएको छ । पेय पदार्थलाई खाल्डोमा खन्याएर कवाडीलाई बोत्तल बिक्री गरिने बताइएको छ । जथाभावी फाल्दा सर्वसाधारणले उठाएर लैजाने, वातावरण प्रदूषित हुने र गाड्दा पनि प्लाष्टिकजन्य वस्तु नकुहिने भएकोले आगो लगाएर नष्ट गरिएको भन्सार प्रमुख विश्वकर्माको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २५ गते, २०८१ - २०:४९
काठमाडाैं । जिल्ला अदालत कास्कीले धरौटीमा छोड्न आदेश दिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उनलाई काठमाडौं जिल्ला अद...
पौष २५ गते, २०८१ - २०:१९
स्वास्थ्य परीक्षणपछि छुट्दै रवि
पौष २५ गते, २०८१ - १९:५८
तनहुँ । सहकारीको प्रबन्धकलाई कुटपिट गरेको आरोपमा तनहुँमा प्रहरीले एकजना जनप्रतिनिधि सहित पाँच जनालाई पक्राउ गरेको छ । भिमाद नगरपालिका–७ का वडाध्यक्ष प...
पौष २५ गते, २०८१ - १९:५१
काठमाडाैं । करिब तीन महिनादेखि थुनामा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न कास्की जिल्ला अदालत...
पौष २५ गते, २०८१ - १९:२२
पोखरा । पाेखराकाे सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतको आदेशपछि तीनजना धरौटी बुझाएर छुटेका छन् । अदालतको आदेशपछि कृष्ण गुरुङ, मिना गुरु...
पौष २५ गते, २०८१ - १९:११
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक सशक्तीकरण प्रदेश सरकारको प्राथमिकतामा रहे...
पौष २५ गते, २०८१ - १९:०७
मुस्ताङ । सन् २०२४ मा चार हजार बढी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका छन् । सन् २०२३ को तुलनामा २०२४ मा १४ दशमलव २० प्रतिशतले पर्यटक आगमन वृद्धि भएको...
पौष २५ गते, २०८१ - १८:५८
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताई योङले शिष्टाचार भेट गरेका छन् । ...
पौष २५ गते, २०८१ - १८:५५
ल्हासा । दक्षिण-पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बिहीबार अपराह्न ३ः०० बजेसम...
पौष २५ गते, २०८१ - १८:५१
जेनेभा । वर्षौंको गृहयुद्ध र दशकौँको तानाशाहीपछि देश सङ्क्रमणकालमा हुँदा संयुक्त राष्ट्रसङ्घको आप्रवासन एजेन्सीले बिहीबार सिरियाका लागि सात करोड ३० ला...
प्रतिकृया लेख्नुहोस्: