पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले सोमबार कम्तीमा २२ जनाको गोली हानी हत्या गरेको सरकारी अधिकारीहरूले बताएका छन् ।
सुरक्षा फौजले साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लडिरहेको बलुचिस्तान प्रान्तको मुसाखाइल जिल्लामा सोमबार बिहान उक्त आक्रमण भएको हो । मुसाखाइलका एक वरिष्ठ अधिकारी नजिबुल्लाह काकरले एएफपीसँग भने, “पञ्जाबलाई बलुचिस्तानसँग जोड्ने राजमार्गमा लडाकूहरूले धेरै बस, ट्रक र भ्यान रोक्दा भएको झडपपछि चलेको गोली लागी कम्तीमा २२ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।”
उनले भने, “पञ्जाबबाट आउने र जाने सवारी साधनको निरीक्षण गरिएको र पञ्जाबबाट आएका व्यक्तिहरूको पहिचान गरी गोली हानिएको थियो ।” काकरका अनुसार १९ जना पञ्जाबी र तीन जना बलोच सर्वसाधारण मारिएका छन् । जिल्लाका अर्का वरिष्ठ अधिकारी हमिद जेहरीले एएफपीलाई मृतकको सङ्ख्या पुष्टि गरेका छन् ।
उनले भने, “यो आक्रमणका लागि बलोच लिबरेशन आर्मी (बीएलए) का लडाकू जिम्मेवार रहेको देखिन्छ । बलोच लिबरेशन आर्मी यस क्षेत्रको सबैभन्दा सक्रिय लडाकू पृथकतावादी समूह हो । बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो तर गरिब प्रान्त हो भने यहाँ अप्रयुक्त प्राकृतिक स्रोतहरूको प्रचुरता छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २५ गते, २०८१ - २०:४९
काठमाडाैं । जिल्ला अदालत कास्कीले धरौटीमा छोड्न आदेश दिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उनलाई काठमाडौं जिल्ला अद...
पौष २५ गते, २०८१ - २०:१९
स्वास्थ्य परीक्षणपछि छुट्दै रवि
पौष २५ गते, २०८१ - १९:५८
तनहुँ । सहकारीको प्रबन्धकलाई कुटपिट गरेको आरोपमा तनहुँमा प्रहरीले एकजना जनप्रतिनिधि सहित पाँच जनालाई पक्राउ गरेको छ । भिमाद नगरपालिका–७ का वडाध्यक्ष प...
पौष २५ गते, २०८१ - १९:५१
काठमाडाैं । करिब तीन महिनादेखि थुनामा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न कास्की जिल्ला अदालत...
पौष २५ गते, २०८१ - १९:२२
पोखरा । पाेखराकाे सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतको आदेशपछि तीनजना धरौटी बुझाएर छुटेका छन् । अदालतको आदेशपछि कृष्ण गुरुङ, मिना गुरु...
पौष २५ गते, २०८१ - १९:११
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक सशक्तीकरण प्रदेश सरकारको प्राथमिकतामा रहे...
पौष २५ गते, २०८१ - १९:०७
मुस्ताङ । सन् २०२४ मा चार हजार बढी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका छन् । सन् २०२३ को तुलनामा २०२४ मा १४ दशमलव २० प्रतिशतले पर्यटक आगमन वृद्धि भएको...
पौष २५ गते, २०८१ - १८:५८
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताई योङले शिष्टाचार भेट गरेका छन् । ...
पौष २५ गते, २०८१ - १८:५५
ल्हासा । दक्षिण-पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बिहीबार अपराह्न ३ः०० बजेसम...
पौष २५ गते, २०८१ - १८:५१
जेनेभा । वर्षौंको गृहयुद्ध र दशकौँको तानाशाहीपछि देश सङ्क्रमणकालमा हुँदा संयुक्त राष्ट्रसङ्घको आप्रवासन एजेन्सीले बिहीबार सिरियाका लागि सात करोड ३० ला...
प्रतिकृया लेख्नुहोस्: