Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

चाडपर्व नजिकिएसँगै महँगियो भान्सा

खबरडबली संवाददाता

काठमाडौं । चाडपर्व सुरु भएसँगै नेपाली बजारमा विभिन्न वस्तुको भाउ अस्वाभाविक बढ्न थालेको छ । नियमित प्रयोग हुने अत्यावश्यक वस्तुहरू चामल र चिनीको मूल्य क्रमिक बढिरहेको छ । 

मूल्य वृद्धि हुनुको स्पष्ट कारण नभए पनि व्यापारीहरू भने चिनी र चामलको मूल्य बढ्नुमा भारतले निकासीमा गरेको कडाइ र भन्सार महसुल वृद्धि हुनुलाई देखाउँछन् । 

नेपाल खाद्य किराना तथा थोक व्यापार सङ्घका अनुसार नेपाल सरकारले स्वदेशी उद्योगको संरक्षण गर्ने नाममा अनावश्यक रूपमा लगाउँदै आएको ३० प्रतिशत भन्सार महसुल एवं अग्रिम आयकर कट्टीबापत १० प्रतिशतको राजस्व उठाउने गरेकाले पछिल्लो महिना चिनी, दलहन र चामलको भाउ बढेको हो । 

नेपाल खाद्यवस्तुमा लगभग भारतमै निर्भर रहेको र हाल भारतमै ती वस्तुको भाउ बढेको हुँदा चामल प्रतिबोरा दुई सय रुपियाँ बढेर आएको सङ्घले जनाएको छ । 

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो दुई महिनाको बिचमा मोटा चामल प्रतिबोरा तीन सय रुपियाँसम्म, दलहन प्रतिकेजी ९० रुपियाँसम्म र चिनी प्रतिकेजी २० रुपियाँ महँगो भएको छ । 

सङ्घका महासचिव अमुलकाजी तुलाधरले भारत सरकारले चामल, चिनी र दलहनलगायतका खाद्यवस्तु नेपालमा निर्यात गर्दा अतिरिक्त भन्सार महसुललगायतका कारण पछिल्ला दिनमा नेपालका सीमित व्यापारीले आफूखुसी रूपमा मौज्दात रहेका वस्तुको मूल्य बढाउँदा सरकारका नियमनकारी निकायले अनुगमन गरेर कारबाही गर्न नसकेको बताए ।  

सरकारको अनुगमन टोली सधैँ साना खुद्रा पसलमा सीमित हुँदा बजार अनुगमनले परिणाम आउन नसकेको उनको बुझाइ रहेको छ । 

महासचिव तुलाधरले पछिल्ला दुई महिनाको बिचमा चामल, चिनी, दहलन, चिउरा, आटालगायत सबै वस्तुको भाउ महँगो भएको र आफूहरूका लागि यो नौलो नभएको प्रतिक्रिया दिए । 

सङ्घका उपाध्यक्ष नरेशबाबु शाहीले पछिल्लो दुई महिनाको बिचमा थोक बजारमा चामल र दलहनको भाउ पत्याउनै नसक्ने गरी बढेर आफूहरूलाई बिक्री गर्न समस्या भएको अनुभव सुनाए । 

थोकमा चामल, दाल, गेडागुडी, आटा, चिनीलगायतको भाउ दिनैपिच्छे बढेको भन्दै उनले भने, “हिजो बेचिरहेको वस्तुको मूल्यमा आज ल्याएर बिक्री गर्न सकिने अवस्था छैन, उपभोक्तासँग कुराकानी गर्न पनि समस्या भइरहेको छ ।” 

नेपाल खाद्य किराना तथा थोक व्यापार सङ्घले नेपालमा चामल, दलहन चिनी, आटालगायतका वस्तु मौज्दात राख्न सक्ने अवस्था नरहेको र दैनिक आउने हुँदा भारतमा बढ्नेबित्तिकै नेपालमा त्यसको असर पर्ने गरेको जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग बेला बेलामा हुने औपचारिक तथा अनौपचारिक छलफलमा भने तिनै खाद्यवस्तु आपूर्तिकर्ता व्यापारीले छ महिनासम्म पुग्ने खाद्यवस्तु मौज्दात राख्न सकिने बताउँदै आएका छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको मुखमा चामल र चिनीको अभाव नहोस् भनेर भारतबाट ६५ हजार मेट्रिक टन चामल र १९ हजार मेट्रिक टन चिनी खरिदका लागि व्यापारी छनोट गरेर खरिद प्रक्रिया थालेको जनाएको छ । 

विभागका महानिर्देशक राजन पौडेलले भारतबाट चामल र चिनी ल्याउन थालेपछि अहिलेको बजार भाउमा क्रमशः गिरावट आउने विश्वास व्यक्त गरे । भारतबाट ल्याउँदै भाउ बढेको वस्तुको भाउ बढाउनुु स्वाभाविक भए पनि मौज्दात रहेकै वस्तुको भाउ बढेको भन्ने गुनासो धेरै आएकाले त्यस विषयमा विभागले उद्योग र थोकमा अध्ययन गरिरहेको उहाँले जानकारी दिए । 

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भारतले चामल, दलहनलगायतका वस्तुको निर्यातमा कडाइ गर्दै ती वस्तुको निर्यातमा २० प्रतिशत अतिरिक्त भन्सार महसुल थपेकाले आमनेपाली उपभोक्ता यसको प्रत्यक्ष मारमा परेको बताए । 

उनका अनुसार भारत सरकारले यी वस्तुको निर्यात नेपाल, श्रीलङ्का, माल्दिभ्समा पनि निर्यात गर्दै आएको भए पनि ती देशलगायतको भन्सार महसुल भने नेपाललाई मात्रै लगाएको छ । 

सर्वसाधारण उपभोक्तालाई असर पर्ने विषयमा नेपाल सरकार जिम्मेवार र गम्भीर नभएका कारण आमउपभोक्ताले अहिले यो महँगीको मारमा पर्नु परेको मञ्चका अध्यक्ष महर्जनको आरोप छ । कम्तीमा सरकार आमउपभोक्ताप्रति गम्भीर भएको भए त श्रीलङ्का र माल्दिभ्सलाई छुट दिएको अतिरिक्त भन्सार महसुल नेपाललाई पनि छुट हुन सक्ने भन्दै उनले यसमा सरकार नै निरीह भएकाले उपभोक्ता महँगीको मारमा परेको आरोप लगाए । 

त्यसो त मञ्चले केही दिनअघि मात्रै आपूर्ति मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा बजारमा भएको अव्यवस्था र अनावश्यक वस्तुको मूल्य वृद्धि नियन्त्रणका लागि सहज, सुलभ रूपमा आपूर्ति व्यवस्थापन गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङ कर्पोरेसनमार्फत शून्य भन्सार दरमा ४० हजार मेट्रिक टन चिनी र एक लाख मेट्रिक टन चामल आपूर्ति गर्न माग गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरान युद्ध टुंग्याउने ट्रम्पको चाहना तर कैयौँ महत्त्वपूर्ण प्रश्नको उत्तर छैन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...

मूल्यवृद्धिमा देखिन थाल्यो मध्यपूर्व युद्धको असर

फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने

डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।  भानु नगरपालिका–३ कुकुर्दीदेखि ...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित, अन्य पदमा क-कसले जिते ? (सूचीसहित)

काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...

सदनमा बादलले दिएको अभिव्यक्तिले एमालेमा भुइँचालो

पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने

चन्द्र सर, जसले खुला आकाशमुनि चलाउँछन् निःशुल्क ‘ट्युसन’ कक्षा

सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...

कर्णाली राजमार्गका दश वटा अलपत्र ठेक्का तोडिए

जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending