काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलियाको र थाइल्याण्डको भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्।
पार्टीको प्रवासी एकता समाज अष्ट्रेलियाको निमन्त्रणामा अष्ट्रेलियाका विभिन्न शहरमा आयोजित विविध कार्यक्रममा सहभागी हुन साउन ३१ गते गएका थिए।
अष्ट्रेलियामा रहँदा एनआरएनए अष्ट्रेलिया, झापाली समाज, अवैतनिक महावाणिज्यदूतको कार्यालय एवं मेलवर्न, एडिलेड र सिड्नीका नेपाली समुदायद्वारा आयोजित कार्यक्रममा उहाँ सहभागी भएका थिए।
अध्यक्ष लिङ्देनले बैङ्ककमा आयोजित प्रवासी नेपाली एकता समाज थाइल्याण्डको भेलालाई सम्बोधन गरेका थिए।
भ्रमण पूरा गरी स्वदेश फर्किएका अध्यक्ष लिङ्देनलाई त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा कार्यवाहक अध्यक्ष वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङ लगायतले स्वागत गरे।
अध्यक्ष लिङ्देन नेतृत्वको भ्रमण टोलीमा केही समयअघि अष्ट्रेलिया पुगेका प्रवक्ता एवं कोशी प्रदेशका सांसद भक्तिप्रसाद सिटौला, केन्द्रीय सदस्य एवं प्रवास विभाग प्रमुख आनन्द अधिकारी, केन्द्रीय सदस्य हिक्मत जङ्ग कार्की सहभागी थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८२ - ०९:३५
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र लम्बिएको छ । यही ...
पौष २९ गते, २०८२ - ०९:२९
विशेष महाधिवेशन पक्षधर कांग्रेस कार्यसमिति बैठकमा नजाने
पौष २९ गते, २०८२ - ०९:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूलाई आज शपथ ग्रहण गराइने भएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो स...
पौष २९ गते, २०८२ - ०९:१९
बाँके । “मेरा दुई छोराहरु सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरुलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो । मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ । ...
पौष २९ गते, २०८२ - ०८:०२
काठमाडौँ । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनका क्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गठन गरेको वार्ता समितिसँग छलफल ...
पौष २९ गते, २०८२ - ०७:५४
रुपन्देही । सर्वेन्द्र यादव शिक्षण पेसासँगै कृषिमा सम्लग्न हुँदै आएका छन् । उनी बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आएका छन् । ...
पौष २९ गते, २०८२ - ०७:४६
चितवन । चितवनको खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केही बेर रोक्छ। रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ ...
पौष २९ गते, २०८२ - ०७:४०
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको ‘नीति’ र सभापति शेरबहादुर देउवाको समर्थनसमेतको ...
पौष २९ गते, २०८२ - ०७:३६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद...
पौष २९ गते, २०८२ - ०७:२०
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीक...




प्रतिकृया लेख्नुहोस्: