Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

जुकरबर्ग भन्छन्ः बाइडेन प्रशासनले सेन्सर गर्न दबाब दिएको थियो

खबरडबली संवाददाता

काठमाडौँ । मेटा मालिक मार्क जुकरबर्गले बाइडेन प्रशासनले उनलाई कोविडसँग सम्बन्धित पोस्टहरू सेन्सर (हटाउन) गर्न दबाब दिएको बताएका छन् । मेटा फेसबुक, व्हाट्सएप र इन्स्टाग्रामको मूल कम्पनी हो । जुकरबर्गले अमेरिकी सदनको न्यायिक समितिलाई पत्र लेख्दै यस्तो जानकारी दिएका हुन् ।

उनले पत्रमा भनेका छन्'२०२१ मा महिनौंसम्म, व्हाइट हाउसका वरिष्ठ अधिकारीहरूले हामीलाई कोभिड-१९ सँग सम्बन्धित सामग्री सेन्सर गर्न बारम्बार दबाब दिए । यसमा व्यंग्य र व्यंग्यसँग सम्बन्धित सामग्री पनि समावेश थियो । जब हामी यसमा सहमत भएनौं, हाम्रो टीमहरूप्रति निराशा व्यक्त गरियो ।'

उनले सामग्री हटाउने वा नहटाउने हाम्रो निर्णय भएको बताए । आफ्ना निर्णयहरूको लागि जिम्मेवार रहेको बताउदै जुकरबर्गले पत्रमा भनेका छन्, 'सरकारले सिर्जना गरेको दबाब गलत थियो भन्ने मलाई विश्वास छ र हामी यस विषयमा बढी मुखर नभएकोमा मलाई खेद छ । मलाई लाग्छ कि हामीले कुनै पनि प्रशासनको दबाबमा आएर हाम्रा सामग्रीको मापदण्ड परिवर्तन गर्नु हुँदैन ।'

रिपब्लिकन पार्टीको सदन न्यायपालिकाले सोसल मिडिया प्लेटफर्म एक्समा यस सम्बन्धमा पोस्ट गरेको छ । यसमा मार्क जुकरबर्गको पत्र शेयर गरिएको छ । 

पोस्टमा लेखिएको छ, 'मार्क जुकरबर्गले तीनवटा कुरा स्वीकार गरेका छन् । पहिलो-बाइडेन र ह्यारिस प्रशासनले अमेरिकीहरूलाई सेन्सर गर्न फेसबुकलाई दबाब दियो । दोस्रो( फेसबुकले अमेरिकीहरूलाई सेन्सर गर्यो । तेस्रो- फेसबुकले हन्टर बाइडेनको ल्यापटपलाई सेन्सर गर्यो । यो अभिव्यक्ति स्वतन्त्रताको ठूलो जीत हो ।'

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा निर्वाचन तालिका पाँचौँपटक संशोधन, पदाधिकारीका लागि राति मतदान हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत निर्वाचन तालिका पुन: संशोधन गरिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको नयाँ कार्यतालि...

भेनेजुएलामा शक्तिशाली भूकम्प: १६४ जनाको मृत्यु, करिब एक हजार घाइते

काठमाडौँ। भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा व्यापक जनधनको क्षति भएको छ । भूकम्पका कारण राजधानी काराकासका गगनचुम्बी भवन भत्किँदा कम्तीमा...

कक्षा १२ नतिजा विवादबारे शिक्षामन्त्री पोखरेलले भने: भेरिफिकेसन गर्न समिति गठन गरेको छौ

काठमाडौं । कक्षा १२ को नतिजामाथि विभिन्न प्रश्न उठ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा...

रास्वपामा ‘नो भोट’को प्रावधान राख्नुपर्ने सागर ढकालको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सागर ढकालले पार्टी पदाधिकारीको निर्वाचनमा ‘नो भोट’ को प्रावधान राख्नुपर्ने बताएका छन्। चितवन...

उचित विकल्प नदेखाए पुरानै ठाउँमा छाप्रो हाल्न बाध्य हुने सुकुमवासीहरुको चेतावनी

काठमाडौं । स्थायी व्यवस्थापनको विकल्प नदिई सरकारले राहतका नाममा २५ हजार रुपैयाँ मात्र दिएर होल्डिङ सेन्टरबाट जबरजस्ती हटाउन खोजेको भन्दै सुकुमवासीहरू ...

रास्वपा महाधिवेशन: यी ६ पदाधिकारीका लागि निर्वाचन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य मतदान सम्पन्न गरेको छ। चितवनको भरतपुरमा जारी महाधिवेश...

दस हजार भायल एन्टी–रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार...

कक्षा १२ नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थीहरूको प्रदर्शन

काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले नतिजा प्...

रास्वपा महाधिवेशनमा मतदान घट्यो, झण्डै ३ हजारले मात्र गरे मतदान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य निर्वाचनमा सहभागी प्रतिनिधिमध्ये भोट हाल्ने संख्या ३ हजा...

रास्वपा केन्द्रीय सदस्य निर्वाचनको मतदान सम्पन्न, नतिजा केहीबेरमा आउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ। आज बिहानबाट सुरु भएको मतदान केहीबेरअघि सकिएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending