Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

हजारौँ विस्थापित युक्रेनी बालबालिकालाई शिक्षाको निरन्तरता

खबरडबली संवाददाता

वार्सा । स्वदेश फर्कने आशामा यसपहिले पोल्याण्डको शैक्षिक कक्षाहरूमा सामेल नभएका युक्रेनी बालबालिकाहरूलाई अर्को हप्तादेखि पोल्याण्डका विद्यालयमा भर्ना गरिने भएको छ । नयाँ भर्ना हुने विद्यार्थीहरूमा कतिपय विगत दुई बर्षदेखि विद्यालउ गएका छैनन् भने कतिपयले पहिलो पटक विद्यालय भर्ना हुँदैछन् । 

पोल्याण्डमा शरणार्थी परिवारका लागि शिक्षा अनिवार्य गरिएको नयाँ कानून लागु हुने भएपछि यसपहिले विद्यालय नगई स्वदेश फर्किने र आफ्नै घर दैलोनजिक वा छिमेकमा पढ्ने आशाको पखाईमा रहेका अनुमानित करिब २० हजारभन्दा माथि र ८० हजार भन्दा कम विद्यार्थीले पोल्याण्डका विद्यालयमा भर्ना हुने अपेक्षा गरिएको छ । सन् २०२२ मा रुसी आक्रमणको सुरुआतमै युक्रेन छोडेकी १२ वर्षीया नादियाकी आमा मेरिना रूडले भने, “हामी अझै अन्योलमा छौं ।”

रूडले आफ्नी छोरीलाई पोलिश विद्यालयमा भर्ना गरेको तर महिनौंसम्म धम्कीको सामना गर्नुपरेको र अन्ततः उनले विद्यालयबाट छोरीलाई निकालेका थिए । “उनी (छोरी) मलाई भन्थिन्ः उनको युक्रेनी उच्चारण सुनेर उनीहरू हाँस्थे । म जति शब्द बोल्छु त्यति पटक उनीहरू (पोलिस बालबालिका) हाँस्छन् ।”

नादियाले गत वर्ष युक्रेनी विद्यालयमा अनलाइन अध्ययन गरेकी थिइन् । यसलाई धेरै शरणार्थी परिवारद्वारा शिक्षाको लागि एक भरोसाका रूपमा हेरेका थिए । यो उनीहरूका लागि एउटा अनुकुल समाधानजस्तै थियो । 

–‘शरणको व्यवस्था’–

गैर–नाफामूलक समूह (सेन्टर फर सिटिजनशिप एजुकेसन)का प्रमुख जेड्रेज विट्कोव्स्कीले भने, “पोलिश शिक्षा प्रणालीमा कति बालबालिकाको हिसाब किताब छैन, त्यो ठूलो कुरा होइन ।” सन् २०२२ को फेब्रुअरीमा मस्कोले युक्रेनमाथि आक्रमण सुरु गरेको केही हप्तापछि पोल्याण्डले शरणार्थीहरूलाई आश्रय दिन आफ्नो सीमा खुला गरेको थियो र युरोपेली सङ्घ (ईयू)ले उनीहरूलाई स्वतन्त्र रूपमा ईयूमा आवतजावत गर्ने अधिकार दिएको थियो ।

“निगरानी गर्न धेरै गाह्रो छ,” विट्कोव्स्कीले भने । “कति जना युक्रेनी बालबालिका वा नागरिकले पोल्याण्डमा शरण लिएका छन् भनेर हामी ठ्याक्कै भन्न असमर्थ छौँ । लगभग एक लाख ३४ हजार युक्रेनी केटाकेटीहरू ग्रीष्मकालीन बिदाअघि पोल्याण्डका विद्यालयमा पढ्थे । सेन्टर फर सिटिजनसिप एजुकेसनका अनुसार अहिलेसम्म २० हजारदेखि ८० हजार बालबालिका शिक्षा प्रणालीभन्दा बाहिर रहेका छन् ।

विट्कोव्स्कीले भने, पोल्याण्डमा का रूपमा बच्चाहरूले दूर शिक्षा पठनपाठनलाई पछ्याइरहेका छन् । आक्रमणपछि आफ्नी आमा नतालिया खोत्सिनोभ्स्कासँग पोल्याण्ड बसाइँ सरेका १२ वर्षीय इभानको अवस्था पनि अन्य हजारौँ बालबालिकाको जस्तै छ । इवान गर्मीको समयमा पोलिश सिक्दै छन् उनकी आमाले अहिलेका लागि आफ्नो परिवारका लागि ‘नरम सङ्कटकाल’को अवस्था रहेको बताए किनकि अहिले उनीहरूसँग भाषाको समस्याका कारण बोल्ने साथीसम्म पनि छैन । जे होस्, उनले छोरीलाई एक निजी युक्रेनी विद्यालयमा पठाउने विकल्प रोजेका छन् ।

खोत्सिनोभस्काले एएफपीसँग भने, “यहाँ हाम्रो कुनै साथी छैन, कुराकानी गर्ने कोही पनि छैन ।” खोत्सिनोभस्काले भने, “यो आमाहरूको लागि पनि गाह्रो छ । कहिलेकाहीँ आफूलाई बच्चाले सिक्ने परिणाम र बच्चाको मनको शान्ति के रोज्ने भन्ने पनि दोधार हुने गरेको छ ।”

उनको छोराले वार्सामा क्याथोलिक इन्टेलिजेन्ट्सिया क्लब (केआईके) द्वारा संचालित भाषा पाठ्यक्रम र एकीकरण गतिविधिहरूको श्रृङ्खलामा भाग लिएका छन् । ‘ट्राम्पोलिन’ नाम दिइएको यो परियोजना युक्रेनी बच्चाहरू र उनीहरूका आमाबाबुलाई सङ्क्रमणकालमा मद्दत गर्न डिजाइन गरिएको हो ।

आयोजकमध्येकी एक ओलेसिया कोलिस्निकले भने, “यो पाठ्यक्रमले ‘धम्कीको जवाफ कसरी दिने, आमाबाबुलाई कसरी व्यवहार गर्ने’ शिक्षा दिन्छ । “झण्डै ९९ प्रतिशतलाई उनीहरूको चालचलन, बोल्ने शैली र शैक्षिक क्षमताका कारण जिस्काइन्छ”, कोलिस्निकले एएफपीसँग भने, “विशेषज्ञहरूको चेतावनीलाई प्रतिध्वनित गर्दै कि यो युक्रेनी बच्चाहरूको लागि दुई प्रमुख समस्याहरू मध्ये एक हो ।”

उत्तराद्र्धमा सहयोग गर्न, लुब्लिन शहरको एक गैर–लाभकारी घरायसी स्वादको पठनपाठन गर्न पोलिस विद्यालयहरूमा युक्रेनीहरूका लागि भाषा पाठ्यक्रम प्रदान गर्न थालेका छन् ।
एउटा टेबुलको चारैतिर बसेर सात जना केटाकेटीको एउटा समूहले ‘सी’ अक्षर कोर्नुभन्दा पहिले ‘फ्लाई स्वाटर’हरू अर्थात् त्यो अक्षरबाट सुरु हुने वस्तुहरूको ‘ट्याप कार्ड’हरू चलाउन सिकाइन्छ । 

–घुलमिलका लागि खेल र अन्य मनोरञ्जनात्मक क्रियाकलाप–

सातदेखि नौ वर्ष उमेर समूहकी शिक्षिका पाउलिना स्क्रजिपेकले पोलिश र युक्रेनीबीच समानता भए पनि यसले शरणार्थी बालबालिकाको पक्षमा काम नगर्ने बताए । वार्साको एक प्राथमिक विद्यालयकी प्रधानाध्यापक दानुता कोजाकिविक्जका अनुसार युक्रेनी केटाकेटीले आफ्ना पोलिश साथीहरूसँग कसरी घुलमिल हुने भन्ने कुरामा भाषाले महत्त्वपूर्ण भूमिका खेल्छ । 

कोजाकिविक्जले फुटबल प्रतियोगितादेखि विद्यालयमा हुने विभिन्न एकीकरण कार्यक्रमहरू पनि आयोजना गर्छ ।
उनले भने, “फुटबल प्रतिस्पर्धाको क्रममा, एक बच्चा पोलिशमा चिच्याइरहेको छ, अर्को युक्रेनीमा, तर उनीहरूलाई कुनै न कुनै तरिकाले थाहा छ कि के भइरहेको छ र उनीहरूले खेलको एउटै टोलीमा सहकार्य गर्नसक्छन् ।”

पोल्याण्डका थुप्रै युक्रेनी विद्यालयस्तरका केटाकेटीहरू अझै पनि घर फर्कन आतुर छन् । रुडले भने, “उनीहरू हरेक दिन सामाजिक सञ्जाल हेर्छन् र समसामयिक घटनाहरूको सूचना प्राप्त गर्छन् । उनीहरू हरेक दिन घर फर्कने क्षणको पर्खाइमा छन् ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE