Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

तालिवानको सत्ता बहिर्गमनपछि जर्मनीबाट पहिलो पटक २८ अफगानी नागरिकको सुपुर्दगी

खबरडबली संवाददाता

जर्मनी । जर्मनीले सन् २०२१ को अगष्टमा तालिवान अधिकारीहरूले सत्ता सम्हालेपछि पहिलो पटक अफगानी नागरिकहरूको एउटा समूहलाई उनीहरूको देश फर्काइएको बताएको छ । सरकारका प्रवक्ता स्टेफेन हेबेस्ट्रेइटले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “यी सबै अफगानी नागरिकसँग जर्मनीमा बस्ने कुनै आधार नभेटिएपछि निर्वासन आदेश जारी गरिएको छ ।”

काबुलका लागि उडेको कतार एयरवेजको चार्टर्ड विमान लेइपजिग विमानस्थलबाट २८ जना अफगानी नागरिकलाई लिएर स्थानीय समयानुसार बिहान ५:०० बजेअघि उडेको डेर स्पीगेल पत्रिकाले सुरक्षा स्रोतलाई उद्धृत गर्दै जनाएको छ । 

दुई महिनाको ‘गोप्य वार्ता’मा कतारले बर्लिन र तालिवान अधिकारीबीच मध्यस्थताको भूमिका निर्वाह गरेको स्पीगेलले जनाएको छ । जर्मनीले ‘प्रमुख क्षेत्रीय साझेदारहरूलाई निर्वासनको सुविधाका लागि सहयोग गर्न आग्रह गरेको’ पत्रिकाले उल्लेख गरेको छ । सन् २०२१ मा तालिवान प्रशासनले सत्ता कब्जा गरेपछि जर्मनीले काबुलमा रहेको आफ्नो दूतावास बन्द गरेको थियो भने अफगानिस्तानमा सुपुर्दगी पूर्णरूपमा रोकेको थियो । 

जर्मन सरकारले अवैध आप्रवासन रोक्न र खतरनाक तथा दोषी ठहरिएका शरणार्थीविरुद्ध कडा कदम चाल्नुपर्ने माग उठिरहेका बेला शुक्रबारको निर्वासन आएको हो । गत हप्ता पश्चिमी शहर सोलिङ्गेनको एक सडक उत्सवमा भएको चक्कु आक्रमण र यसमा तीन जनाको मृत्यु भएसँगै जर्मनीको यो निर्णय आएको हो । आक्रमण इस्लामिक स्टेट समूहसँग सम्बन्ध भएका २६ वर्षीय सिरियाली युवकले गरेको जर्मन प्रहरीको प्रारम्भिक अनुसन्धानपछि अधिकारीहरूले बताएका छन् । 

संदिग्धलाई केही हप्ताअघि बुल्गेरियामा निर्वासित गर्ने योजना रहेको तर अधिकारीहरूले उनलाई फेला पार्न नसकेपछि उक्त प्रयासले सार्थकता पाउन सकेको थिएन । अफगानी २५ वर्षीय एक युवकमाथि गत मे महिनामा जर्मनीको मानहाइम शहरको एक चोकमा चक्कु प्रहार गरी एक प्रहरी अधिकारीको हत्या गरेको आरोप लागेको थियो । छुरा प्रहारले जर्मनीलाई स्तब्ध तुल्यायो र अफगानिस्तान वा सिरियाजस्ता असुरक्षित ठानिएका देशहरूबाट आए पनि गम्भीर अपराधीहरूलाई देश निकाला गर्ने बहसलाई पुनर्जीवित गर्‍यो । 

जर्मनीका गृहमन्त्री न्यान्सी फैजरले बिहीबार सुरक्षा र शरण नीतिलाई कडा बनाउने उपायअन्तर्गत जर्मनीले सिरिया र अफगानिस्तानबाट गैरकानुनीरूपमा आई जर्मनीमा बसेका नागरिकलाई देश निकाला गर्ने कार्य ‘चाँडै’ सुरु गर्ने बताएका थिएयो । आप्रवासनसम्बन्धी असन्तोषले यस आइतबार पूर्वी जर्मनीमा नजिकबाट हेरिएको दुई क्षेत्रीय चुनावमा प्रभाव पार्ने र अति दक्षिणपन्थी एएफडी पार्टीले यसबाट ठूलो फाइदा उठाउने अपेक्षा गरिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE