जनकपुरधाम । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जनकपुरधामको वडा १४ स्थित निर्माणाधीन रहेको रामजानकी रंगशालाको निरीक्षण गरेका छन् ।
११ औं राष्ट्रिय खेलकुद प्रतियोगिता मधेश प्रदेशमा आयोजना हुने भएकाले त्यसको तयारीस्वरुप खेलकुदमन्त्री चौधरीको नेतृत्वको टोलीले रंगशालाको निरीक्षण गरेका हुन् । सो अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र जनकपुरधाम उपमहानगरपालिका नगर प्रमुख मनोजकुमार साहको पनि सहभागिता रहेको थियो । निरीक्षणको क्रममा मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालसहितको उपस्थिति रहेको थियो ।
निरीक्षणको क्रममा युवा तथा खेलकुदमन्त्री चौधरीले रंगशाला निमार्णका लागि प्रदेश सरकारले डिपिआर तयार गरेर दिंदा बजेटको अभाव हुन नदिने प्रतिक्रिया दिएका थिए । उनले बिरगञ्जस्थित रहेको नारायणी रंगशाला जिर्ण रहेको विषयमा समाचारमाध्यममा आएपछि आफूले त्यसको निरीक्षण गर्न आएको बेला जनकपुरधामको रामजानकी रंगशालाको समेत निरीक्षण गरेको बताए ।
उनले ११ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेश प्रदेशको बिरगञ्ज, जनकपुरधाम र राजविराजमा पूर्वाधार निर्माणको कामलाई तिब्रता दिने बताए । निरीक्षणको क्रममा प्रतिक्रिया दिंदै मुख्यमन्त्री सतिशकुमार सिंहले रंगशालाको डिपिआर तयार गर्ने काम अघि बढेको बताए ।
भौतिक पूर्वाधारमन्त्री सरोज यादवले प्रदेश सरकारले ११ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि सोहीअनुसारको वजेट विनियोजन गर्ने बताए । निरीक्षण गर्न आएका मन्त्री चौधरीलाई जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मानोज साहले १७ विघा क्षेत्रफलमा रहेको उक्त रंगशालाको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८१ - १९:३७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरको क्रिकेट रङ्गशालामा समयमा नै ‘प्यारापिट’ निर्माण गरेर ‘फ्लडलाइट’ पनि जडान गरिने बताएका छन् । ...
पौष ५ गते, २०८१ - १९:३२
क्वालालम्पुर । दश वर्षअघि रहस्यमय तरिकाले हराएको मलेसिया एयरलाइन्सको विमान एमएच ३७० को पुनः खोजी सुरु गर्ने प्रस्तावमा मलेसियाको मन्त्रिपरिषद् सहमत भए...
पौष ५ गते, २०८१ - १९:२८
पाल्पा । पाल्पामा विस्फोटक पदार्थ पड्किँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–...
पौष ५ गते, २०८१ - १९:२४
काठमाडाैं । नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । मन्त्रिपरिषद्को शुक्रबार बसेको...
पौष ५ गते, २०८१ - १९:०८
काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । व्यापारीलाई धम्क्याएको आरोपमा प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार ...
पौष ५ गते, २०८१ - १८:५४
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकमा लोडसेडिङ हुँदा रमाउने जमात देखिएको टिप्पणी गरेका छन् । शुक्रबार नेपाल ...
पौष ५ गते, २०८१ - १८:४४
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस-एमालेको सहमतिमा बनेको वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताएका छन् । आज धनगढी विमानस्...
पौष ५ गते, २०८१ - १८:३६
सिड्नी । अष्ट्रेलियाको एउटा अनुसन्धानले धेरैजसो गर्भवती महिलाहरूको लागि बर्ड फ्लूको सङ्क्रमण घातक हुने बताएको छ । मेलबर्नको मर्डोक चिल्ड्रेन रिसर्च इन...
पौष ५ गते, २०८१ - १८:३४
मस्को । रुसले पूर्वी युक्रेनको लुगान्स्क क्षेत्रका एक बासिन्दालाई ‘देशद्रोह’ को अभियोगमा शुक्रबार १६ वर्षको जेल सजाय सुनाएको मस्कोको सङ्घीय सुरक्षा से...
पौष ५ गते, २०८१ - १८:३१
मस्को । रुसी अन्तरिक्ष यात्री एलेक्सी ओभचिनिन र इभान वाग्नरले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस)मा उन्नत एक्स-रे स्पेक्ट्रोमिटर स्थापना गर्न सा...
प्रतिकृया लेख्नुहोस्: