Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

सामाजिक सञ्जालको प्रयोगसँगै फेरिँदै मानव बेचबिखनको स्वरूप

खबरडबली संवाददाता

काठमाडौँ । चितवनकी विपना गोले (नाम परिवर्तन)को घरमा साँझ बिहान दुई छाक खान धौधौ थियो । श्रीमानले ज्याला मजदुरी गरेर दुई चार पैसा कमाउँथे । तर, कमाएको पैसाले दिनहुँ रक्सी खाएर घरमा झैझगडा गर्थे । विपनालाई चार छोराछोरीको पालनपोषण गर्न कठिन थियो ।  

कसरी बालबच्चालाई पेटभरी ख्वाउने भन्ने चिन्ताले विपनालाई सधैँभरि सताइरहन्थ्यो । यत्तिकैमा एक दिन विपनालाई नयाँ नम्बरबाट अपरिचित व्यक्तिको फोन आयो । विपनाले को रहेछ भनेर फोन उठाउँदै कुरा गरिन् । पछि त्यो फोन गर्ने मान्छेले सामाजिक सञ्जाल (फेसबुक) मा साथी बन्न अनुरोध पठाए । विपनाले अनुरोध स्वीकार गरिन् र साथी बनिन् । 

फेसबुकमा कुरा हुँदै जाँदा विपनालाई पैसा नलाग्ने गरी विदेश पठाइदिने प्रलोभन देखाए । विपनाले भनिन्, “घरमा पनि सधैँभरि लाउन खानकै दुःख, अरु भन्दा पनि छोराछोरालाई कति दिन भोकै राख्ने भनेर मैले विदेश जाने निधो गरेँ ।” 

फोन गर्ने मान्छेले विपनालाई भारत हुँदै कुवेत पठाइदिने भनेका थिए । विपनालाई भारतको वेश्यालयमा लगेपछि मात्रै दलालले आफूलाई बेचेको थाहा पाइन् । एक बर्षपछि विपना आफन्तको सहयोगमा नेपाल फर्किन सफल भइन्  ।

यसरी प्रलोभनमा पारेर भारतमा बेचिएकी विपना एक उदाहरण मात्रै हुन् । बढ्ढो सूचना, सञ्चार र प्रविधिको विकासले मानव बेचबिखन सजिलो भएको छ । पहिले गाउँका सोझा महिला मात्रै बेचिन्थे । अहिले सहरका टाठाबाठा सजिलै बेचिने गरेका छन् । 

पछिल्ला पाँच वर्षयता सहरकै शिक्षित महिला बेचबिखनको जोखिममा पर्ने गरेको नेपाल प्रहरीको तथ्याङ्कमा उल्लेख छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन रोक्न तीव्रता देखाए पनि बढ्दो सञ्चार प्रविधिका कारण मानव बेचबिखन तथा ओसारपसार गर्न दलालहरूलाई सजिलो भएको छ । 

विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले पनि मानव बेचबिखन रोक्न पहल गरिरहेका छन् । तर, मानव बेचबिखनको अवस्था घट्नुको सट्टा बढ्दै गएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको तथ्याङ्क हेर्ने हो भने मानव बेचबिखनमा पर्ने ८० प्रतिशत बढी महिला छन् । पछिल्लो समय पाका उमेरका चिनियाँ र कोरियाली पुरुषले नेपाली युवती विवाह गरेर लैजाने र बेचबिखनमा पर्ने गरेको माइती नेपाल नामक संस्थाले जनाएको छ । 

नेपालबाट विवाह गरेर लगे पनि ती महिलालाई पछि घरमै बन्धकझैँ बनाएर यातना दिने गरेको माइती नेपालको एक अध्ययनले देखाएको छ । वैदेशिक रोजगारीका लागि लैजाने तर प्रक्रिया नपुर्‍याइ लैजाँदा श्रम शोषण, यौनशोषण हुने गरेको छ । 

विभिन्न सामाजिक सञ्जालमार्फत एकले अर्कालाई साथी बनाउने र ती साथी चिनेजानेकै बाट बेचिने गरेका छन् । पछिल्लो समय धनुषा जिल्लाका सात र सिरहा जिल्लाका २१ गरी (२४ देखि ६० वर्षसम्मका) जम्मा २८ जना पुरुष बन्धक बनाइएको भारतीय गैरसरकारी संस्था किन इन्डियामार्फत जानकारी हुन आएको थियो । 

मन्त्रालयको अग्रसरता र नेतृत्वमा एवं भारतस्थित नेपाली राजदूतावाससँगको समन्वय तथा किन इन्डियाको प्राविधिक सहयोग र सहकार्यमा उक्त पीडित/प्रभावितलाई उद्धार गरी जनकपुर, धनुषा ल्याइएको मन्त्रालयले जनाएको छ । मानव बेचबिखनबाट पीडित र प्रभावितको उद्धार तथा संरक्षणलाई मन्त्रालयले सदैव उच्च प्राथमिकतामा राखेको छ । 

यो घटनाको संवेदनशीलतालाई मध्यनजर गरी धनुषा ल्याइएका २८ पुरुषलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह (सुडी), मन्त्रालयका सचिव भट्टराई र सहसचिव आभा श्रेष्ठ कर्णको समुपस्थितिमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, जिल्ला समितिमार्फत निजको परिवारसँग पुनःमिलन गराइएको छ । 

यसरी पछिल्लो समय मानव बेचबिखनको शैली परिवर्तन हुँदै गएको हो । सामाजिक सञ्जालको बढ्दो प्रयोग, विदेशीसँग विवाह गर्ने क्रम र वैदेशिक रोजगारीमा जान चाहने महिलाको सङ्ख्या बढेसँगै बेचबिखनको जोखिम बढेको हो । सामाजिक सञ्जालमा आम नागरिकको पहुँच भएकाले वैदेशिक रोजगारीका नाममा मानव बेचबिखन फस्टाएको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । 

राम्रो लगाउनुपर्ने, मीठो खानुपर्ने र समाजमा देखाउनुपर्ने प्रवृत्ति बढ्दै जाँदा बेचबिखनको जोखिम बढेको जनाइएको छ । प्रविधिको विकाससँगै बढ्दो मानव बेचबिखन तथा ओसारपसार रोक्न राज्यले सोही अनुरूप सक्रियता देखाउनुपर्ने देखिन्छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरान युद्ध टुंग्याउने ट्रम्पको चाहना तर कैयौँ महत्त्वपूर्ण प्रश्नको उत्तर छैन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...

मूल्यवृद्धिमा देखिन थाल्यो मध्यपूर्व युद्धको असर

फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने

डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।  भानु नगरपालिका–३ कुकुर्दीदेखि ...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित, अन्य पदमा क-कसले जिते ? (सूचीसहित)

काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...

सदनमा बादलले दिएको अभिव्यक्तिले एमालेमा भुइँचालो

पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने

चन्द्र सर, जसले खुला आकाशमुनि चलाउँछन् निःशुल्क ‘ट्युसन’ कक्षा

सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...

कर्णाली राजमार्गका दश वटा अलपत्र ठेक्का तोडिए

जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending