गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले भौगोलिक जटिलताका कारण नागरिकले सेवा प्रवाहमा कठिनाइ भोग्दै आएका दुईवटा वडामा सेवा केन्द्र विस्तार गरेको छ । गाउँपालिकाले वडा नं २ को आँपटार र वडा नं ६ को पल्लोटारमा सेवा केन्द्र विस्तार गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सेनाले जानकारी दिए ।
स्थानीय सरकारले प्रदान गर्ने सेवाप्रवाहमा सहज पहुँच पुग्न नसकेका क्षेत्रमा गाउँपालिकाले सेवा केन्द्र थप गरेको उनले बताए । “थप गरिएका सेवा केन्द्रबाट तोकिएको दिनमा वडा कार्यालयबाट उपलब्ध हुने सबै प्रकारका सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ”, अध्यक्ष तिमिल्सेनाले भने, “अब सेवाग्राहीले धाएर वडा कार्यालयसम्म पुग्नु पर्दैन ।”
घरदैलोमा सेवाप्रवाह पुर्याउँदै नागरिकलाई वास्तविक रूपमा स्थानीय सरकारको भएको अनुभूति गराउने उद्देश्यसहित वडा कार्यालयबाट टाढा रहेका स्थानमा सेवा केन्द्र थप गर्दै लगेको हो । गाउँपालिकाले वडा नं २ मा पशुपति प्रजा प्राविको भवन र वडा नं ६ मा भैरवी कृषि सहकारी संस्थाको भवनबाट सेवा केन्द्र सञ्चालनमा ल्याएको अध्यक्ष तिमिल्सेनाले बताए ।
“टाढासम्म धाएर सेवा लिन जानुपर्ने बाध्यताको अन्त्य गर्दै जाने र जनताको घरदैलोमा सेवा पुर्याउनुपर्छ भन्ने हाम्रो अवधारणा हो, यसले मात्र जनतामा वास्तविक स्थानीय सरकारको अनुभूति गराउँदछ”, उनले भने । यी दुई स्थान र आसपासका सेवाग्राहीलाई यसअघि वडा नं २ को ताङलिचोक र वडा नं ६ को भुम्लिचोकमा रहेका वडा कार्यालयबाट सेवा लिन धाएरै जानुपर्ने बाध्यता रहँदै आएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - ०८:०७
काठमाडौं । कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...
चैत्र १९ गते, २०८२ - ०८:०३
काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...
चैत्र १९ गते, २०८२ - ०७:५६
काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...
चैत्र १९ गते, २०८२ - ०७:४९
जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध
चैत्र १९ गते, २०८२ - ०७:४४
काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...
चैत्र १९ गते, २०८२ - ०७:३९
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...
चैत्र १९ गते, २०८२ - ०७:३५
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...
चैत्र १९ गते, २०८२ - ०७:२३
काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...
चैत्र १९ गते, २०८२ - ०७:१९
काठमाडौँ । वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...
चैत्र १९ गते, २०८२ - ०७:१५
आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव


प्रतिकृया लेख्नुहोस्: