Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

दीपक मनाङेले भने- वनमारा र तीतेपाती हेर्नलाई मन्त्री किन चाहियो ? राम्रो भाउ मिले मन्त्री पद बेच्दिन्छु

खबरडबली संवाददाता

पोखरा । राजीव गुरुङ ‘दीपक मनाङे’ले राम्रो भाउ मिले आफूले पाउने मन्त्री–पद बेचिदिने बताएका छन् । आफूले इच्छाएको मन्त्रालय नपाएको झोकमा सोमबार स्वकीय सचिवमार्फत मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई राजीनामा बुझाएका उनले राम्रो पैसा दिए जुनसुकै पेसा व्यवसाय गरिरहेकालाई पनि ६ महिना मन्त्री बनाइदिने बताएका हुन् । 

उनले प्रदेशमा उम्रिने वनमारा र तीतेपाती मात्रै हेर्न मन्त्री नचाहिने बताउँदै गण्डकी प्रदेशको वन तथा वातावरणमन्त्रीको पदबाट राजीनामा दिएको पनि बताए । यसअघि ६ पटक मन्त्री भइसकेकाले कुनै अधिकार नै नभएको नाम मात्रको मन्त्रालयको नेतृत्व नगर्ने निर्णयमा पुगेको तर्क गरे ।

‘प्रदेशलाई वनमा कुनै अधिकार नै छैन, खासमा प्रदेशलाई वन मन्त्रालय आवश्यक नै छैन,’ उनले भने, ‘सबै अधिकार संघमा भएपछि यहाँ वनमारा र तीतेपाती मात्रै हेर्नलाई मन्त्री किन चाहियो ? त्यो त रेन्जरले हेरे भइहाल्छ । म काम गर्न खोज्ने मान्छे हो, वन मन्त्रालयमा गएर मैले के गर्ने ?’

मनाङेले प्रदेशका अधिकांश मन्त्रालय केन्द्रका नेताहरूले प्रदेशमा रहेका नेताहरूको व्यवस्थापन गर्नका लागि मात्र बनाएको आरोप पनि लगाए । 

‘प्रदेशमा ऊर्जा मन्त्रालय भन्छ, खोला त के नाला पनि हेर्ने अधिकार छैन । खेलकुद मन्त्रालय भन्छ, आफैं मन्त्री भएपछि रंगशाला बनाउनुपर्छ । यो सब सोझासिधालाई बेवकुफ बनाउन हो,’ उनले भने, ‘म बेवकुफ होइन । पार्टीमा भएका सबै नेताहरूलाई मन्त्री बनाउन मिलेन । त्यसैले उनीहरूलाई मेयर, वडाध्यक्षसम्म लैजान्छन् । त्यसले पनि नपुगे पछि बस व्यवसायी संघ, सब्जी–मण्डी संघसम्म पुग्छन् । म त स्वतन्त्र मान्छे हुँ । त्यहीअनुसार सोच्नुपर्छ ।’

आफूले छोडेको मन्त्रालय कांग्रेसको भागमा परेकाले मनाङकै अर्को क्षेत्रबाट जितेका कांग्रेसका मुनिन्द्रजंग गुरुङलाई दिन मुख्यमन्त्रीसँग आग्रह गरेको पनि बताए । ‘कांग्रेस नै हो, युवा पनि छ, केही गरौं भन्ने जोस छ, उसलाई दिए हुन्छ,’ उनले भने, ‘अनुभव पनि त हुन्छ, त्यसले राम्रो नै गर्छ ।’

मनाङेले आफ्नो घर–गाडी भएकाले मन्त्रीकै गाडी चढ्ने रहर नभएको बताए । कांग्रेस–एमाले जस्ता ठूलो पार्टीलाई व्यंग्य गर्दै उनले आफू यसअघि पनि ६ पटक मन्त्री भइसकेकाले जुन दिन वनको अधिकार प्रदेशमा आउँछ त्यहीबेला मन्त्री बन्ने प्रतिक्रिया दिए । 

‘मेरो घर छ, गाडी छ, मलाई मन्त्रीको गाडी चढ्न रहर लागेर मन्त्री भएको होइन,’ उनले भने, ‘विगतमा अप्ठेरो परिस्थितिमा साथ दिँदा उहाँहरूले मलाई मन्त्री बनाउनुभयो । अहिले म मन्त्री नभए पनि केही अप्ठेरो छैन । बरु यही ठाउँ कोही युवालाई दिए हुन्छ ।’

संघमा सत्ता गठबन्धन फेरबदल भएको करिब डेढ महिनापछि सोमबार चार मन्त्रालय लिएर एमाले गण्डकी प्रदेश सरकारमा सहभागी भएको हो । मन्त्रालय बाँडफाँट र अन्य दललाई समेट्ने विषयमा कांग्रेस र एमालेबीचको विवाद मन्त्रालय फुटाउने सहमतिसँगै टुंगिएको थियो ।

एमालेले मनाङेलाई मन्त्री नै बनाउन नहुने अडान लिएको थियो । तर, मुख्यमन्त्री पाण्डेले आफूलाई संकटका बेलामा साथ दिएकाले कांग्रेसकै भागमा परेको मन्त्रालयमा उनलाई मन्त्री बनाएका थिए ।

एमाले सरकारमा सहभागी भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट हटाएर सोमबार मनाङेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो । मनाङेलाई भने सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको पुनः नेतृत्व गर्ने इच्छा थियो । सामाजिक विकास मन्त्रालयमा भने कांग्रेसकै विन्दुकुमार थापाले निरन्तरता पाएका छन् ।

भागबन्डा मिलाउनकै लागि ७ मन्त्रालयलाई टुक्र्याएर ९ बनाएपछि कांग्रेसको भागमा परेको ५ मन्त्रालयबाट मुख्यमन्त्री पाण्डेले मनाङेलाई मन्त्रीमा निरन्तरता दिएका थिए । मुख्यमन्त्री पाण्डेले असहज परिस्थितिमा साथ दिएको मनाङेलाई नै समेट्नका लागि मन्त्रालय फुटाएर वन तथा वातावरण मन्त्रालय बनाएका थिए । 

मनाङेको राजीनामापछि उक्त मन्त्रालय कांग्रेसकै भागमा परे पनि कसलाई पठाउने भन्ने टुंगो लागिसकेको छैन । कांग्रेसकै भागबाट नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा भने ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री छन् ।

पद्मा जीसीको नेतृत्वमा एमाले सरकारमा सहभागी भएको छ । जीसीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी छन् । प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार तथा यातायात, मित्रलाल बस्यालले उद्योग र पर्यटन तथा कृष्ण पाठकले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख डिल्लीराज भट्टसँग सोमबार नै शपथ लिएका छन् । कास्कीका केसी गत चुनावअघि राप्रपा त्यागेर एमालेमा प्रवेश गरेपछि समानुपातिक सांसद चुनिएका थिए । उनी एमाले प्रदेश संसदीय दलका नेता खगराज अधिकारी निकट हुन् । पुरानालाई पन्छाएर नवप्रवेशीलाई मन्त्री बनाएको बन्दै एमालेभित्र असन्तुष्टि छ ।

ऊर्जा मन्त्रालयमा निरन्तरता पाएका देवकोटालाई यसअघि माओवादीले आफ्नो ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो । तर सर्वोच्च अदालतले उनलाई सांसद पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको थियो । देवकोटाले पनि संकटमा साथ दिएकाले उनलाई सरकारमा निरन्तरता दिन मुख्यमन्त्रीले अडान लिएका थिए । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आजदेखि संसद् अधिवेशन, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव

भदौ २४ गतेको घटनामा ९३३ वटा मुद्दा दर्ता- १९१ जना थुनामा, ओली र लेखकको बयानको तयारी

जाँचबुझ आयोगले भदौ २४ गतेको घटनाबारे के सिफारिस गरेको छ ?

गाउँमा आएन डिपबोरिङमा पानी

दाङ । दाङको तुलसीपुरस्थित बबई लिफ्टिङ खानेपानीअन्तर्गत ६ डिपबोरिङ निर्माण गर्ने गरी योजना तयार गरिएको थियो । योजनाअनुसार तुलसीपुरको गोलौरा, सन्तनिरंका...

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

मकवानपुर । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका ...

समानान्तर गतिविधि थालेको देउवा-कोइराला समूह नयाँ पार्टी गठनको गृहकार्यमा छन् ?

काठमाडौं । शेरबहादुर देउवा र शेखर कोइराला समूहले पछिल्लो समय समानान्तर गतिविधि अघि बढाउँदै तीन मुख्य रणनीतिमा ध्यान केन्द्रित गरेको देखिएको छ। उनीहरू ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending