Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

नरैनापुरमा झाडापखाला- चार जनाको मृत्युको कारण पानीको कमी, बिरामीलाई देखिएको छ यस्तो लक्षण

खबरडबली संवाददाता

बाँके । शरीरमा पानीको कमीले भएकाले एकैपरिवारका तीनसहित एकजना बालकको चार मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा एकै परिवारका एक बालकसहित चार जनाको शरीरमा पानीको कमी भएकाले मृत्यु भएको जानकारी दिए ।

‘मृतकका परिवारले स्वास्थ्यकर्मीलाई दिएको रोगको लक्षणका आधारमा जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार झाडापखालाका कारण शरीरमा पानीको मात्रा कमी हुनाले ७२ घण्टामा चार जनाको मृत्यु भएको हो’, फोकल पर्सन श्रेष्ठले भने ।

नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नागेन्द्र शाहले भने, ‘हामीले मृतकको उपचार गर्न समय पाएनौँ । मृतकका आफन्तका अनुसार मृतक चारैजनालाई झाडापखाला भएको समयमा जीवनजललगायत अन्य झोलिलो पिउने पदार्थको अभाव भएको थियो ।’

स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा झाडापखाला भई शरीरमा पानीको मात्रा कमी भएकाले निजहरुको मृत्यु भएको पुष्टि गरेको उनले बताए ।

यही भदौ १४ गतेदेखि फैलिएको झाडापखाला महामारीका रुपमा भने नरहेको स्वास्थ्य शाखाका प्रमुख शाहले जानकारी दिए । नरैनापुर–३ स्थित गेग्लीका श्यामलाल पासीको घरमा पहिलोपटक झाडापखालाको सङ्क्रमण देखिएको थियो । 

उनका अनुसार ज्वरो आउने, पेट दुख्ने, टाउको दुख्ने र एकदिनमा तीनदेखि चार पटकसम्म पातलो दिसा भएकाले शरीरमा पानी अपुग हुन गई पासीको एकैघरका तीन जनाको मृत्यु भएको हो ।

स्वास्थ्य शाखा प्रमुख शाहले मृतकलाई आफन्तले बिरामी हुँदा भारतीय क्लिनिकमा उपचार गराएको र सोही क्रममा मृत्यु भएको जानकारी दिए । मृत्यु भएपछि मात्रै जिल्ला स्वास्थ्य कार्यालयलाई जानकारी प्राप्त भएको उनले बताए ।

शाहले गेग्लीमा एकैदिनमा झाडापखालाबाट कसैको पनि मृत्यु नभएको जानकारी दिँदै भने, ‘एकै परिवारका ७५ वर्षीय शान्ति पासी, उहाँकी २६ वर्षीया बुहारी उषा पासी र सोही परिवारकी एक वर्षकी नाबालिकाको क्रमशः भदौ १४, १५ र १६ गते मृत्यु भएको हो ।’ उनले एकैदिन तीन जनाको मृत्यु नभएको जानकारी दिए ।

स्वास्थ्य शाखा प्रमुख शाहले मृतकका आफन्तले समयमा उपचार नगराएका भन्दै परिवारको लापरबाहीका कारण चार जनाको ज्यान गएको बताए । ‘समयमै जाँच गरेको भए रोग पहिचान भइएर उपचार हुन्थ्यो”, उनले भने, ‘परिवारको लापरबाहीले गर्दा अकालमा ज्यान गएको छ । चेतनाको कमीले गर्दा यस्तो घटना भएको हो ।’

नरैनापुर–३ कालाफाँटा स्वास्थ्य संस्थाका प्रमुख मो तैयब राइनले गेग्लीमा झाडापखाला फैलिएको जानकारी पाउनेबित्तिकै आवश्यक औषधिसहितको टोली परिचालित गरिएको बताए । गाउँमा अहिले दुई बालबालिकामा पखाला पुष्टि भएको बताउँदै एकको स्थानीयस्तरमा र एकजनाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको उनले जानकारी दिए ।

प्रमुख राइनले भने, ‘महामारीका रुपमा फैलिएको हो कि भनेर पालिकाले स्वास्थ्य शिविर आयोजना गरी परीक्षण गरेको छ । शिविरमा आएकामध्ये अधिकांशमा अधिकांश ज्वरो आउने, पेट दुख्ने, टाउको दुख्नेलगायत समस्या देखिए पनि यो समस्या मौसम परिवर्तनका कारण भएको हो ।’ 

सोमबारको शिविरमा दुईजनामा झाडापखाला पुष्टि भएको उनले जानकारी दिए । नरैनापुरमा भेटिएका झाडापखालामा हैजाजन्य किटाणु नभएको भेरीमा उपचाररत बिरामीको जाँचबाट खुलेको स्वास्थ्य शाखा प्रमुख अङ्गत शाहीले जानकारी दिए । 

गाउँपालिकाले गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी पानी शुद्धीकरणका लागि आवश्यक औषधि वितरण गरेको छ । भेरी अस्पतालमा दैनिक झाडापखालाका पाँच छ जना बिरामी आउने गरेका अस्पतालका मेसु डा प्रकाशबहादुर थापाले जानकारी दिए । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दोस्रो पटक हमलाको प्रयासपछि ट्रम्प- मलाई कुनै कुराले पछाडि धकेल्न सक्दैन, आत्मसमर्पण गर्दिनँ

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको फ्लोरिडास्थित आफ्नै गल्फ कोर्समा उनलाई "हत्या गर्ने दोस्रो प्रयास" भएको तर उनी सुरक्षित रहेको अमे...

अवरुद्ध डुम्रे-बेँसीसहर सडक खुल्यो

लमजुङ । पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालनमा आएको छ । यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ स्थित उदिपुर, दलाललगायत स्थानमा अविरल वर्षाले...

आजको विदेशी मुद्राको विनिमय दर : युरो बढ्यो, अमेरिकी डलर बढेन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज घटबढ भएको छैन । ...

बारामा काँकडभिट्टाबाट दाङतर्फ जाँदै गरेको बस पुलबाट खस्यो

बारा । बाराको पूर्व–पश्चिम राजमार्गस्थित उनासी पुलमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ४३ जना घाइते भएका छन्।  गएराति १२ बजे काँकडभिट्टादेख...

आइसिसी विश्वकप लिग-२ मा आज क्यानडासँग भिड्दै नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज क्यानडासँग खेल्दैछ। क्यानडाको ओन्टेरियोमा नेपाली समयअनुसार आज बेलुकी ७:४५ बजे खेल सुरू हुनेछ। ल...

मनसुन फेरि सक्रिय, देशभर भारी वर्षा हुने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव जारीे छ । पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेका कारण मनसुनी वायुको प्रभाव ...

‘हिंसा’ शब्दमा सहमति खोज्न सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । संसद् भवन नयाँ बानेश्वरमा १२ बजेर १५ मिनेटमा बस्नेगरी सभामुखले बैठक...

नारायणगढ-मुग्लिन सडक भासियो, एकतर्फी यातायात सञ्चालन

काठमाडौं । नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा सडक भासिएको छ। सडक भासिएपछि एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ।  चितवनको इच्छाकामना गाउँपालिका–...

रवि लामिछाने दोषी रहेको सहकारी छानबिन समितिको निष्कर्ष

काठमाडौं । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोषी ठहर गरेको छ।  आइतबार दिउँसो २...

संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने

काठमाडौं । नयाँ प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न सोमबार संवैधानिक परिषद्को बैठक बस्दैछ। बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy