काठमाडौं । उरुग्वेका अनुभवी स्ट्राइकर लुइस सुआरेजले ३७ वर्षको उमेरमा सोमबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।
१४२ खेलमा ६९ गोल गरेका उरुग्वेका सर्वकालिक सर्वाधिक गोलकर्ता तथा लिभरपुल र बार्सिलोनाका पूर्वफरवार्ड सुआरेजले शुक्रबार पाराग्वेविरुद्ध आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्नेछन्।
सेन्टेनारियो रंगशालामा आयोजित पत्रकार सम्मेलनमा रुँदै सुआरेजले भने, ‘यो भन्न पाउँदा दुःख लाग्छ, तर शुक्रबार मेरो देशको राष्ट्रिय टोलीसँग अन्तिम खेल हुनेछ।’
उरुग्वेले त्यस दिन पाराग्वेसँग विश्वकप छनोट खेल खेल्नेछ। सन् २००७ देखि उरुग्वेका लागि खेल्दै आएका सुआरेजले सन्न्यास लिने यो उपयुक्त समय भएको बताए।
‘अर्को विश्वकपमा पुग्न गाह्रो छ। चोटका कारण होइन, आफैंले सन्न्यास लिनु सान्त्वनादायी छ,’ उनले भने।
सुआरेज उरुग्वेको टोलीमा चार विश्वकप र पाँच कोपा अमेरिका प्रतियोगिताका खेलेका छन्। उनले सन् २०११ को महादेशीय प्रतियोगिताको उपाधि जितेका थिए।
सुआरेज आफ्ना घनिष्ठ मित्र लिओनल मेसीसँग इन्टर मियामीमा खेल्छन् र क्लबस्तरमा आफ्नो क्यारियर जारी राख्ने योजना बनाएका छन्।
यी दुईले सन् २०१४ देखि २०२० सम्म बार्सिलोनामा सँगै खेलेका थिए। सुआरेजले अजाक्स, लिभरपुल, एट्लेटिको मड्रिड र ग्रेमियोबाट पनि खेलेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १० गते, २०८२ - ०९:०३
काठमाडौं । २१ फागुनको निर्वाचनमा चुनावी प्रयोजनका लागि खटिने सुरक्षाकर्मी र कर्मचारीले खटिएकै स्थानबाट मतदान गर्न पाउनेछन् । तर, उनीहरूलाई समानुपातिक ...
फाल्गुन १० गते, २०८२ - ०८:५९
काठमाडौं । नेपालमा दुई सातापछि हुन लागेको निर्वाचनअघि कतिपय भारतीय विश्लेषकहरूले कसैको पनि बहुमत आउने अवस्था आफूले नदेखेको भन्दै आवश्यक पर्दा भारतको न...
फाल्गुन १० गते, २०८२ - ०८:५२
म्याग्दी । प्रतिनिधिसभा सदस्य चुनावको प्रचारप्रसारका क्रममा जिल्लामा फरक फरक नयाँ दृश्यहरू देखिएका छन् । चुनाव प्रचारका लागि गाउँमा पुगेका उम्मेदवारला...
फाल्गुन १० गते, २०८२ - ०८:०९
काठमाडौं । रौतहटको गौर नगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आज पनि जारी छ । अहिले बिहान ६स्३० बजेदेखि ८ः३० बजेसम्म अत्यावश्यक कामका लागि खुकुलो पारिएको...
फाल्गुन १० गते, २०८२ - ०८:००
धनुषा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी प्रचारप्रसार तीव्र बनेको बेला आचारसंहिताविपरीत टाँसिएका करिब २० हजार प्रचार सामग...
फाल्गुन १० गते, २०८२ - ०७:५७
काठमाडौँ । भोजपुरमा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ । सदरमुकाम नजिकै रहेको कोदार क्षेत्रलाई विशेषगरी तरकारी उत्पादनका लागि उपयुक्त भाग...
फाल्गुन १० गते, २०८२ - ०७:५०
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागलगायत अन्य बाँकी हिमाली भू...
फाल्गुन १० गते, २०८२ - ०७:४७
बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आव २०८२/८३ का लागि वार्षिक लक्ष...
फाल्गुन १० गते, २०८२ - ०७:३५
गण्डकी। आजभन्दा सात वर्षअघि पोखरा महानगरपालिका–३३ भरतपोखरीका रमेश आचार्यले दुई पाडीबाट सुरु गरेको भैँसीपालनले यतिखेर व्यावसायिक रूप लिएको छ । समाजमा क...
फाल्गुन १० गते, २०८२ - ०७:३१
काठमाडौँ । निर्वाचनलाई बढीभन्दा बढी सहभागितामूलक बनाउने र बदर प्रतिशत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई...



प्रतिकृया लेख्नुहोस्: