Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

साढे ६ वर्षभित्र थप ३० प्रतिशत शेयर नेपालीलाई नदिए एनसेलकाे स्वामित्व सरकारकाे हुने

खबरडबली संवाददाता

काठमाडौं । अबको साढे छ वर्षभित्र थप ३० प्रतिशत शेयर नेपालीलाई नदिए एनसेल सरकारी स्वामित्वमा आउने भएको छ । मोबाइल सेवाको २५ वर्षे लाइसेन्स अवधि समाप्त हुँदै गर्दा कम्पनीको भविष्य अन्यौलपूर्ण बनेको हो ।

स्पाइस नेपालको नाममा १६ भदौ २०६१ मा एनसेलको लाइसेन्स जारी भएको थियो । त्यस हिसाबले आगामी १६ भदौ २०८६ मा कम्पनीको लाइसेन्सको अवधि समाप्त हुँदैछ । विद्यमान कानूनी व्यवस्था अनुसार अबको साढे छ वर्ष पश्चात कम्पनी सरकारी स्वामित्वमा आउने देखिएको हो ।

यद्यपि एनसेलले विद्यमान कानूनी व्यवस्था परिमार्जन गरी २५ वर्षपश्चात् समेत लाइसेन्स नवीकरण गर्ने व्यवस्थाका लागि माग गर्दै आएको छ । तर नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल भने अहिलेको ऐनमा भएको व्यवस्था भन्दा बाहिर जाने अधिकार नरहेको बताउँछन् । 

“त्यसलाई अक्षरसः पालना गर्नु कर्तव्य पनि हो,” उनी भन्छन् । दूरसञ्चार ऐनले विदेशी लगानी रहेका कम्पनीहरूमाथि अन्याय भने नगरेको उनको दाबी छ । 

हाल एनसेलमा ८० प्रतिशत विदेशी र बाँकी २० प्रतिशत नेपाली लगानीकर्ताको स्वामित्व रहेको छ । उक्त विदेशी लगानी ८० प्रतिशतबाट घटाएर यदि ५० प्रतिशतमा ल्याउने हो भने एनसेलले नयाँ लाइसेन्स लिन सक्ने अध्यक्ष खनालको भनाई छ । 

“यसका लागि कम्पनी आईपीओमा गयो अथवा जनतालाई शेयर दिने हो भने उसको सेवाले निरन्तरता पाउँछ,” उनी भन्छन् ।

अन्यथा २५ वर्ष पूरा भएपछि कम्पनीको स्वामित्व राज्यले लिएर लिलाम मार्फत अर्को व्यक्तिलाई दिइनेछ । यद्यपि यस किसिमको कानूनी व्यवस्थाले विदेशी लगानी आकर्षित नहुने भन्दै नयाँ ऐनमार्फत त्यसलाई सम्बोधन गर्न खोजिएको प्राधिकरणले जनाएको छ । 

तर पुराना सेवाप्रदायकको हकमा भने विद्यमान ऐनकै व्यवस्था लागू हुने अध्यक्ष खनालको दाबी छ । “नयाँ सेवाप्रदायकहरूको नवीकरण भने आम्दानीको आधारमा हुने र नवीकरण गरुञ्जेलसम्म लाइसेन्स अवधि कायम हुने अवधारणामा नयाँ भनको मस्यौदा अगाडि बढेको छ,” अध्यक्ष खनालले भने ।

के छ अहिलेको कानूनी व्यवस्था ?

विद्यमान दूरसञ्चार ऐन २०५३ को दफा २५ को उपदफा १ मा मोबाइल सेवाको अनुमतिपत्रको अवधि र नवीकरण सम्बन्धी व्यवस्था छ । जसमा मोबाइल सेवाको लाइसेन्सको अवधि २५ वर्षसम्म हुने उल्लेख छ । तर त्यसका लागि पहिलो पटक १० वर्ष र त्यसपछि प्रत्येक पाँच वर्षमा २०र२० अर्ब रुपैयाँ शुल्क बुझाएर नवीकरण गर्नुपर्ने हुन्छ । 

त्यस्तै सोही ऐनको दफा ३३ मा मोबाइल सेवाप्रदायकमाथि सरकारी स्वामित्व कायम हुने सम्बन्धी व्यवस्था गरिएको छ । उक्त दफाको उपदफा १ मा भनिएको छ, जम्मा पूँजीको ५० प्रतिशतभन्दा बढी विदेशी लगानी भएको दूरसञ्चार सेवासँग सम्बन्धित जग्गा, भवन, यन्त्र, उपकरण तथा संरचना अनुमतिपत्रको अवधि समाप्त भएपछि नेपाल सरकारको स्वामित्व हुनेछ ।

यद्यपि सोही दफाको उपदफा ४ मा जम्मा पूँजी लगानीको ५० प्रतिशतसम्म विदेशी लगानी भएको दूरसञ्चार सेवाका लागि अनुमतिपत्रको अवधि समाप्त भएपछि पुनः अनुमतिपत्र लिएर सञ्चालन गर्न सकिने व्यवस्था छ ।

यही व्यवस्था अनुसार एनसेलले हाल कायम रहेको ८० प्रतिशत विदेशी लगानीलाई ५० प्रतिशतमा सीमित गरे अबको साढे छ वर्षपछि नयाँ अनुमतिपत्र लिन सक्ने देखिएको हो ।

यदि अहिलेकै शेयर संरचना कायम रहेको अवस्थामा एनसेलको लाइसेन्स अवधि समाप्त भएको खण्डमा  नेपाल सरकारले आफ्नो स्वामित्वमा आएको कम्पनीको मूल्याङ्कन निर्धारण गर्नेछ र सो रकम बुझाएर नयाँ अनुमतिपत्र लिई मोबाइल सेवालाई निरन्तरता दिन सक्नेछ ।

त्यो पनि गरेको अवस्थामा एनसेलको स्वामित्व लिएर सरकारले त्यसको सम्पत्ति तथा लाइसेन्स लिलामी गर्नेछ । यसका लागि गत मंसिरमा अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवाप्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली २०७९ जारी भइसकेको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डोजरपछि डाँडापारि जीवन: ‘हामीलाई हटाइयो, अब कहाँ बस्ने ?’

बनेपा। वैशाख २४ गते साँझ तीन वटा गाडी बनेपास्थित रेडक्रस तालिम केन्द्र अगाडि रोकिए । गाडीभित्र थिए काठमाडौं उपत्यकाका विभिन्न सुकुमबासी बस्तीबाट हटाइए...

संसद्मा विपक्षी खाली हुँदै गए, एमाले पनि बाहिरियो, कांग्रेस उभिएरै विरोधमा

काठमाडौं । प्रतिनिधिसभामा सरकार र विपक्षीबीचको टकराव झन् तीव्र बनेको छ । प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिमा अर्थमन्त्री स्वर्णीम वाग्लेले नीति तथा...

सभामुखको निर्णयपछि संसद् तातियो, तीन दलले गरे बैठक बहिस्कार

काठमाडौं । प्रतिनिधिसभामा तनाव चुलिएको छ । सभामुख डिपी आर्यालले विपक्षीको विरोधबीच पनि बैठकको कारबाही अघि बढाएपछि तीन विपक्षी दलले संसद् बैठक बहिस्कार...

श्रम संस्कृति पार्टीद्वारा संसद बैठक बहिष्कार

काठमाडौं । श्रम संस्कृति पार्टीले संसद बैठक बहिष्कार गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रममा उठेका प्रश्नमाथि जवाफ दिन नआउने भएपछि ...

इबिडिङ ‘ह्याक’ प्रकरणमा विक्रम पाण्डे धरौटीमा रिहा, कम्युटर अपरेटर भने थुनामै

काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डे ४ लाख धरौटीमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।  इबिडिङको सफ्टवेयरमा अनधिकृत प्रवेश गरेर ठेक्का हत्या...

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि जवाफ दिन प्रधानमन्त्री बालेन शाह नै उपस्थ...

खेतको डिलदेखि भीरपाखासम्म छरिएका ४ सय वर्ष पुराना अभिलेख

संरक्षण नहुँदा जोखिममा नेपालको दुर्लभ इतिहास

कीर्तिपुरमा गोली चल्याे, एकजना पक्राउ

काठमाडौं । काठमाडौंको ककिर्तिपुुरमा प्रहरीले गोली चलाएर हत्या अभियोगका मुख्य आरोपीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार विपिन घिमिरे हत्या प्रकरणमा संल...

ललितपुरमा नक्कली सुन देखाई ५ लाख ठगी, तीन जना पक्राउ

काठमाडौं । नक्कली सुन धितो राखी ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ  गरेको छ  ।  पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्न...

अध्यादेशमा सरकारलाई झट्का दिने तयारी, विपक्षीद्वारा अस्वीकृतिको सूचना दर्ता

काठमाडौं । संसद् अधिवेशन नभएको बेला सरकारले ल्याएका अध्यादेशहरू अब संघीय संसद्मै अड्किने संकेत देखिएको छ । विपक्षी दलहरूले ती अध्यादेश अस्वीकार गरियोस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending