काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारालम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन् । शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
यस्तै, उनले प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिएका छन् । सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै यसबाट देशको शीर उचों पार्ने काम भएको र अर्को पटक स्वर्ण पदक राष्ट्रले अपेक्षा गरेको बताए । सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मंगलधुन बजाएर स्वागत गरेको थियो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबु आमा र खेल संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
पलेशाले पेरिस पारालम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै काश्य पदक जितेकी थिइन् । उनी आजै बिहान काठमाडौँ फर्किएकी हुन् । पलेशालाई राष्ट्रिय खेलकुद परिषदले विमानस्थलबाट दशरथ रंगशालासम्म भव्य स्वागत गर्दै नगर परिक्रमा समेत गराएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र २७ गते, २०८१ - २०:४८
काठमाडौं । नर्वेका सांसदहरुको एक टोलीले प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँग सिंहदरबारमा बिहीबार छलफल गरेको छ । दुई देशका संसदीय स...
भाद्र २७ गते, २०८१ - २०:३९
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एउटै मञ्चबाट नेपालमा चलेको दश वर्...
भाद्र २७ गते, २०८१ - २०:२३
काठमाडौं । नेपाल पत्रकार महासङ्घले प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई समाचारको विषयलाई लिएर नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउको प्रयास गरे...
भाद्र २७ गते, २०८१ - २०:१९
काठमाडौं । आगामी मंसिर ७ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘तेल भिसा’को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्या’ सार्वजनिक गरिएको छ । कृष्ण भारद्वाजको...
भाद्र २७ गते, २०८१ - २०:००
काठमाडौं । नेपाल पूर्वाधार सम्मेलनको पहिलो दिनको दोस्रो सत्रका सहभागीहरुले दक्षिण एसिया क्षेत्रमा अन्तरदेशीय पूर्वाधार आवद्धता नहुँदा व्यापार वृद्धिमा...
भाद्र २७ गते, २०८१ - १९:५२
पेरिस । चीनको आर्थिक मन्दीको कारण सन् २०२० पछि सन् २०२४ को पहिलो अर्धवार्षिकसम्ममा विश्वव्यापी तेलको माग सबैभन्दा सुस्त गतिमा बढेको अन्तर्राष्ट्रिय ऊ...
भाद्र २७ गते, २०८१ - १९:३०
जेनेभा । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको सामाजिक सुरक्षामा पहुँच भएको संयुक्त राष्ट्र सङ्घले बिहीबार जनाएको ...
भाद्र २७ गते, २०८१ - १९:२१
कपिलवस्तु । कपिलवस्तुमा जापानिज इन्सेफ्लाइटिसबाट एक किशोरको मृत्यु भएको छ । इन्सेफ्लाइटिसबाट विजयनगर गाउँपालिका वडा नम्बर २ लोहरौलाका रामसहाय चौधरीका ...
भाद्र २७ गते, २०८१ - १९:१६
सल्यान । सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छ्न् । शारदा न.पा. २ स्थित मैसेपानीमा श्रीगगरबाट खलंगातर्फ आउदै गरेको पूर्वाधार विकाश का...
भाद्र २७ गते, २०८१ - १९:१३
तनहुँ । तनहुँमा रुखले च्यापिएर बिहीबार एक जनाको मृत्यु भएको छ । भिमाद नगरपालिका–६ रङ्गशाला नजिकै सिसौ घारीमा रूख काटी डोरीले तान्ने क्रममा च्यापिएर ५८...
प्रतिकृया लेख्नुहोस्: