काठमाडौं । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच जारी वार्ता अन्तिम चरणमा पुगेको छ। सिंहदरबारमा भइरहेको छलफल सकारात्मक निष्कर्षमा पुगेमा दुवै पक्षबीच आजै लिखित सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिएको छ।
वार्तामा सरकारी टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले गरिरहेका छन्। टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली र भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्र प्रसाद दुलाल सदस्यका रूपमा सहभागी छन्।
यस्तै, मिटरब्याज पीडित पक्षको वार्ता टोलीको संयोजन नवलपरासी ९सुस्ता पूर्व०का अवधेश कुसवाहले गरेका छन्। टोलीमा सिराहाका मनोज पासवान, गोरखाका रिजन रानामगर, भोजपुरकी लक्ष्मी घिमिरे, बर्दघाट पश्चिमका किरण परियार तथा कैलालीका निर्गराज जैसी सदस्य रहेका छन्।
यसअघि बिहीबार पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरकार र पीडित पक्षबीच लामो छलफल भएको थियो। प्रधानमन्त्रीको सचिवालयका अनुसार सोही छलफलमा भएका सहमतिलाई आधार बनाएर शुक्रबार अन्तिम सम्झौताको प्रक्रिया अघि बढाइएको हो।
सम्झौता सम्पन्न भए आन्दोलनरत मिटरब्याज पीडितका माग सम्बोधन गर्ने दिशामा महत्त्वपूर्ण प्रगति हुने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २ गते, २०८३ - १३:१९
जनकपुरधाम । विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय सुनाइएपछि फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने अभियानअन्तर्गत धनुषा प्रहरीले पछिल्लो एक स...
श्रावण २ गते, २०८३ - १३:०९
काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५२१ जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार...
श्रावण २ गते, २०८३ - १२:४३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले न्यायालयको पुनरसंरचना नगरी मुलुकमा सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण स...
श्रावण २ गते, २०८३ - १२:३२
मकवानपुर । नेकपा (एमाले)ले बागमती प्रदेश सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन...
श्रावण २ गते, २०८३ - १२:१६
सप्तरी । सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा जेलर रूपक मण्डलको सरुवाको माग गर्दै कैदीबन्दीहरू आन्दोलनमा उत्रिएपछि कारागार परिसर तनावग्रस्त बनेको छ...
श्रावण २ गते, २०८३ - १२:०६
नेपालगन्ज। बाँके र दाङ जोड्ने अधुरो हुलाकी सडक निर्माणका लागि करिब चार अर्ब रुपियाँ बराबरको ठेक्का आह्वान गरिएको छ। ठेक्का प्रक्रिया सुरु भएसँगै लामो ...
श्रावण २ गते, २०८३ - ११:५३
काठमाडौं। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी दुई दिन देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुन सक्ने चेताव...
श्रावण २ गते, २०८३ - ११:४४
ताप्लेजुङ। अविरल वर्षाका कारण पहिरो जाँदा ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० फुरुम्बुमा ग्रामीण सडक र विद्युत सेवा अवरुद्ध बनेको छ । शुक्रबार राति भएको ...
श्रावण २ गते, २०८३ - ११:२२
तनहुँ। देवघाट क्षेत्रबाट सम्पर्कविहीन भएकी तनहुँको बन्दीपुर गाउँपालिका–४ टुँडीखेलकी २८ वर्षीया सन्तोषी श्रेष्ठ मृत अवस्थामा फेला परेको छन् । केही दिनद...
श्रावण १ गते, २०८३ - १६:४९
काठमाडौँ। फिफा विश्वकप २०२६ को फाइनल नजिकिँदै गर्दा विश्व च्याम्पियन बन्ने प्रतिस्पर्धासँगै प्रतियोगिताका विभिन्न व्यक्तिगत पुरस्कार कसले जित्ला भन्ने...



प्रतिकृया लेख्नुहोस्: