Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

विषाक्त तरकारी खेती- जसले निम्त्यायो एकै पालिकाका ६४ जनामा क्यान्सर र मिर्गौला रोग

खबरडबली संवाददाता

काठमाडौं । गोरखा जिल्लाको गण्डकी गाउँपालिकाका ६१ जनामा क्यान्सर र १५ जनामा मिर्गौला फेल भएको कारण खोज्न सरकारले कार्यदल गठन गरेको छ । 

ती सबै २०६५र६६ देखि आधुनिक तरकारी खेती गरिरहेका किसान रहेका कारण तरकारी खेतीमा हालिएको विषादीका कारण त्यस्तो रोग लागेको प्रारम्भिक अनुमान छ ।

खेतीमा प्रयोग हुने अधिक विषादी नै त्यसको कारण रहेको दाबी गरिएपछि कृषिमन्त्री रामनाथ अधिकारीले प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोख्रेलको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। 

अहिले कार्यदलले गण्डकी गाउँपालिकामा अध्ययन गरी प्रतिवेदन तयार गर्दै छ । उक्त घटनालाई नै पुष्टि गर्ने आधार देखाउने गरी गण्डकी प्रदेशकै नवलपुरको हुप्सेकोटमा त्यस्तै खेती गर्नेमा क्यान्सरका रोगी अधिक फेला परेका छन् । 

हुप्सेकोट गाउँपालिकामा मात्र व्यावसायिक तरकारी खेती गर्ने ६४ जनामा क्यान्सर र मिर्गौला रोग लागेको स्वास्थ्य शाखा हुप्सेकोटले जनाएको छ । तीमध्ये १४ जना एउटै वडा (वडा नं. १ को जुगेपानी क्षेत्र) का रहेका हुप्सेकोट स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए। 

यसअघि गत वर्ष डडेलधुराको अमरगढी नगरपालिकामा पनि एकै गाउँका सात जनामा क्यान्सर लागेको र एक जनाको मृत्यु हुँदा त्यस्तै खोजी भएको थियो तर त्यसको गम्भीर अध्ययन भएन । 

हुप्सेकोटको कहाली 

हुप्सेकोटमा विभिन्न उमेर समूहका र कार्यप्रकृतिका कृषक विषादीको जोखिममा काम गर्छन् । तीमध्ये जुगेपानीका दिनेश सोमै मगरलाई २६ वर्षमै दुई थरी क्यान्सर भइसकेको छ । उनी तीन वर्षभन्दा बढी वैदेशिक रोजगारी रहेर स्वदेश फर्केपछि तरकारी खेतीमा लागेका हुन तर तरकारी खेती थालेको डेढ वर्षमै मलद्वारको र पछि ढाडको हड्डीमा क्यान्सर भयो । 

उनी आफैँ त्यसको कारण तरकारी खेतीको विषादी नै मान्छन् । विषादी प्रयोग गर्न नजानेरै क्यान्सर भएको अनुमान गर्दै त्यसको आधार धेरै जना त्यस्ता किसानलाई क्यान्सर र मिर्गौलाको रोग लागेको बताए । 

उनको आशङ्कालाई बल दिने गरी छिमेकी ६५ वर्षीय हरिमाया थापा र ६४ वर्षीय ताराबहादुर विक दुवै क्यान्सर पीडित हुन्। विक १५ वर्षदेखि विषादीको प्रयोग गर्दै तरकारी खेतीमा लागेका हुन्। उनलाई तीन वर्षअघि पिसाब नलीमा क्यान्सर देखियो । 

विकले पनि सोमेले जस्तै अर्का किसान प्रेमबहादुर रजाली पनि क्यान्सर लागेरै चार वर्षअघि बितेको स्मरण गरे । ६६ वर्षीय टेकबहादुर विकले चाहिँ मिर्गौलामा क्यान्सर भएपछि एउटा मिर्गौला फालेर जीवन धान्दै छन्। 

तरकारीमा प्रयोग गर्ने विषादीकै कारण यति ठुलो सङ्ख्यामा किसानलाई मिर्गौला र क्यान्सर रोग लागेको हुप्सेकोट स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद सापकोटाले बताए । 

किसानले प्रयोग गरेका विषादी, प्रयोग गर्ने विधि, प्रयोग गर्दा अपनाइएको असावधानी र एउटै क्षेत्रका व्यावसायिक किसानलाई मात्र यो रोग लाग्नुले विषादीकै कारण क्यान्सर र मिर्गौलाको रोग लागेको निष्कर्षमा आफूहरू पुगेको उनको विचार छ । 

हुप्सेकोट गाउँपालिकाले त्यसबारे सावधानी गराएको जनाएको छ । पालिकाका उपाध्यक्ष पूर्णसिंह रानामगरले कृषकसँग छलफल गरेर गत वर्षदेखि नै विषादी कम गर्न भनेको तर कार्यान्वयनमा अझै समस्या देखिएको बताए । 

हुप्सेकोट–१, जुगेपानी काँक्राको पकेट क्षेत्र हो । सयौँ कृषकले ९० बिघाभन्दा बढी क्षेत्रफलमा काँक्रा खेती गर्छन् । दैनिक ६० देखि ७० टन काँक्रा काठमाडौँ, नारायणगढ, पोखरा, बुटबललगायतका सहरमा निर्यात हुने गर्छ । बढी उत्पादन गर्न कृषक रासायनिक मल र विषादीको व्यापक र असुरक्षित प्रयोग गर्छन् ।

गण्डकी गाउँपालिका, अमरगढी र हुप्सेकोट नगरपालिकाका यी घटनाले हाम्रो कृषि प्रणाली, विषादीको अन्धाधुन्ध प्रयोग र समग्रमा कृषि स्वास्थ्य चेतनामा समस्या देखाएको छ । विज्ञहरूका अनुसार कृषकले तरकारीमा प्रयोग गर्ने केही विषादी क्यान्सरलाई सक्रिय गर्ने तत्व (एजेन्ट) का रूपमा रहेका छन्  । 

कृषि शाखा कार्यालय हुप्सेकोटका अनुसार स्थानीयले तरकारीमा इमिडाक्लोरप्रिक, रक्लोरपाइरिफस, इमामेविटन, बेन्जोएट, साइपरमेसिन, रक्लोरपाइरिफस जस्ता कीटनाशक र ढुसीनाशक विषादीमा मेन्कोजेव, कार्बेन्डाजिम, मेटलाक्सिल, डाइपयोमोर्फलगायत प्रयोग गरेका छन् । 

यी विषादी क्यान्सर र मिर्गौलामा असर गर्ने नै भएको कृषि विभागका पूर्वमहानिर्देशक एवं विषादीविज्ञ डा. डिल्लीराम शर्माले बताउनुभयो । “इमिडाक्लोरप्रिक, रक्लोरपाइरिफसले क्यान्सरको उच्च जोखिम निम्त्याउँछ भने ढुसीनाशक विषादीले मिर्गौला ड्यामेज गर्छ,” डा. शर्माले भने। 

विषादीविज्ञसमेत रहनुभएका केन्द्रीय कृषि प्रयोगशाला हरिहरभवन, ललितपुरका प्रमुख महेशचन्द्र आचार्यका अनुसार यी विषादीमा कासिनोजिन अर्थात् ‘क्यान्सर कजिङ एजेन्ट’ हुन्छ । यीबाट क्यान्सर, मिर्गौला रोगलगायत विभिन्न स्वास्थ्य समस्या हुन्छ भनेर प्रमाणित गरेको पनि बताए । उनले अझ सचेत गराउँदै भने, “विषादीका कारण आजको भोलि नै समस्या नदेखिने भए पनि केही वर्षपछि समस्या हुन्छ ।” यो समाचार आजको गोरखापत्र दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरान युद्ध टुंग्याउने ट्रम्पको चाहना तर कैयौँ महत्त्वपूर्ण प्रश्नको उत्तर छैन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...

मूल्यवृद्धिमा देखिन थाल्यो मध्यपूर्व युद्धको असर

फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने

डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।  भानु नगरपालिका–३ कुकुर्दीदेखि ...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित, अन्य पदमा क-कसले जिते ? (सूचीसहित)

काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...

सदनमा बादलले दिएको अभिव्यक्तिले एमालेमा भुइँचालो

पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने

चन्द्र सर, जसले खुला आकाशमुनि चलाउँछन् निःशुल्क ‘ट्युसन’ कक्षा

सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...

कर्णाली राजमार्गका दश वटा अलपत्र ठेक्का तोडिए

जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending