Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

नाम्खा गाउँपालिकाको याल्वाङवासीका घर–घरमा धारा जडान

खबरडबली संवाददाता

सिमकोट । नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा घरघरमा खानेपानीका धारा जडान गरिएपछि स्थानीयवासीलाई सहज भएको छ। स्थानीयको माग अनुसार खानेपानी योजना निर्माण भई घरघरमा जडान गरिएपछि स्थानीयलाई चौबीसै घण्टा खानेपानी उपलब्ध हुन थालेको हो।

घरमा धारा जडान भएपछि खोलाको पानी प्रयोग गर्नुपर्ने बाध्यता हटेको बताउदै उपभोक्ता छोला तामाङले घर मै चौबीस घण्टा धारामा पानी आउने गरेको जानकारी दिए।

यसअघि उनको घरमा खोलाको पानी बोकेर ल्याउनु पर्ने बाध्यता रहेको थियो। उनले सधै बर्खायाममा खोलाको धमिलो पानी उपभोग गर्नुपर्ने बाध्यता हटेको बताउदै नजिकको सरकार भएको अनुभूति भएको बताए। छालेसी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष छिटुप तामाङले उपभोक्ता, गाउँपालिका र सहयोगी निकाय खानेपानी सरसफाई तथा स्वच्छता आयोजनाको (सुसा) लागत साझेदारीमा निर्माण गरिएको खानेपानी योजनाले याल्वाङवासीको घरघरमा धारा जडान गर्न सफल भएको बताए।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले छालेसी खानेपानी योजना समय मै निर्माण भएर सञ्चालनमा आएपछि गाउँपालिका केन्द्रवासी मात्र नभएर गाउँपालिका समेत यसबाट लावान्भित भएको जानकारी दिए। यसअघि खोलाको पानी प्रयोग गर्ने याल्वाङवासीको घरघरमा धारा जडान गरेर चौबीसं घण्टा पानी आउने बनाउन सफल भएकोका खुसी ब्यक्त उनले गरे। अध्यक्ष लामाले गाउँपालिकाको लक्ष घरघरमा धारा जडान गर्ने रहे अनुसार याल्वाङवासीबाट सुरु भएको बताउदै यो योजना सवै वडामा पुर्याउने रहेको बताए।

आयोजनाको गाउँपालिका संयोजक दन्त शाहीले स्थानीयको माग अनुसार खानेपानी योजना निर्माण भई सञ्चालनमा आएको बताए। गाउँपालिका केन्द्र याल्वाङमा उक्त योजनाबाट तीन वटा इन्टेक, आठ वटा रिजरवार ट्याङ्की, ८५ वटा धारा निर्माण गरिएको सुसा परियोजनाका प्राविधिक सहजकर्ता कार्वु लामाले बताए।

जसमा दुई हजार लिटर क्षेमताको एउटा रिजरवार ट्याङ्की निर्माण गरेर गाउँपालिकाको कार्यालय र आसपासका वस्तीमा पानी आपुर्ती भई रहेको छ भने भेराटुल क्षेत्रका लागि आठ र चार घनमिटरको ट्याङ्की निर्माण गरिएको छ। त्यसैगरि गुम्वाका लागि ३८ घनमिटरका दुई वटा रिसिङ टोलको लागि छ घनमिटर, खोला टोलका लागि चार घनमिटर विद्यालयका लागि चार घनमिटरको ट्याङ्की निर्माण गरिएको छ। यो योजनाका लागि लागत साझेदारीमा एक करोड अठार लाख ६७ हजार २२९ रुपियाँ लागत लागेको छ।

यसमा १९ प्रतिशत जनश्रमदान, दश प्रतिशत गाउँपालिका, एक प्रतिशत उपभोक्ताको नगद लगानी र सत्तरी प्रतिशत फिन्ल्याण्ड सरकारको अनुदान सहयोग मार्फत आयोजनाले लगानी गरेको छ। स्थानीयले खानेपानी प्रयोग गरे मार्फत बार्षिक रुपमा महशुल समेत तिर्ने ब्यवस्था वडाले गरेको छ। सो परियोजनाबाट याल्वाङका स्थानीय मात्र नभएर कार्यालय, गुम्वा, विद्यालय र सुरक्षाकर्मी समेत लावान्भित भएको प्रशासकीय अधिकृत मोहनबहादुर शाहीले बताए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८७ मेगावाटको लान्द्रुक मोदीमा जुट्यो लगानी

काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपुर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत ...

राष्ट्रपतिबाट संसदको चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति श्री रामचन्द्र पौडेलले  संसदको दुवै सदनको चालु अधिवेशनको अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति पाैडेलले अ...

फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित

काठमाडौं । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । फिल्ममा सौगातको भूमि...

देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि, हुम्लाबाहेक सबै जिल्लामा पुग्यो भेटीए संक्रमित

काठमाडौं ।  हुम्लाबाहेक देशका सबै जिल्लामा डेंगु फैलिएको छ ।  इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार देशभर ७७ जिल्लामध्ये हुम्ल...

कामदारको भेषमा २० दिनसम्म गोविन्दाको घरमा एक युवती

काठमाडौं । बलिउड अभिनेता गोविन्दा ९० को दशकका चर्चित स्टार मध्येका एक थिए । उनको फ्यान फलोइङ यति धेरै थियो कि उनको घर बाहिर वा फिल्मको सेटमा उनको एक झ...

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा अर्याल नियुक्त

काठमाडौं ।  लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ ।  मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा आज बसेको मन्त्रिप...

बैतडी, दार्चुला र बझाङमा तीनदिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध

काठमाडौं । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा शनिबारदेखि  नेपाल टेलिकमको सेवा अवरुद्ध  भएको छ । सुदूर पहाडका बैतडी, दार्चुला र बझाङमा नेपाल टेलिकमको  स...

पहिलोपटक सर्वसाधारणले गरे अन्तरिक्षमा यात्रा

काठमाडौं ।  मानव इतिहासमा पहिलोपटक सर्वसाधारण नागरिकले अन्तरिक्षमा यात्रा गरेको छ । स्पेस एक्सको पोलेरिस डन मिसन अन्तर्गत पहिलोपटक पृथ्वीबाट ७३७ किलोम...

सेकुवा पसलबाट ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा ब्राउन सुगरसहित एक जना भारतीयलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा प्रहरीले वीरगन्जस्थित सेकुवा ...

बिक्री नहुँदा ५ सय मेट्रिक टन मह किसानकै घरमा थन्कियो

चितवन ।  चितवनमा मह बिक्री नहुँदा व्यावसायिक रूपमा मह उत्पादन गर्दै आएका किसान समस्यामा परेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy