Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

विश्व व्यवस्थामाथि खतरा बढेको बेलायत र अमेरिकाका गुप्तचर प्रमुखको चेतावनी

खबरडबली संवाददाता

लण्डन । अमेरिकी गुप्तचर निकाय (सिआइए) का निर्देशक बिल बन्र्स र बेलायतको एमआई–सिक्सका प्रमुख रिचार्ड मुरले विश्व व्यवस्था शीतयुद्धपछि विश्वले नदेखेको खतरामा रहेको चेतावनी दिएका छन् । 

फाइनान्सियल टाइम्सको विचार पृष्ठमा लेखेको लेखमा दुई गुप्तचर प्रमुखले भनेका छन्, “हामीसँग एक अर्काभन्दा बढी विश्वसनीय वा सम्मानित सहयोगी कोही छैन । उनीहरूले मुख्यतया रूस, चीन र मध्यपूर्वबाट अभूतपूर्व खतराहरूको सामना गरिरहेको बताउँदै आफूहरूको साझेदारी महत्त्वपूर्ण हुने बताएका छन् ।

संयुक्त राज्य अमेरिका र बेलायत फेब्रुअरी २०२२ मा सुरू गरिएको रूसी आक्रमणको प्रतिरोधमा युक्रेनको प्रमुख वित्तीय र सैन्य समर्थकमध्ये दुई प्रमुख राष्ट्र हुन् । “सहकार्य रहनु पहिलेभन्दा बढी महत्त्वपूर्ण छ”, लेखमा भनिएको छ,“रूसी गुप्तचर निकायले युरोपभरि चलाएको विध्वंसको लापरबाहीपूर्ण अभियानलाई बिथोल्न हामी मिलेर काम गरिरहेका छौँ ।”

लेखमा ‘उनीहरू (अमेरिका र बेलायत) ले उन्नत एआई र क्लाउड प्रविधिको प्रयोग अहिले कसरी गरिरहेका छन् भन्ने कुरा पनि उल्लेख गरेका छन् । पश्चिमा मुलुक र खासगरी अमेरिका र बेलायतले ती प्रविधिले सङ्कलन गरेका तथ्याङ्कको विशाल भण्डारहरू प्रयोग गरिरहेका लेखमा महत्वका साथ उल्लेख गरिएको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले बेलायती प्रधानमन्त्री केइर स्टार्मरलाई सेप्टेम्बर १३ मा वासिङ्टनमा  स्वागत गर्ने कार्यक्रम तय भएकोे वा स्टार्मरको भ्रमणको घोषणा भएको समयमा उक्त चेतावनी आएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले बेलायती प्रधानमन्त्री स्टार्मरलाई स्वागत गर्ने कार्यक्रम केही दिनअघि तय भएको थियो । ह्वाइट हाउसले शुक्रबार भनेको छ, “उनीहरू (बाइडेन र स्टर्ममर)ले अन्य कुराका साथै ‘युक्रेनलाई निरन्तर मजबुत बनाइराख्ने’ र गाजामा युद्धविराम हासिल गर्ने नयाँ उपायबारे छलफल गर्नेछन् । इजरायलप्रति दुई राष्ट्रको अडान फरक–फरक रहेको समयमा यो बैठक हुन लागेको हो । 

युद्धग्रस्त गाजामा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरी आफूले उपलब्ध गराएका हतियार प्रयोग हुनसक्ने भन्दै बेलायतले इजरायललाई ३० वटा हातहतियार निर्यात अनुमतिपत्र स्थगन गर्ने घोषणा गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुण्डीको रकमसहित २ जना पक्राउ

वीरगन्ज । वीरगन्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले श्रोत खुल्न नसकेको रकमसहित एक महिला र एक पुरुषलाई पक्राउ गरेको छ । श्रोत खुल्न नसकेको ८ लाख रुपैय...

क्यानडाविरुद्ध नेपालले टस जित्यो

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा आज क्यानडाविरुद्ध खेल्दै छ । ओन्टारियोस्थित किंग सिटी स्टेडियममा ...

आइसीसी लिग-२: नामिबियामाथि अमेरिका ६ विकेटले विजयी

काठमाडौं । अमेरिकाले आइसीसी विश्वकप डिभिजन लिग-२ अन्तर्गत नामिबियालाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा अमेरिकाले नामिबियालाई ६ विकेटले पराजित गरे...

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश च्याप्टर गठन

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले मधेश प्रदेश गठन गरेको छ ।  प्रदेश च्याप्टरको आज विरगन्जमा आयोजित विशेष समारोहमा मधेश प्रदेशका मुख...

खाेटाङमा अहेवकाे निधनमा साकेला गाउँपालिकामा शोक बिदा

खोटाङ । साकेला गाउँपालिकाले मंगलबार शोक बिदा दिएको छ । आइतबार बिहान मृत फेला परेका उक्त गाउँपालिका–३ खिदीस्थित स्वास्थ्य चौकीका अहेव ३० वर्षीय मणिराज ...

राजनीति सही दिशामा जान आवश्यक: डा. राउत

बाँके । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले जनताको अधिकार र हक प्राप्तिसँगै विकास निर्माणका लागि देशको राजनीति सही दिशामा जान आवश्यक रहेको...

लुम्बिनीमा कांग्रेस सचेतक गिरीले दिइन् राजीनामा

दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सचेतक निमा गिरीले पदबाट राजीनामा दिएकी छिन् । संसदीय दलका नेता डिल्लीबहादुर चौधरी समक्ष गिरीले आज सोमबार राजीन...

कानुनअनुसार लामिछानेमाथि कारबाही हुनु पर्ने एमाले र माओवादीकाे भनाइ

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सहकारी छानबिन समितिको प्रतिवेदन पूर्ण रुपमा कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् ।  सोमबा...

भक्तपुरमा बसमा शव झुन्डिएको अवस्थामा फेला

भक्तपुर । भक्तपुरमा बसमा शव झुन्डिएको अवस्थामा फेला परेको हो । आइतबार भक्तपुरको च्यामासिंह बसपार्कमा पार्क गरी राखिएको बा ३ ख ६६३८ नम्बरको बसमा २० वर्...

गृहमन्त्री लेखकसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा सोमब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy