Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

खबरडबली संवाददाता

जर्मनी । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्निनियन्त्रक र विमानले प्रयास तीव्र पारेका छन् । हर्ज पर्वतमा शुक्रबारदेखि धेरैतिरबाट डढेलो सुरु भएको र साँझसम्ममा यसले भीषण रूप लिएको थियो । 

स्याक्सोनी–अनहाल्ट राज्यको हर्ज जिल्लाका अधिकारीहरूका अनुसार ब्रोकेन पर्वतमा करिब १५० अग्निनियन्त्रक, विमान र हेलिकोप्टरहरू तैनाथ गरिएको छ र वरपरको क्षेत्र बन्द गरिएको छ । शनिबार पनि आगोको प्रकोप जारी रहेको र अग्निनियन्त्रकलाई सहयोग गर्न विमान र हेलिकप्टर पुनः पठाइएको जर्मन अधिकारीले बताएका छन् । थप तीन वटा विमान र अर्को हेलिकोप्टर पनि यस प्रयासमा सामेल हुने अपेक्षा गरिएको छ । 

अधिकारीले भने, “थप विमानका लागि अनुरोध गरिएको छ । अग्निनियन्त्रकहरूले अझै पनि आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् ।” पदयात्री र पर्यटकलाई उक्त क्षेत्र छोड्न आग्रह गरिएको छ र शुक्रबार दिउँसो बसमार्फत् ५०० जनालाई सुरक्षित स्थानमा ल्याइएको स्थानीय प्रसारक एनडीआरले जनाएको छ । 

सन् २०२२ को सेप्टेम्बरमा हर्ज पर्वतको जङ्गलमा भीषण आगलागी भएको थियो । आगो नियन्त्रणमा लिन अधिकारीहरूले आपतकालीन अवस्थाको घोषणा गरी सयौँ अग्निनियन्त्रकहरूले केही दिनसम्म दिनरात काम गरेका थिए ।

अन्य देशहरूजस्तै जर्मनीले पनि हालैका वर्षहरूमा गर्मीयाममा उच्च तापक्रम अनुभव गरिरहेको छ । वैज्ञानिकहरूले मानव–प्रेरित जलवायु परिवर्तनले तीव्र बनाएको बताएको तापक्रम वृद्धिले यस वर्ष पनि संसारभर मौसमी सङ्कटको सामना गरिरहेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुण्डीको रकमसहित २ जना पक्राउ

वीरगन्ज । वीरगन्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले श्रोत खुल्न नसकेको रकमसहित एक महिला र एक पुरुषलाई पक्राउ गरेको छ । श्रोत खुल्न नसकेको ८ लाख रुपैय...

क्यानडाविरुद्ध नेपालले टस जित्यो

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा आज क्यानडाविरुद्ध खेल्दै छ । ओन्टारियोस्थित किंग सिटी स्टेडियममा ...

आइसीसी लिग-२: नामिबियामाथि अमेरिका ६ विकेटले विजयी

काठमाडौं । अमेरिकाले आइसीसी विश्वकप डिभिजन लिग-२ अन्तर्गत नामिबियालाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा अमेरिकाले नामिबियालाई ६ विकेटले पराजित गरे...

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश च्याप्टर गठन

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले मधेश प्रदेश गठन गरेको छ ।  प्रदेश च्याप्टरको आज विरगन्जमा आयोजित विशेष समारोहमा मधेश प्रदेशका मुख...

खाेटाङमा अहेवकाे निधनमा साकेला गाउँपालिकामा शोक बिदा

खोटाङ । साकेला गाउँपालिकाले मंगलबार शोक बिदा दिएको छ । आइतबार बिहान मृत फेला परेका उक्त गाउँपालिका–३ खिदीस्थित स्वास्थ्य चौकीका अहेव ३० वर्षीय मणिराज ...

राजनीति सही दिशामा जान आवश्यक: डा. राउत

बाँके । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले जनताको अधिकार र हक प्राप्तिसँगै विकास निर्माणका लागि देशको राजनीति सही दिशामा जान आवश्यक रहेको...

लुम्बिनीमा कांग्रेस सचेतक गिरीले दिइन् राजीनामा

दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सचेतक निमा गिरीले पदबाट राजीनामा दिएकी छिन् । संसदीय दलका नेता डिल्लीबहादुर चौधरी समक्ष गिरीले आज सोमबार राजीन...

कानुनअनुसार लामिछानेमाथि कारबाही हुनु पर्ने एमाले र माओवादीकाे भनाइ

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सहकारी छानबिन समितिको प्रतिवेदन पूर्ण रुपमा कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् ।  सोमबा...

भक्तपुरमा बसमा शव झुन्डिएको अवस्थामा फेला

भक्तपुर । भक्तपुरमा बसमा शव झुन्डिएको अवस्थामा फेला परेको हो । आइतबार भक्तपुरको च्यामासिंह बसपार्कमा पार्क गरी राखिएको बा ३ ख ६६३८ नम्बरको बसमा २० वर्...

गृहमन्त्री लेखकसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा सोमब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy