Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

खबरडबली संवाददाता

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढंगले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग सम्बन्धित विविध व्यक्तिसँग ‘मजिपाः लाखेननी’मा छलफल भएको छ । 

लाखे आजु गुथिका संरक्षक दीपक रञ्जितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि काठमाडौं- २० वडाध्यक्ष राजेन्द्र मानन्धरले जात्रालाई सभ्य बनाउन नगरबासीलाई अनुरोध गरे । पूर्व सांसद राजेश शाक्य, कुमारी घरका गौतम रत्न शाक्य, हलचोक आकाश भैरब गुथीका अध्यक्ष सागर पुतुवार, प्रहरी वृत्त जनसेवाका प्रहरी नायब उपरीक्षक (प्रनाउ) रुकेश तण्डुकार, प्रहरीवृत्त कालिमाटीका प्रनाउ रुपक खड्का, इन्द्रजात्रा व्यवस्थापन समितिका गणपतिलाल श्रेष्ठका साथै विभिन्न संघ संस्था तथा क्लब प्रतिनिधिको उपस्थिति थियो । 

इन्द्रजात्राको मुख्य आकर्षण मजिपाः लाखे, हलचोक आकाश भैरब, पुलुकिसिका साथै कुमारी, भैरब र गणेशको रथ नगर परिक्रमा गर्ने भएको बताउँदै प्रनाउ तण्डुकारले यो जात्रा नेवाः नेपाः हुँदै विश्वको नै आकर्षण भइसकेको बताए । जात्रालाई बिथोल्ने गुण्डागर्दी गर्नेलाई गिरफ्तार गरी जात्रा अवधिभर थुनामा राख्नुपर्ने स्थानीयवासीको अनुरोधलाई प्रनाउद्वय तण्डुकार र खड्काले सकारात्मक रुपमा लिए । 

ईन्द्रजात्रा अवधिभर मात्र नचाउने मजिपाः लाखेलाई परम्परादेखि जिवित देवताको रुपमा सम्पूर्ण स्थानीय वासीले मान्दै आएकोले अरु विभिन्न स्थान र समयमा निकालिने लाखेसँग तुलना नगर्न लाखे गुथिका प्रवक्ता सुरेन्द्र रञ्जित सुदामाले अनुरोध गरे । 

मजिपाः लाखे भनेको कुनै व्यक्ति नभएको जानकारी गराउँदै २३ वडा कार्यालय क्षेत्रको भित्तेचित्र मजिपाः लाखे, झ्यालिन्चाको वालपेन्टिङ हटाउन सम्पूर्ण स्थानीयको तर्फबाट प्रवक्ता सुदामा रञ्जितले २३ वडाका प्रतिनिधि गणपतिलाल श्रेष्ठ, प्रनाउद्वय तण्डुकार र खड्कासमक्ष जोडदार अनुरोध गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending