Khabar Dabali ३२ असार २०८३ बिहीबार | 16th July, 2026 Thu
Investment bank

प्रहरी दमनविरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा

खबरडबली संवाददाता

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी प्रभावित सुकुम्बासीको व्यवस्थापनमा सहयोग गर्न पुगेका बेला आफूमाथि नेपाल प्रहरीले कुटपिट र दमन गरेको आरोप लगाउँदै त्यसविरुद्ध कानुनी लडाइँ लड्ने घोषणा गरेका छन्।

अस्पतालबाट डिस्चार्ज भएपछि बिहीबार जारी गरेको विज्ञप्तिमा अन्सारीले आफूलाई गैरकानुनी रूपमा नियन्त्रणमा राखी शारीरिक तथा मानसिक यातना दिइएको दाबी गरेका छन्।

उनका अनुसार कीर्तिपुरमा बाढी प्रभावितको सेवामा खटिएका बेला एक ‘गैर–निर्वाचित व्यक्तिको आदेश’मा प्रहरीले आफू र आफ्ना साथीहरूलाई घेरा हालेर कुटपिट गरेको थियो। क्यामेराको पहुँचभन्दा बाहिर लगेर १०–१२ जना प्रहरीले अन्धाधुन्ध प्रहार गर्दा आफू गम्भीर घाइते भएको उनले उल्लेख गरेका छन्।

अन्सारीले उपचारका लागि कीर्तिपुर अस्पताल हुँदै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुर्‍याइए पनि त्यहाँसमेत गृह मन्त्रालय र प्रहरीको प्रत्यक्ष निगरानीमा अन्याय भएको आरोप लगाएका छन्। मेडिकल रेकर्डमा ‘प्रहरी कुटपिट’ भन्ने विवरण उल्लेख हुन नदिन प्रयास गरिएको उनको दाबी छ।

विज्ञप्तिअनुसार उपचारकै क्रममा सादा पोसाकका प्रहरी क्याबिनभित्र प्रवेश गरी जमानीमा हस्ताक्षर नगरे ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दा चलाइने धम्की दिएको पनि उनले बताएका छन्।

अन्सारीले आफूलाई करिब तीनदेखि चार दिनसम्म प्रहरी निगरानीमा राखी मानसिक दबाब दिइएको तथा स्वतन्त्र रूपमा उपचार पाउने अधिकारबाट समेत वञ्चित गर्न खोजिएको दाबी गरेका छन्।

हाल चिकित्सकको सल्लाहअनुसार घरमै आराम गरिरहेका अन्सारीले स्वास्थ्य अवस्था सामान्य भएपछि आफूमाथि भएको घटनाको कानुनी उपचार खोज्ने र जिम्मेवार व्यक्तिविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने बताएका छन्।

यस विषयमा नेपाल प्रहरी वा सम्बन्धित सरकारी निकायको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग विशेष छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं। महिला उद्यमी महासङ्घका पदाधिकारीसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल हुने भएको छ। छलफलमा महिला उद्यमशीलता प्रवर...

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन

चितवन । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालयले आर्थिक वर्ष २०८२/८३ को हालसम्म जिल्लामा ३५ हजार ८३८ बोरा युरिया, ४४ हजार ९४४ बोरा डीएपी र चार हजार ९४३...

प्रहरी दमनविरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी प्रभावित सुकुम्बासीको व्यवस्थापनमा सहयोग गर्न पुगेका बेला आफूमाथि नेपाल प्रह...

कञ्चनपुरमा श्रीमान्‌काे कुटपिटबाट श्रीमतीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१० फगिरे चौराहामा श्रीमान्को कुटपिटबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न ...

इँटा उद्योगले छाडेको खाल्डोमा डुबेर बालिकाको मृत्यु

कलैया। बाराको करैयामाई गाउँपालिका–३ मा इँटा उद्योगले माटो खनेर छाडेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ। बुधबार साँझ करिब ५ बजे करैयामाई गाउ...

लागुऔषध बेचबिखनको अखडा बन्यो डाबरी

सर्लाही। सर्लाहीको उत्तरी भेगस्थित हरिवन नगरपालिका–३, डाबरी क्षेत्र पछिल्लो समय लागुऔषध बिक्रीवितरणको प्रमुख थलो बन्न थालेको छ । प्रहरीले पछिल्लो स...

आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा

इलाम । इलामको जस्बिरे चिया प्रशोधन उद्योगले पछिल्लो समय आफ्नो उत्पादन क्षमतालाई तीन गुणाले विस्तार गरेको छ । दुई वर्षअघि सो उद्योग आगलागीबाट क्षति समे...

जेनजी अभियन्ता माजिद अन्सारी अस्पतालबाट डिस्चार्ज, आयोगको रोहबरमा हिरासतबाट पनि रिहा

काठमाडौं । कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा प्रहरीसँगको झडपका क्रममा घाइते भएका जेनजी अभियन्ता माजिद अन्सारी उपचारपछि अस्पतालबाट डिस्चार्ज भ...

उपत्यकाका अव्यवस्थित तार साउन दोस्रो साताभित्र हटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सडकका पोलमा वर्षौंदेखि गुजुल्टो परेर रहेका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार साउन दोस्रो साताभि...

इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर छ लाख घुससहित पक्राउ

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई छ लाख रुपियाँ घुससहित नियन्त्रणमा लिएको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending