Ntc summer Offer
Khabar Dabali १५ पुष २०८१ सोमबार | 30th December, 2024 Mon
Investment bank

बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समन्वय र सहकार्य आवश्यक छ: गृहमन्त्री लेखक

खबरडबली संवाददाता

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न कानून कार्यान्वयन गर्ने निकायहरूबीच अन्तर्राष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको बताएका छन् । 

नेपाल प्रहरी प्रधान कार्यालयमा शनिबार आयोजित इन्टरपोल स्थापनाको शताब्दी दिवसको अवसरमा  गृहमन्त्री लेखकले उक्त कुरा बताएका हुन् । गृहमन्त्री लेखकले अपराधिक क्रियाकलापहरूलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रहरी सहयोगको विशेष महत्त्व हुने बताए । 

यस्ता अपराधिक क्रियाकलापलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न अन्तर्राष्ट्रिय स्तरमा विशेषज्ञताहरू, असल अभ्यास एवम् आपसी सूचना आदान प्रदान हुनुपर्ने उनको भनाइ थिए । समाजलाई शान्त, सुरक्षित एवम् भयरहित बनाउन सबैको संयुक्त प्रयास हुनुपर्नेमा उनले जोड दिए । 

कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीले कानून कार्यान्वयन गर्दै शान्ति सुव्यवस्था कायम राख्न निर्वाह गरेको भूमिका प्रंशसनीय रहेको बताए । यस कार्यक्रमले कानून कार्यान्वयन गर्ने निकायहरूबीच अन्तर्राष्ट्रिय स्तरमा समन्वय र सहयोगको संयुक्त प्रतिबद्धता प्रतिबिम्बित गरेको उनको भनाइ थियो । नेपाल प्रहरीले अन्तर्राष्ट्रिय स्तरमा गरेको समन्वय र सहयोग उल्लेखनीय रहेको चर्चा गर्दै अपराधको चुनौतिहरूलाई सम्बोधन गर्न आगामी दिनमा सुरक्षा निकायलाई थप मजबुद बनाउँदै लैजानेमा गृहमन्त्रालय क्रियाशील रहेको बताए । 

यस्तै परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका अपराध नियन्त्रण गर्न एवम् शान्ति सुव्यवस्था बलियो बनाउन कानून कार्यान्वयन गर्ने निकायहरूबीच संयुक्त प्रयास आवश्यक रहेको बताए । 

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद ज्ञापन गर्नुहुँदै संगठित अपराध, साइबर अपराध, आतंकवाद, आर्थिक अपराध लगायतमा संलग्नलाई कानूनी दायरामा ल्याउन अन्तर्राष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको बताए । 

कानून कार्यान्वयन गर्ने निकायबीच संयुक्त सहकार्य, स्रोत र रणनीतिहरू आदान प्रदान गर्दै जटिल अपराधहरू र अन्य सुरक्षा चुनौतिलाई प्रभावकारी रूपमा सामना गर्न सकिने उनले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्प वर्षलाई स्वागत गर्दै मनाइयो ‘तमु ल्होसार’

काठमाडौँ । गुरुङ समुदायले सुगा वर्षलाई बिदाइ गरी सर्प वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाएका छन् । परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई १२ जनावर...

विभिन्न जिल्लामा ६ जना मृत फेला

काठमाडौं । विभिन्न जिल्लामा ६ जना मृत अवस्थामा फेला परेका छन् । सुनसरी, दाङ, धनुषा लगायतका जिल्लामा ६ जना मृत अवस्थामा फेला परेका हुन् ।   सुनसरीको...

क्यान्सरविरूद्धको थप पाँच लाख एचपीभी खोप ल्याइयो

काठमाडौंं । किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप ल्याइएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन मह...

हिउँ जमेपछि कर्णाली राजमार्गको सातमोडमा सडक अवरुद्ध

मुगु । कर्णाली राजमार्गको सातमोडमा हिउँ जमेपछि सडक अवरुद्ध भएको छ । हिउँ जमेका कारण जिल्ला सदरमुकाम गमगढीबाट नेपालगञ्जतर्फ जाँदै गरेका तीनवटा यात्रुबा...

बिआरआई परियोजना समयमै कार्यान्वयन गर्नुपर्नेमा जोड

काठमाडौं । विभिन्न राजनीतिक दलका नेता एवं विज्ञहरुले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजना नेपाल र चीनको बृहत्तर हित र आर्थिक विकासका दृष्टिकोणले...

पाँच महिनामा छहजार रोपनीमा लगाइएको गाँजा फडानी

काठमाडौं । पाँच महिनाको अवधिमा प्रहरीले करिब ६ हजार रोपनी क्षेत्रफलमा लगाएको गाँजा फडानी गरेको छ ।  प्रहरी प्रधान कार्यालयका अनुसार चालु आर्थिक वर्...

सहकार्यकाे लागि जुट्दै मधेशबादी दलहरु

काठमाडाैं । मधेशी दलहरूबिच सहकार्यका लागि जसपा नेपाल सकारात्मक बनेकाे छ । आइतबार जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठी, वरिष्ठ उपाध्यक...

अमेरिकी पूर्वराष्ट्रपति कार्टरको विरासतको विश्व समुदायबाट प्रशंसा

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनलगायत विश्वभरीबाट १०० वर्षको उमेरमा आइतबार निधन भएका जिम्मी कार्टरप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले मानव अधिक...

सिरियाली नेता र युक्रेनी उच्च कूटनीतिज्ञबिच भेटवार्ता

दमास्कस । सिरियाका नयाँ नेता अहमद अल-शराले सोमबार युक्रेनका विदेशमन्त्रीसँग भेटवार्ता गरेको सरकारी समाचार संस्था सानाले जनाएको छ । रुसको सहयोगी राष्ट्...

सडकलाई समृद्धिसँग जाेड्नु पर्छ: मन्त्री दाहाल

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक तथा संरचनाहरूलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताएका छन् । सडक बोर्ड नेपालको २२औ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy