चीन । दक्षिण चीनको टापु प्रान्त हाइनानमा सुपर टाइफुन यागीले निम्त्याएको भारी वर्षा र वेगवान् हुरीको कारण कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै ९२ जना घाइते भएको स्थानीय अधिकारीहरूले शनिबार बताएका छन् ।
यागीका कारण चीनको डिङ्गान काउन्टीमा दुई जनाको मृत्यु भएको छ भने वेन्चाङ सहरमा शनिबार १२ जना र हाइकोउ सहरमा ८० जना घाइते भएको प्रान्तीय प्रशासनले जानकारी गराएको छ । आँधी र वर्षा कम भएपछि हाइनानमा यागीका कारण जारी गरिएको चेतावनी अन्त्य गरिएको छ भने प्रान्तभरी उद्धार कार्यहरू सुरु गरिएको छ ।
विद्युत्का कर्मचारीहरूलाई प्रभावित घरहरूमा बिजुली पुनर्स्थापना गर्न परिचालन गरिएको छ । वर्षा र आँधीका कारण अवरुद्ध ८९ वटा सडकमध्ये ५१ वटाको सडकको मर्मत सम्भार भइरहेको जनाइएको छ । प्रभावित क्षेत्रमा रेल सेवाहरू शनिबार दिउँसो पुनः सुरु हुने अपेक्षा गरिएको छ भने किओङझाउ प्रान्तमा आइतबार साँझ मात्र सेवाहरू पुनः सुरु हुने अनुमान गरिएको छ ।
यागीको कारण हाइकोउ माइलान अन्तर्राष्ट्रिय विमानस्थल आइतबारसम्म बन्द रहनेछ भने सान्याको फिनिक्स अन्तर्राष्ट्रिय विमानस्थलले शनिबारदेखि उडान सेवाहरू पुनः सुरु गर्ने जनाइएको छ । प्रान्तभरी १२ हजार ५०० भन्दा बढी सञ्चार स्टेसनहरू क्षतिग्रस्त भएको वेन्चाङ सहरले सञ्चार सुविधामा सबैभन्दा बढी क्षति बेहोरेको छ भने र पुनः स्थापनाका लागि कर्मचारीहरू खटिएका छन् ।
शुक्रबार पहिले चीनको हाइनानमा अवतरण गरेको यागीले त्यसपछि गुआङडोङ प्रान्तलाई प्रभावित पार्दै बिस्तारै भियतनामतर्फ मोडिएको छ । शनिबार भियतनामले तटीय क्षेत्रमा यागीबाट हुनसक्ने सम्भावित दुर्घटनाबाट सावधानी अपनाउन चेतावनी जारी गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ६ गते, २०८२ - २१:०९
काबुल । पाकिस्तानको जेलमा रहेका कुल दुई सय ६९ अफगान नागरिकलाई बिहीबार रिहा गरी उनीहरूको मातृभूमि अफगानिस्तानमा फिर्ता पठाइएको स्थानीय मिडिया आउटलेट टो...
आषाढ़ ६ गते, २०८२ - २१:०१
काठमाडौं । नेपालको ऊर्जा आत्मनिर्भरता हासिल गर्ने दिशामा ऐतिहासिक परिवर्तन ल्याउन सक्ने दैलेखको प्राकृतिक ग्यास अन्वेषण परियोजना पूर्वप्रधानमन्त्री एव...
आषाढ़ ६ गते, २०८२ - २०:५१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ चक्रपथको कलङ्की–कोटेश्वर खण्डमा नवनिर्मित ग्वार्को फ्लाई ओभरको उद्घाटन गरेका छन् । चक्रपथम...
आषाढ़ ६ गते, २०८२ - २०:४०
काठमाडौँ । यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसम बुलेटिन निकालेर २३ दिनपछि मनसुन देशभर फैलिएको जना...
आषाढ़ ६ गते, २०८२ - २०:३७
पर्सा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौं कार्यालयबाट खटी आएको टोलीले पर्साको बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमा...
आषाढ़ ६ गते, २०८२ - २०:३१
सिराहा । हुलाकी राजमार्गअन्तर्गत सिराहा–सन्हैठा खण्डमा मोटरसाइकल र साइकल एक–आपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । सिराहा नगरपालिका– १८ स्थित हुल...
आषाढ़ ६ गते, २०८२ - २०:२३
लमजुङ । लमजुङ । मनाङ र लमजुङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडक पहिरो खस्दा अवरुद्ध भएको छ । यस सडक खण्डअन्तर्गत लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ मा आज बि...
आषाढ़ ६ गते, २०८२ - २०:१५
काठमाडौं । सभामुख देवराज घिमिरेले मनसुनका कारण उत्पन्न हुन सक्ने परिस्थितीलाई ध्यान दिई आवश्यक प्रबन्ध गर्न सरकारलाई निर्देशन दिएका छन् । प्रतिनिधि...
आषाढ़ ६ गते, २०८२ - २०:११
जेरुसेलम । बिहीबार दक्षिणी इजरायलको एक अस्पतालमा इरानले क्षेप्यास्त्र आक्रमण गरेपछि ‘ठुलो मूल्य चुकाउनु पर्ने’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्या...
आषाढ़ ६ गते, २०८२ - १९:०८
याङगुन । म्यानमारकी पदच्यूत लोकतान्त्रिक नेत्री आङ सान सुकीले बिहीबार आफ्नो ८० औँ जन्मदिन सैन्य सरकारको हिरासतमा मनाएकी छिन् । हिरासतमा उनले आफ्नो बाँ...
प्रतिकृया लेख्नुहोस्: