Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

सर्वोच्चको नयाँ मापदण्ड बारेको फैसलाविरुद्ध सरकार पुनरावलोकनमा जानुपर्छ- सांसद पन्त

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले बागमती नदी संरक्षणको सन्दर्भमा सर्वोच्च अदालतबाट जारी भएको थप २० मिटर मापदण्डको फैसलाविरुद्ध पुनरावलोकन जान सुझाव दिएका छन् ।

सोमबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले सर्वोच्चको उक्त फैसलाले जनतालाई असर गरेको बताउदै पुनरावलोकनमा जानुपर्ने बताएका हुन् ।

सांसद पन्तले सर्वोच्चको उक्त फैसलाविरुद्ध सरकार पुनरावलोकन नजाने हो भने जनताको सम्पत्तिमाथिको हक हनन हुने बताउदै उनले भने‘जनताको मनस्थिति, मनोभावना र उनीहरुलाई परेको अन्यायलाई ध्यानमा राख्दै सरकार तुरुन्तै पुनरावलोकनमा जाओस् । सर्वोच्च अदालतलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु– उपत्यका जनताले पुनरावलोकनमार्फत न्यायपूर्ण फैसला हुन्छ भन्ने अपेक्षा गरेका छन् ।'

उनले कहिलेकाही न्यायाधीशहरु कानुनी व्यवस्थामा बाधिनुपर्ने अवस्था आउने भएपनि कुनै विषयमा व्यवहारिक रुपमा न्यायाधीशले हेर्नुपर्ने बताए । उनले यस मुद्धामा सर्वोच्चले व्यवहारिक पक्ष हेर्नुपर्नेमा जोड दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...

रवि र बालेन मिलेपछि मात्रै कुलमानसँग छलफल हुने, सहमतिपत्रको पहिलो मस्यौदा स्वीकृत

काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...

राज्यका मुख्य अङ्गहरु कमजोर बन्दैछन् : महासचिव पोखरेल

बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् ।   राष्ट्रिय बाणिज्य बै...

ट्रकको ठक्करबाट वृद्धको मृत्यु भएपछि लालबन्दीमा तनाव

सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...

बीपीएलको पहिलो खेलमा सन्दीप लामिछानेले लिए दुई विकेट

काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् ।  सन्दीप आबद्ध टिम राजशाही वारियर्स...

रवि, बालेन र घिसिङबीच पार्टी एकताको लागि आजै हस्ताक्षर हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...

सर्वोच्चले खारेज गर्याे गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न माग गरिएको रिट

काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...

प्रचण्ड कहाँ–कहाँबाट उम्मेदवार सिफारिस भए ?

काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...

१२ जिल्लाका सीडीओ र कारागार विभागका महानिर्देशक हेरफेर

काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...

पूर्वरथी बालानन्द शर्माले लिए परराष्ट्रमन्त्री पदको शपथ

काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending