Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

प्रधानमन्त्री ओली जति झुट बोल्ने मान्छे नेपालमा अरु कोहि छैन- सांसद शाही

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओली जत्तिको झुठ बोल्ने मान्छे नेपालमा कोहि पनि नभएको टिप्पणी गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद शाहीले प्रधानमन्त्री ओलीले अन्तिम समयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोहमा नगएकोप्रति आक्रोश व्यक्त गर्दै सो कार्यक्रमका लागि भएको खर्च प्रधानमन्त्रीको निजी सम्पत्तिबाट असुल उपर गर्नुपर्ने बताए ।

दिक्षान्त समारोहका लागि पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरका विद्यार्थीहरु जुम्ला गएको र अन्य पाहुनाहरु समेत गइसकेको अवस्थामा प्रधानमन्त्रीले भ्याउँदिन भनेर कार्यक्रम स्थगित भएको थियो । 

उनले भने ‘देशको प्रधानमन्त्री बराबर झुट बोल्ने मान्छे नेपालमा कोही पनि छैन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोह भन्दै ५६ जना विद्यार्थी, पूर्वको झापादेखि, पश्चिमको कञ्चनपुरका विद्यार्थी जुम्ला गए । त्यतिमात्रै होईन, डा। सन्दुक रूइत जानुभयो । हामीहरु गयौं, स्वास्थ्य सचिव जानुभयो । अन्तिम समयमा आएर के भन्दिनुभयो ‘म आउँदिन, दिक्षान्त समारोह पछाडि सार । हुकुमी शासन हो रु त्यहाँ गरेको खर्च प्रधानमन्त्रीको व्यक्तिगत सम्पत्तिबाट असुलउपर गर्नुपर्छ ।’

सांसद शाहीले प्रधानमन्त्री विरामी भएको, मौसम खराबी भएको भए आफूहरुले मान्ने तर कार्य व्यवस्ताले सो कार्यक्रममा नजानु स्वीकार्य नभएको बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यो निर्वाचनको परिणाम स्वाभाविक देखिएन, पुराना दललाई विस्थापित गर्ने षड्यन्त्र जारी छ: अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लामो समय संघर्ष गरेका राजनीतिक दलहरूलाई विस्थापित गर्ने षड्यन्त...

महिला अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध: प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बता...

भैंसी चोरीको आरोपमा सप्तरीमा एक युवक पक्राउ

सप्तरी । दुईवटा भैंसी चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बोदेबरसाईन नगरपालिका–५ जाँजर निवासी ...

बाजुरामा दाँते ओखर खेतीप्रति किसानको आकर्षण बढ्दै

बाजुरा। बाजुराको पूर्वी क्षेत्रमा पछिल्लो समय किसानहरू दाँते ओखर खेतीप्रति आकर्षित बन्दै गएका छन्। कृषि क्षेत्रमा काम गर्दै आएका विभिन्न सरकारी तथा गै...

ट्राफिक कारबाहीमा छ लाख ४४ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा एक हजार ७७३ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु छ लाख ४४ हजार ५०२ राजस्व दाखिला भएक...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट वक...

लक्षित विद्यार्थीका लागि आठ अर्ब ६० करोड छात्रवृत्ति

काठमाडौँ। सरकारले लक्षित विद्यार्थीका लागि आठ अर्ब ६० करोड रकम विनियोजन गरेको छ ।  अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसदमा आर्थिक वर्ष...

रासायनिक मल खरिदका लागि ३२ अर्व ४६ करोड रुपियाँ

काठमाडौं। सरकारले रासायनिक मल खरिदका लागि ३२ अर्व ४६ करोड रुपियाँ विनियोजन गरेको छ ।  अर्थमन्त्री डा. स्वर्णिम बाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेट...

बाल पोषण भत्तामा दोब्बर वृद्धि

काठमाडौँ। सरकारले बाल पोषण भत्तामा दोब्बर वृद्धि भइ मासिक एक हजार रुपियाँ उपलब्ध गराउने घोषणा गरेको छ ।  अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार सङ्...

शिक्षा क्षेत्रको सुधारका लागि दुईसय १८ अर्व ३० करोड

काठमाडौं। सरकारले शिक्षा क्षेत्रका लागि दुई सय १८ अर्व ३० करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।  अर्थमन्त्री डा। स्वर्णिम बाग्लेले आर्थिक वर्ष २०८३–...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending