Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

मेलम्ची खानेपानीमा भ्रष्टाचार- चार जना दोषी ठहर, एघारले पाए सफाइ

असोज ७ गते सजाय निर्धारण गर्ने

खबरडबली संवाददाता

काठमाडौं । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनाको अनियमितता प्रकरणमा पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई दोषी ठहर गरेको छ । 

निर्माण र परामर्शदाता चार कम्पनीसमेत दोषी ठहर हुँदा ११ जनाले अभियोगबाट सफाइ पाएका छन् । पूर्वसचिव भीम उपाध्यक्ष, सञ्जय शर्मा, बहालवाला सहसचिव रुद्रसिंह तामाङलगायत ११ जनाले सफाइ पाएका हुन् । 

कसुर ठहर भएकाको हकमा अदालतले असोज ७ गते सजाय निर्धारण गर्ने अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए ।  अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले कसुर ठहर गरेकाले अब सजाय पनि सोही इजलासले निर्धारण गर्ने छ ।  

आयोजनाको विभिन्न प्रकृति र चरणमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० फागुन ६ गते विशेषमा मुद्दा दायर गरेको थियो । 

अदालतले मेलम्ची खानपानी समितिका तत्कालीन अध्यक्ष गजेन्द्रकुमार ठाकुर र समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले असुलउपर गर्नुपर्ने रकम असुल नगरेको अभियोगमा दोषी ठहर गरेको छ । 

यस्तै खानेपानी विकास र समितिको कार्यकारी निर्देशक तथा लेखा उत्तरदायी अधिकारीसमेत रहेका रामचन्द्र देवकोटालाई भुक्तानी प्रक्रियामा संलग्न देखिएकोमा अदालतले कसुर ठहर गरेको हो ।  

परामर्शदाता कम्पनी इप्टिसा जेभीका टिम लिडर शिवकुमार शर्मालाई भेरिएसन स्वीकृत नहुँदै भुक्तानीका लागि सिफारिस गरेकोमा अदालतले दोषी ठहर गरेको छ । परामर्शदातासहित चार कम्पनीलाई बिगो कायम गरिएको छ । 

विभिन्न शीर्षकमध्ये भेरिएसन अर्डरमा अदालतले ठाकुर, देवकोटा, कँडेल, शर्मा र तीन कम्पनीका हकमा दामासाहीले जनही बिगो एक करोड ५२ लाख ७९ हजार ८८९ रुपियाँ रहेको छ । यस्तै रेन्टल चार्ज अन्तर्गतको बिगोमा ठाकुर, कँडेल र एक निर्माण कम्पनीलाई दामासाही बिगो तीन करोड ८८ लाख ६७ हजार ४७९ रुपियाँ कायम भएको छ । 

प्रोभिजनल पेमेन्ट अन्तर्गतको बिगोमा देवकोटा, कँडेल, शर्मा, ठाकुर र तीन कम्पनीलाई दामासाही एक करोड ४२ लाख ८५ हजार ७१४ रुपियाँ बिगो कायम भएको छ । नयाँ दररेट कायम नगरेकाको कुल बिगोमा ठाकुर, कँडेल र तीन कम्पनीलाई दामासाही तीन करोड २६ लाख २७ हजार ९९२ रुपियाँ बिगो कायम भएको छ ।  

अदालतले ठाकुर र कँडेलको हकमा जनही १० करोड १० लाख ६१ हजार ७५ रुपियाँ बिगो कायम गरेको छ । देवकोटा र शर्माको हकमा जनही दुई करोड ९५ लाख ६५ हजार ६०३ रुपियाँ बिगो कायम भएको छ । बिइटिएस कम्पनीको हकमा कुल छ करोड २१ लाख ९३ हजार ५९६ रुपियाँ बिगो कायम अदालतले गरेको छ । यस्तै सिएमसी डि राभेनाको हकमा २६ करोड ११ लाख छ हजार ९९१ रुपियाँ बिगो कायम अदालतले गरेको छ । 

अदालतले डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, मुकुन्दप्रसाद पौडेल र रुद्रसिंह तामाङलाई सफाइ दिएको छ । मोबिलाइजेसन रकमको ब्याज असुल नगरेको आरोप तिनै जनामाथि लगाइएको थियो । आरोपितहरू पदाधिकारी रहेको तर लेखा उत्तरदायी अधिकारीसमेत नरहेको फैसलामा उल्लेख छ । 

बोर्ड सदस्यका रूपमा रहे पनि निर्णयक भूमिका नरहेको भन्दै अदालतले चन्द्रबहादुर थापालाई पनि सफाइ दिएको छ । यस्तै घनश्याम भट्टराई, मणिभद्र न्यौपाने, भोजक्रिम थापा, रामचन्द्र न्यौपाने, वेगनाथ पौडेल, केदारप्रसाद अर्याललाई पनि अदालतले सफाइ दिएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विशेष महाधिवेशन प्रतिनिधिले नाम दर्ता गर्न थाले, परिचय खुल्ने कागजसहित एक हजार चाहिने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन प्रतिनिधिले नाम दर्ता गर्न थालेका छन्। भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थलमा पुगेका प्रतिनिधिहरूले ना...

रविको भर पर्दा कुलमान न घरको न घाटको भए, अब बालेनको पालो : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको राजनीतिक भविष्य संकटमा परेको टिप्पणी गरेका छन्। राष्ट्रिय स्...

कांग्रेस महामन्त्रीद्वय भन्छन्- विशेष महाधिवेशनले पार्टी संगठन झन् बलियो हुन्छ

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन आजदेखि सुर...

आजको मौसम पूर्वानुमान : तराई/मधेसमा कुहिरो

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार...

कांग्रेस विशेष महाधिवेशन कति वैधानिक ?

काठमाडौं । आन्तरिक विवादकै बीच हुने कांग्रेस विशेष महाधिवेशनले पार्टी नेतृत्व चयन गरे आधिकारिकतासम्बन्धी थप विवाद उत्पन्न हुने देखिएको छ । पार्टी संस्...

कुलमानले सहमतिभन्दा अतिरिक्त मागेपछि भाँडियो रास्वपासँगको एकता

काठमाडौं । कुलमान घिसिङले सहमतिभन्दा धेरै माग गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग १२ दिनअघि भएको एकता सम्झौता भंग भएको छ । सहमतिविपरीत घिसि...

चुनावअघि नै सुशासन मार्गचित्र ल्याउने सरकारको प्रयास, समितिलाई भ्रष्टाचार-लक्षित तीन कार्यादेश

काठमाडौं । भदौ २३ र २४ गते जेन जी पुस्ताले गरेको आन्दोलनमा उठेको भ्रष्टाचारविरोधी आवाजलाई सम्बोधन गर्न 'सुशासन मार्गचित्र' तय गर्न काम अघि बढा...

राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्याएको योगदान महत्त्वपूर्...

काउलीले बजार पाउँदा मण्डनका किसान उत्साहित

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीका किसान बासुदेव सापकोटालाई अहिले बारीमा फलेको काउली बेच्न भ्याइनभ्याई छ । पोहोरभन्दा यसपालि काउल...

परेवापालनबाटै आत्मनिर्भर पृथ्वीबहादुर

बाँके । “मैले परेवालाई बास दिएँ, परेवाले मलाई जीवन दियो, दुःखमा साथ दियो र मलाई आत्मनिर्भर बनायो”, यो भनाइ हो– बाँकेको बैजनाथ गाउँपालिका–१ च्यामाका पृ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending