काठमाडौं । यसपालिको दसैँमा काठमाडौँ उपत्यकामा २३ हजार सङ्ख्यामा खसीबोका तथा च्याङ्ग्रा खपत हुने अनुमान गर्दै सरकारी निकाय र निजी व्यवसायीले खसीबोका र च्याङ्ग्रा उपत्यकामा ल्याउने तयारी गरेका छन् ।
दसैँ आउन तीन साता बाँकी रहँदा व्यवसायीले खसीबोका खरिद गर्ने तयारी गरेका हुन् । घटस्थापनाको दिनदेखि उपत्यकामा ठुलो सङ्ख्यामा खसीबोका भित्रिने गर्छन् । व्यवसायीले गाउँ गाउँमा गएर खरिद गरेर उपत्यकामा ल्याएर बिक्री गर्ने गर्छन् ।
काठमाडौँ चौपाया खरिद बिक्री व्यवसायी सङ्घका व्यवस्थापक जीवनराज खड्काले यसपालिको दसैँमा २२ देखि २३ हजार सङ्ख्यामा खसीबोका खपत हुने अनुमान गरिएको जानकारी दिए ।
आर्थिक शिथिलताका कारण उपभोक्ताको आम्दानी कम हुँदा बजारमा खसीबोकाको माग धेरै नहुन सक्छ,” उनले भने, तै पनि गत वर्षकै हाराहारीमा खसीबोका खपत हुने देखिन्छ ।”
कोभिड हुनुभन्दा अगाडि दसैँमा उपत्यकामा ठुलो सङ्ख्यामा खसीबोकाको खपत हुने गरेकोमा पछिल्लो समय खपत क्रमिक रूपमा घट्दै गएको उनको भनाइ छ ।
हाल बजारमा जिउँदो खसीबोका प्रतिकेजी ६५० देखि ६८० रुपियाँसम्म रहेको छ । तयारी मासु भने प्रतिकेजी एक हजार तीन सयदेखि एक हजार चार सय रुपियाँ रहेको छ । खसीको मासुको मूल्य पनि गत वर्षकै हाराहारीमा रहेको छ । हाल कलङ्की खसी बजारमा दैनिक पाँच सयको सङ्ख्यामा खसीबोका भित्रिने गरेका छन् ।
खाद्यले अठार सय खसीबोका बिक्री गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँमा एक हजार आठ सय खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी गरेको छ ।
कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले आगामी दसैँमा एक हजार पाँच सय खसीबोका र तीन सय च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने तयारी गरेको जानकारी दिए ।
गत वर्ष कम्पनीले एक हजार ६५९ खसीबोका र ५४२ च्याङ्ग्रा बिक्री गरेको थियो । गत वर्ष प्रतिकेजी निर्धारित बजार मूल्यमा प्रतिकेजी १० रुपियाँ छुट दिएर खसीबोका र च्याङ्ग्रा बिक्री गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - ०९:२७
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन प्रतिनिधिले नाम दर्ता गर्न थालेका छन्। भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थलमा पुगेका प्रतिनिधिहरूले ना...
पौष २७ गते, २०८२ - ०९:१८
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको राजनीतिक भविष्य संकटमा परेको टिप्पणी गरेका छन्। राष्ट्रिय स्...
पौष २७ गते, २०८२ - ०९:१३
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन आजदेखि सुर...
पौष २७ गते, २०८२ - ०९:११
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार...
पौष २७ गते, २०८२ - ०८:४६
काठमाडौं । आन्तरिक विवादकै बीच हुने कांग्रेस विशेष महाधिवेशनले पार्टी नेतृत्व चयन गरे आधिकारिकतासम्बन्धी थप विवाद उत्पन्न हुने देखिएको छ । पार्टी संस्...
पौष २७ गते, २०८२ - ०८:४२
काठमाडौं । कुलमान घिसिङले सहमतिभन्दा धेरै माग गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग १२ दिनअघि भएको एकता सम्झौता भंग भएको छ । सहमतिविपरीत घिसि...
पौष २७ गते, २०८२ - ०८:३७
काठमाडौं । भदौ २३ र २४ गते जेन जी पुस्ताले गरेको आन्दोलनमा उठेको भ्रष्टाचारविरोधी आवाजलाई सम्बोधन गर्न 'सुशासन मार्गचित्र' तय गर्न काम अघि बढा...
पौष २७ गते, २०८२ - ०८:३१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्याएको योगदान महत्त्वपूर्...
पौष २७ गते, २०८२ - ०७:५१
काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीका किसान बासुदेव सापकोटालाई अहिले बारीमा फलेको काउली बेच्न भ्याइनभ्याई छ । पोहोरभन्दा यसपालि काउल...
पौष २७ गते, २०८२ - ०७:४७
बाँके । “मैले परेवालाई बास दिएँ, परेवाले मलाई जीवन दियो, दुःखमा साथ दियो र मलाई आत्मनिर्भर बनायो”, यो भनाइ हो– बाँकेको बैजनाथ गाउँपालिका–१ च्यामाका पृ...




प्रतिकृया लेख्नुहोस्: