Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

काठमाडौं-मुग्लिन सडकमा एकतर्फी गाडी सञ्चालन, पूर्णरुपमा खुलाउन समय लाग्ने

खबरडबली संवाददाता

काठमाडौं । सोमबार साँझ ५ बजेदेखि अवरुद्ध काठमाडौँ–मुग्लिन सडकखण्डमा रातिदेखि एकतर्फी गाडी सञ्चालनमा आएको छ। 

अविरल वर्षापछि लेदोसहितको पहिरो खस्दा अवरुद्ध सडक साढे ६ घण्टापछि अर्थात् राति साढे ११ बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरीक्षक हेमकुमार थपलियाले जानकारी दिए। 

उनले भने, ‘धादिङको धुनिबेसी नगरपालिका–९ सुरुङमार्ग नजिक सडकमाथिबाट खसेको लेदोसहितको पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो, अहिले पहिरो पन्छाएपछि एकतर्फीरुपमा यातायात सञ्चालनमा ल्याइएको छ।’

सडक अवरुद्ध हुँदा काठमाडौँबाट छुटेका तथा काठमाडौँ आउँदै गरेका साना ठूला गरी सयौँ सवारी साधन र हजारौँ यात्रु अलपत्र अवस्थामा थिए।

राजमार्गमा ठूलो मात्रामा लेदो थुप्रो लागेकाले खुलाउन समय लागेको प्रहरीले जनाइएको छ। सडक एकतर्फी रुपमा सञ्चालनमा आएपछि सवारी साधन र यात्रु गन्तव्यतिर लागेका छन्। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विशेष महाधिवेशन प्रतिनिधिले नाम दर्ता गर्न थाले, परिचय खुल्ने कागजसहित एक हजार चाहिने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन प्रतिनिधिले नाम दर्ता गर्न थालेका छन्। भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थलमा पुगेका प्रतिनिधिहरूले ना...

रविको भर पर्दा कुलमान न घरको न घाटको भए, अब बालेनको पालो : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको राजनीतिक भविष्य संकटमा परेको टिप्पणी गरेका छन्। राष्ट्रिय स्...

कांग्रेस महामन्त्रीद्वय भन्छन्- विशेष महाधिवेशनले पार्टी संगठन झन् बलियो हुन्छ

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन आजदेखि सुर...

आजको मौसम पूर्वानुमान : तराई/मधेसमा कुहिरो

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार...

कांग्रेस विशेष महाधिवेशन कति वैधानिक ?

काठमाडौं । आन्तरिक विवादकै बीच हुने कांग्रेस विशेष महाधिवेशनले पार्टी नेतृत्व चयन गरे आधिकारिकतासम्बन्धी थप विवाद उत्पन्न हुने देखिएको छ । पार्टी संस्...

कुलमानले सहमतिभन्दा अतिरिक्त मागेपछि भाँडियो रास्वपासँगको एकता

काठमाडौं । कुलमान घिसिङले सहमतिभन्दा धेरै माग गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग १२ दिनअघि भएको एकता सम्झौता भंग भएको छ । सहमतिविपरीत घिसि...

चुनावअघि नै सुशासन मार्गचित्र ल्याउने सरकारको प्रयास, समितिलाई भ्रष्टाचार-लक्षित तीन कार्यादेश

काठमाडौं । भदौ २३ र २४ गते जेन जी पुस्ताले गरेको आन्दोलनमा उठेको भ्रष्टाचारविरोधी आवाजलाई सम्बोधन गर्न 'सुशासन मार्गचित्र' तय गर्न काम अघि बढा...

राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्याएको योगदान महत्त्वपूर्...

काउलीले बजार पाउँदा मण्डनका किसान उत्साहित

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीका किसान बासुदेव सापकोटालाई अहिले बारीमा फलेको काउली बेच्न भ्याइनभ्याई छ । पोहोरभन्दा यसपालि काउल...

परेवापालनबाटै आत्मनिर्भर पृथ्वीबहादुर

बाँके । “मैले परेवालाई बास दिएँ, परेवाले मलाई जीवन दियो, दुःखमा साथ दियो र मलाई आत्मनिर्भर बनायो”, यो भनाइ हो– बाँकेको बैजनाथ गाउँपालिका–१ च्यामाका पृ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending