Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

कालीगण्डकी करिडोर - पहिरो रोकथाम गर्न बैसरी अँधेरीखोलामा ‘रक एङ्करिङ’

खबरडबली संवाददाता

म्याग्दी । चीन–भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकमा जोखिम बनाएको म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोलामा नयाँ प्रविधिको प्रयोग गरेर पहिरो रोकथाम गरिएको छ ।

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरीको सडकमा पहिरो खस्न नदिनका लागि ‘रक एङ्करिङ’ र ‘नेलिङ’ गरिएको हो । 

बेनी–जोमसोम–कोरला सडक योजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले सडक माथिको पहाडमा ड्रिलिङ गरेर रड राखी, कङ्क्रिट गरेर बेस बनाई पर्खाल निर्माणका साथै जमिन बग्न नदिन जाली राख्ने र वृक्षारोपण गरिएको जानकारी दिए ।

“पहिरो रोकथामका लागि हामीले नयाँ प्रविधिको प्रयोग गरिएको छ”, उनले भने, “गत साउनको पहिलो हप्तादेखि थालिएको रक एङ्करिङ र नेलिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ ।”

अँधेरीखोलाको पाखो बगेर सडकमा ढुङ्गा, गेगर खस्दा सवारीसाधन पुरिने, यात्रीको ज्यान जाने, घाइते हुने र सडक अवरुद्ध हुने समस्या थियो । गत वर्ष एकजनाको ज्यान गएको र एउटा सवारीसाधन पहिरोले पुरिएको थियो ।

गत असारमा गुडिरहेको इकोभ्यानमाथि पहिरो खसेर पुरिएको थियो । खोल्साको पानीले पहिरो बगाएर भेटिएको पहाडमाथि पर्खाल बनाएर खस्ने पहिरो रोक्ने संरचना बनाइएको सबइन्जिनियर कार्कीले बताए ।

पहाडको डिलमा ८५ देखि एक दशमलव दुई मिटर गहिरो प्वाल बनाएर रड राखी दुई ठाउँमा ७७ दशमलव पाँच मिटर लामो एकदेखि एक दशमलव पाँच मिटर अग्लो कङ्क्रिट ढलान गरेको पर्खाल निर्माण गरिएको छ ।

पर्खालभन्दा माथिको पाखोमा बग्ने किसिमका ठूला ढुङ्गा पन्छाएर माटो, जाली बिछ्याएर खिर्रो, सजिवन, बाबियो र खरका बिरुवा रोपिएको निर्माण कम्पनी युवराज कन्ट्रक्सनकी सञ्चालक गौमती बुढामगरले बताए ।

“भिरमा ड्रिल गरेर प्याल पारी रड राख्ने र ढलान गरिएको हो”, उनले भने, “पिठ्युमा निर्माण सामग्री ओसारेर पहिरोको जोखिमयुक्त भिरमा दैनिक ३० जना मजदुरले करिब दुई महिना लगाएर एङ्करिङ र नेलिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ ।”

भूमिगत पानीका कारण सिर्जना भएको पहिरो रोकथामका लागि आयोजनाले गत वर्ष खोल्साको पानीले बगाएपछि केही समय रोकिएको पहिरो यसपालिको बर्खाको सुरु भएसँगै पुनः खस्न थालेको थियो ।

पहिरोको जोखिम रहेको अन्नपूर्ण गाउँपालिकाको लाटोखोला, बादरजुङ र काभ्रेभिर क्षेत्रमा पनि रक एङ्करिङ र नेलिङ प्रविधिको प्रयोग गरेर सडक विस्तार गरिएको आयोजनाका इन्जिनियर विष्णु चापागाईँले बताए । विसं २०६३ मा नेपाली सेनाले मार्ग खोलेको बेनी–जोमसोम सडकको म्याग्दी खण्ड स्तरोन्नतिको क्रममा छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विशेष महाधिवेशन प्रतिनिधिले नाम दर्ता गर्न थाले, परिचय खुल्ने कागजसहित एक हजार चाहिने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन प्रतिनिधिले नाम दर्ता गर्न थालेका छन्। भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थलमा पुगेका प्रतिनिधिहरूले ना...

रविको भर पर्दा कुलमान न घरको न घाटको भए, अब बालेनको पालो : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको राजनीतिक भविष्य संकटमा परेको टिप्पणी गरेका छन्। राष्ट्रिय स्...

कांग्रेस महामन्त्रीद्वय भन्छन्- विशेष महाधिवेशनले पार्टी संगठन झन् बलियो हुन्छ

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन आजदेखि सुर...

आजको मौसम पूर्वानुमान : तराई/मधेसमा कुहिरो

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार...

कांग्रेस विशेष महाधिवेशन कति वैधानिक ?

काठमाडौं । आन्तरिक विवादकै बीच हुने कांग्रेस विशेष महाधिवेशनले पार्टी नेतृत्व चयन गरे आधिकारिकतासम्बन्धी थप विवाद उत्पन्न हुने देखिएको छ । पार्टी संस्...

कुलमानले सहमतिभन्दा अतिरिक्त मागेपछि भाँडियो रास्वपासँगको एकता

काठमाडौं । कुलमान घिसिङले सहमतिभन्दा धेरै माग गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग १२ दिनअघि भएको एकता सम्झौता भंग भएको छ । सहमतिविपरीत घिसि...

चुनावअघि नै सुशासन मार्गचित्र ल्याउने सरकारको प्रयास, समितिलाई भ्रष्टाचार-लक्षित तीन कार्यादेश

काठमाडौं । भदौ २३ र २४ गते जेन जी पुस्ताले गरेको आन्दोलनमा उठेको भ्रष्टाचारविरोधी आवाजलाई सम्बोधन गर्न 'सुशासन मार्गचित्र' तय गर्न काम अघि बढा...

राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्याएको योगदान महत्त्वपूर्...

काउलीले बजार पाउँदा मण्डनका किसान उत्साहित

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीका किसान बासुदेव सापकोटालाई अहिले बारीमा फलेको काउली बेच्न भ्याइनभ्याई छ । पोहोरभन्दा यसपालि काउल...

परेवापालनबाटै आत्मनिर्भर पृथ्वीबहादुर

बाँके । “मैले परेवालाई बास दिएँ, परेवाले मलाई जीवन दियो, दुःखमा साथ दियो र मलाई आत्मनिर्भर बनायो”, यो भनाइ हो– बाँकेको बैजनाथ गाउँपालिका–१ च्यामाका पृ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending