Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

मधेशमा माओवादीको ओरालो यात्रा, अब ब्रेक लाग्ला त ?

खबरडबली संवाददाता

महोत्तरी । मधेश प्रदेशमा अध्यक्ष प्रचण्ड सहित आधा दर्जन केन्द्रिय पदाधिकारीहरु आज र भोलि पार्टीको सागंठनिक अवस्था र पछिल्ला परिणामहरुको विषयमा निर्मम समिक्षा गर्न आईपुगेका छन ।

यही सन्दर्भलाई लिएर चिया र चौतारीहरुमा  मधेशको खस्कदो सागंठनिक अवस्थालाई सुधार गर्न प्रचण्डले कस्तो रणनीति अवलम्बन गर्छन भन्ने आम  चासो बनेको छ ।

नेता र कार्यकर्ताहरुको भावनालाई आत्मासाथ गर्न नसक्दा पछिल्लो समय असन्तुष्ट पक्षहरुहरुलाई नेकपा एमाले, जसपा, लोसपा जस्ता दलहरुले व्यवस्थापन गरिरहेको देखिन्छ ।

१ बर्षको अवधीमा माओवादी केन्द्र कै उच्च तहका नेताहरुको तथ्यांकअनुसार ६ सय भन्दा बढी नेता, कार्यकर्ताहरुले पार्टी छाडिसकेका छन । अझ अचम्म लाग्दो त काँहानिर छ भने नेकपा एमालेले त माओवादी केन्द्रवाट भित्र्याएका नेता, कार्यकर्ताहरुलाई पाटी बलियो बनाउने अस्त्र नै बनाएको छ ।यसकाे उदाहरण  महोत्तरीको अहिलेको एमालेको सागंठनिक अवस्थालाई हेर्न सकिन्छ । यसअघि भएको एमाले अधिवेशनमा माओवादीवाट नै प्रवेश गरेका वलिराम यादवलाई नेतृत्व दिइएको छ भने पदाधिकारीमा पनि अधिकांश माओवादीबाट भित्रीएकाहरु नै रहेछन ।

जिल्लाको मात्र हैन स्थानिय तहको अवस्था हेर्ने हो भने एमालेले माओवादीबाट भित्रीएकाहरुलाई प्राथमिकतामा राखेको छ । महोत्तरीको उत्तरी क्षेत्र बर्दिवासमा  सचिव, स-सचिव देखि पदाधिकारीमा माओवादीवाट भित्रीएकाहरु छन ।

दक्षिणतर्फ माओवादी केन्द्र बलियो देखिएका पालिकाहरुमा एमालेले उनिहरुलाई पार्टी बलियो वनाउने हतियार वनाएको छ । माओवादीको बलियो पकड भनिएको सम्सीमा माओवादीवाट नै प्रवेश गरेकालाई अध्यक्षको नेतृत्व दिइएको छ ।

यस्तो अवस्था महोत्तरीमा मात्र हैन अन्य जिल्लाहरुमा पनि देखिन्छ ।  केन्द्र तहका ज्वाला कुमारी साह देखि वुदिनी देविसम्म आईपुग्दा एमालेले नै उनिहरुलाई परिचालन गरेर पार्टीको संगठनलाई मजवुत वनाउदै लगेको छ भने माओवादी केन्द्र थप कमजोर वन्दै गएको देखिन्छ ।

`पार्टी कमजोर हुनुमा यस्का अन्तर्यहरु मुलतः आन्तरिक कलह नै हो ।´ केन्द्रिय सदस्य प्रकाशहरी पोखरेलले भने । `यो विषयमा पनि आज र भोलि हुने बैठकमा निर्मम समीक्षा हुनेछ ।´ वैठकमा उठेका विषयहरुको पार्टी अध्यक्ष प्रचण्ड स्वयमले दस्तावेज वनाउने र उपयुक्त छलफल गरेर निष्कर्ष निकालिने केन्द्रिय सदस्यहरुले वताएका छन ।

अझ मधेशमा संस्थापन पक्ष र संस्थापन इतरको नाममा अनेक गुटबन्दी सिर्जना भएको माओवादी केन्द्रका नेता, कार्यकर्ताहरु नै स्विकार गर्छन ।

सिरहा, सर्लाही, महोत्तरीमा पुर्व जनमोर्चा समूह र प्रचण्ड समुहविच जहिल्यै काहीँ न काहीँ मतभेद सिर्जना हुने गरेको र केही आधार ईलाका भएका ठाउँहरु अघिल्लो निर्वाचनमा समेत गुमाउनुले यस्लाई पुष्टि गरेको छ ।

यसैको परिणाम महोत्तरी क्षेत्र नं.१ मा गिरिराजमणि पोखरेलले संघमा र राजु खड्काले स्थानिय तहमा पराजय भोग्नुपरेको माओवादी केन्द्रका एक नेता वताउछ्न ।

`मधेशमा माओवादीमा देखिएको आन्तरिक कलहका कारण, असन्तुष्टि र नेता कार्यकर्ताहरुको पार्टी वहिगर्मनका विषयमा पनि बैठकमा गहन छलफल हुनेछ ।´ माओवादी केन्द्र महोत्तरीइन्चार्ज राजु खडकाले भने । `अब पार्टी कमजोर हुनुमा दोषारोपण गरेर मात्र हुँदैन मैदानमा काम गर्नुपर्ने अवस्था आएको छ ।´

मधेश प्रदेश इन्चार्ज गणेश साह एकअर्कोलाई दोष  लगाउने तर कमजोरीका कारकहरुको विषयमा समीक्षा गर्न नसक्दा माओवादी केन्द्र कमजोर वन्दै गएको वताउछन । उनले प्रचण्डमा विकल्पको खोजी भन्दा पनि सच्चिनु पर्ने र सुधार गर्नुपर्ने कयौं ठाउँहरु भएको अभिव्यक्ति दिएका छन ।

यसरी नेता, कार्यकर्ताहरुले  असन्तुष्टि र वहिगर्मनलाई नेताहरुलाई नै मुख्य जिम्मेवार ठहर्‍याएका छन । ६ प्रदेशमा बैठक समपन्न गरेर मधेश आईपुगेका पदाधिकारीहरुको छलफल महोत्तरीको बर्दिवास रिसोर्टमा भैइरहेको छ ।

अध्यक्ष प्रचण्ड सहित नेताहरु अग्नि सापकोटा, हरिवोल गजुरेल, गिरिराजमणि पोखरेल, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, शक्ति बस्नेत, देव गुरुङ्ग बर्दिवास आईपुगेका छन ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending