काठमाडौं । स्थानीय तहहरूबाट जग्गाको वर्गीकरण नहुँदा रोकिएको कित्ताकाट खुलेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले भूउपयोग (दोस्रो संशोधन) नियमावली २०८१ स्वीकृत गरेसँगै चार वर्षदेखि रोकिएको जग्गाको कित्ताकाटको समस्या अब समाधान हुने भएको हो ।
स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा कतिपय सर्वसाधारण, मोही र तल्सिङको जग्गा छुट्याउन, जग्गा किनबेच गर्नबाट वञ्चित हुँदै आएका थिए । देशभरका ७५३ पालिकामध्ये १९३ ले मात्र जग्गा वर्गीकरण गरेका छन् । अन्य पालिकाले समयमै जग्गा वर्गीकरण गर्न नसक्दा कित्ताकाटको समस्या पटक पटक आउने गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्को बैठकले रोकिएको जग्गाको कित्ताकाट खुला गरेको हो । २०७६ सालदेखि जग्गाको कित्ताकाट खोल्ने र रोक्ने शृङ्खला चल्दै आएको थियो ।
मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले सरकारले जग्गाको कित्ताकाट खुला गरे पनि कित्ताकाट खुलाउने पत्र मन्त्रालयमा आइनसकेको बताए । उनका अनुसार कित्ताकाट खुलाउन प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्र पठाउने र सरकारले राजपत्रमा सूचना प्रकाशन गरेपछि जग्गाको कित्ताकाट राजपत्रमा सूचना प्रकाशन भएकै मितिदेखि खुला हुने छ ।
भूउपयोग नियमावली जारी भएको मितिले एक वर्षभित्र स्थानीय तहले भूउपयोग क्षेत्रको वर्गीकरण गर्नुपर्ने भूउपयोग नियमावलीमा उल्लेख भए पनि नियमावली जारी भएको दुई वर्ष बितिसक्दा पनि अधिकांश स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा जग्गाको कित्ताकाट रोकिँदै आएको थियो ।
भूउपयोग ऐनको दफा ४ अनुसार जग्गालाई नौ प्रकारमा वर्गीकरण गरिने व्यवस्था छ । जसमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी/ खोला/ ताल/ सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्त्विक महत्वका क्षेत्र पर्छन् तर कतिपय स्थानीय तहले कृषि र गैरकृषि गरी दुई प्रकारमा मात्र जग्गाको वर्गीकरण गरेको विभागका महानिर्देशक कृष्णप्रसाद सापकोटाले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - ०९:२७
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन प्रतिनिधिले नाम दर्ता गर्न थालेका छन्। भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थलमा पुगेका प्रतिनिधिहरूले ना...
पौष २७ गते, २०८२ - ०९:१८
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको राजनीतिक भविष्य संकटमा परेको टिप्पणी गरेका छन्। राष्ट्रिय स्...
पौष २७ गते, २०८२ - ०९:१३
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन आजदेखि सुर...
पौष २७ गते, २०८२ - ०९:११
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार...
पौष २७ गते, २०८२ - ०८:४६
काठमाडौं । आन्तरिक विवादकै बीच हुने कांग्रेस विशेष महाधिवेशनले पार्टी नेतृत्व चयन गरे आधिकारिकतासम्बन्धी थप विवाद उत्पन्न हुने देखिएको छ । पार्टी संस्...
पौष २७ गते, २०८२ - ०८:४२
काठमाडौं । कुलमान घिसिङले सहमतिभन्दा धेरै माग गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग १२ दिनअघि भएको एकता सम्झौता भंग भएको छ । सहमतिविपरीत घिसि...
पौष २७ गते, २०८२ - ०८:३७
काठमाडौं । भदौ २३ र २४ गते जेन जी पुस्ताले गरेको आन्दोलनमा उठेको भ्रष्टाचारविरोधी आवाजलाई सम्बोधन गर्न 'सुशासन मार्गचित्र' तय गर्न काम अघि बढा...
पौष २७ गते, २०८२ - ०८:३१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्याएको योगदान महत्त्वपूर्...
पौष २७ गते, २०८२ - ०७:५१
काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीका किसान बासुदेव सापकोटालाई अहिले बारीमा फलेको काउली बेच्न भ्याइनभ्याई छ । पोहोरभन्दा यसपालि काउल...
पौष २७ गते, २०८२ - ०७:४७
बाँके । “मैले परेवालाई बास दिएँ, परेवाले मलाई जीवन दियो, दुःखमा साथ दियो र मलाई आत्मनिर्भर बनायो”, यो भनाइ हो– बाँकेको बैजनाथ गाउँपालिका–१ च्यामाका पृ...




प्रतिकृया लेख्नुहोस्: