काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज मधेश प्रदेशको बीरगञ्जमा आर्थिक पत्रकारहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पत्रकारहरूलाई नागरिकको हितमा बीमाका बारेमा बोल्न र सत्यतथ्य लेख्न आग्रह गरे ।
अध्यक्ष सिलवालले केही बीमालेखमा समस्या रहेको बाहेक बीमा कम्पनीहरूले लाखौं दाबी भुक्तानी दिएको उल्लेख गर्दै भने, ‘बीमा गर्दा बीमालेखका प्रावधान र शर्तहरू राम्रोसँग पढ्नुपर्छ, आफ्नो हितमा छ कि छैन बुझ्नुपर्छ, झुठो बोलेर तथा सत्यतथ्य लुकाएर गरेको बीमाको दाबी लाग्दैन भन्ने थाहापाउनु पर्छ, विदेशी बीमा कम्पनीसँग बीमा गर्नु गैरकानूनी हो, गर्न मिल्दैन ।’
सरकारले कृषि बीमामा ८० प्रतिशत अनुदान दिएकाले स्थानीय सरकारले त्यसमा अनुदान थप्नुभन्दा विपन्न तथा गरिव बर्गको बीमा गर्नु उपयुक्त हुने र त्यसबाट उनीहरूको कल्याण हुने उल्लेख गर्नुहुँदै अध्यक्ष सिलवालले भने, ‘बीमा कम्पनीहरू ऐन, नियम बमोजिम चल्नुपर्छ, जवाफदेही बन्नुपर्छ, ऐन, नियम विपरित जाने कम्पनीहरूले दण्ड सजाय भोग्नुपर्छ ।’
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रको विद्यमान अवस्था, बीमाको विकास एवम् विस्तारमा पत्रकारहरूको भूमिका लगायत बीमा सम्बन्धी समग्र विषयमा प्रस्तुती गरेका थिए ।
कार्यक्रममा सहभागी पत्रकारहरूले बीमा कम्पनीहरूले देशको भूगोल अनुसार बीमालेख ल्याउनुपर्ने, मधेश प्रदेशमा न्यून रहेको बीमाको पहुँच बढाउन जोड दिनुपर्ने, सीमापारिका बीमा कम्पनीहरूमा बीमा हुन नदिन विशेष ध्यान दिनुपर्ने, बीमा कम्पनीहरूले संचार माध्यममार्फत बीमा सचेतना अभिवृद्धिका लागि बजेट छुट्याउनुपर्ने लगायतका धारणा राखेका थिए ।
साथै, उनीहरूले बीमा गर्न सजिलो तर दाबी भुक्तानी पाउन बीमतिले निकै दुःख पाउने गरेको, कोरोना बीमाको बाँकी दाबी भुक्तानी अझै नभएको र बीमाप्रतिको आकर्षण बढाउन सचेता अभिवृद्धि आवश्यक भएको विचार व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्ष तथा पदाधिकारी, विभिन्न संचार माध्यमका पत्रकार र बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत तथा प्रदेश कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख प्रीति देवले गरेकी थिइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३२ गते, २०८२ - १७:०३
रौतहट । रौतहटको वृन्दावन नगरक्षेत्र अन्तर्गत खेतबाट बाटोमा चढाउन खोज्दा ट्याक्टरको अगाडिको भाग उठी च्यापिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वृ...
जेष्ठ ३२ गते, २०८२ - १७:०१
ललितपुर । विश्व रक्तदाता दिवस २०२५ को अवसरमा ललितपुर जिल्लाको लगनखेल बसपार्कमा निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । स्व...
जेष्ठ ३२ गते, २०८२ - १६:५५
सुर्खेत । जाजरकोटका व्यापारीहरूले महिनामा दुई दिन बजार बन्द गरेर फुर्सद पाउने भएका छन्। उद्योग वाणिज्य संघ जाजरकोटले गरेको निर्णयअनुसार अबदेखि हरेक म...
जेष्ठ ३२ गते, २०८२ - १६:५२
काठमाडौं । गायक युवराज छन्त्यालले नयाँ गीतको भिडियो रिलिज गरेका छन् । उनले ‘किन पीर मान्छौँ’बोलको गीतको भिडियो रिलिज गरेका हुन् । यस गीतमा उनलाई लोकप्...
जेष्ठ ३२ गते, २०८२ - १६:१३
काठमाडौं । चर्चित गायक तथा संगीतकार डी।बी। गुरुङको आवाजमा ‘मन चोर्नेलाई कहाँ दिउँ उजुरी’ बोलको मौलिक कौडा गीतको भिडियो सार्वजनिक भएको छ । यस अगाडि सयौ...
जेष्ठ ३२ गते, २०८२ - १६:०९
रौतहट । नेपाल भारत सीमा संयुक्त समन्वय समिति (Border District Coordination Committee - BDCC) को नियमित बैठक शुक्रबार साँझ सर्लाहीको हरिवनमा संपन्न भएक...
जेष्ठ ३२ गते, २०८२ - १५:४१
धनकुटा । धनकुटामा घाँटीमा हड्डी अड्किएर वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको महालक्ष्मी नगरपालिरा ९ मूर्तिढुङ्गाका ७८ वर्षीय प्रेमबहादुर लिम...
जेष्ठ ३२ गते, २०८२ - १५:३९
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले २०८४ को चुनावमा पार्टीले बहुमत नल्याए देश थप संकटमा फस्ने बताएका छन् । पार...
जेष्ठ ३२ गते, २०८२ - १५:३४
सिरहा । सिरहामा पछिल्लो समय सामुदायीक वन तथा ऐलानी जग्गाहरुमा वनका कर्मचारीहरुकै सेटिङमा अवैध रुपमा ग्राभेल उत्खनन गरिरहेको पाइएको छ। ऐलानी तथा सा...
जेष्ठ ३२ गते, २०८२ - १५:३४
सिरहा । सिरहामा पछिल्लो समय सामुदायीक वन तथा ऐलानी जग्गाहरुमा वनका कर्मचारीहरुकै सेटिङमा अवैध रुपमा ग्राभेल उत्खनन गरिरहेको पाइएको छ। ऐलानी तथा सा...
प्रतिकृया लेख्नुहोस्: