अफगानिस्तान । अफगानी नागरिकमा शक्तिबर्धक पेय पदार्थको मोह बढेको छ । क्याफिन र चिनीको मात्रा उच्च भएको र प्रायः पिउने पानीभन्दा बढी उपलब्ध हुने इनर्जी ड्रिङ्क्सलाई धेरै अफगानीहरूले अपर्याप्त आहारको पूरकको रूपमा हेर्छन् ।
पश्चिमी अफगानिस्तानमा रहेको एक कम्पनीमा हरेक सेकेन्ड २४ वटाको दरले उत्पादन हुने शक्तिवर्धक पेय पदार्थ (इनर्जी ड्रिङ्क्स) अफगानीहरूले आफ्नो जीवनको कठिनाई लुकाउन र निराश मनको लहरलाई तृप्त पार्ने आकर्षक वस्तु हो । तालिवान समूह सत्तामा आएपछि अफगानिस्तानले इस्लामिक कानून अनुकुल नभएको भनी यहाँका महिला तथा बालबालिकाका अधिकारमा भारी कटौती गरेको छ भने पश्चिमी प्रभावका धेरै वस्तुलाई प्रतिबन्ध लगाएको छ । तर अमेरिकी सैनिकसँगै अफगानिस्तान भित्रिएको उत्तेजक पेयको मोह अझै बाँकी छ । बढिरहेको छ ।
अफगानिस्तानमा मदिरा प्रतिबन्धित छ तर क्याफिन युक्त इनर्जी ड्रिङ्क्स प्रहरीदेखि बालबालिकासम्म सबैले सेवन गर्छन् । “यहाँका युवाको जीवन सङ्घर्ष र कठिनाइले भरिएका छन्”, हेरात सहरको सुपरमार्केटमा ४० प्रकारका इनर्जी ड्रिङ्क्सको व्यापार गर्ने मिलाद गजनवीले भने, “यो मानिसहरूको लत बनेको छ ।” विश्व खाद्य कार्यक्रमका अनुसार गरिबीबाट ग्रस्त अफगानिस्तानका करिब ९० प्रतिशत मानिस अपर्याप्त खानामा बाँचिरहेका छन् । गुलजार नाम गरेका एक मजदुरले आफु दिनको १४ घण्टासम्म मजदुरी गर्ने र दिनभरीको थकान मेटाउन चार बोतल इनर्जी ड्रिङ्क्स पिउने बताए ।
गुलजारको आहारमा १०० ग्रामभन्दा बढी चिनी हुन्छ । यो मात्रा विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको भन्दा दुई गुणा बढी हो । अमेरिकी खाद्य तथा औषधी प्रशासनका अनुसार अत्यधिक क्याफिनको सेवनले उच्च रक्तचाप, मुटुको धड्कन, चिन्ता र अनिद्रा निम्त्याउन सक्छ । तर गुलजार आफुसँग अन्य कुनै विकल्प नभएको बताउँछन् । स्थानीय ब्रान्डको इनर्जी ड्रिङ्क्स लगभग ३० अफगानी मात्र पर्छ जबकी आयातित दुई सबैभन्दा लोकप्रिय विश्वव्यापी ब्रान्ड ‘रेड बुल’ वा ‘मोन्स्टर’ भने अधिकांश अफगानीको पहुँचभन्दा बाहिर छ ।
विदेशी सहायतामा भर पर्ने गरिब अफगानी उच्च मुल्यमा इनर्जी ड्रिङ्क किन्न असमर्थ छन् र यसको सट्टा क्याफिनयुक्त ग्रीन टी र पाउरोटीको आहारमा बाँचिरहेका छन् । पश्चिमी हेरातको औद्योगिक केन्द्रमा रहेको ‘पामिर कोला’ नामक कम्पनीले दैनिक १० लाखभन्दा बढी इनर्जी ड्रिङ्क्स उत्पादन गर्ने गरेको बताएको छ । आफूलाई यस व्यवसायको एक सानो खेलाडी बताउने पामिर कोलाले अफगानिस्तानका चार करोड नागरिक प्रत्येकका लागि दिनको दुई वट्टा (क्यान) को दरले उत्पादन गर्ने अनुमान गरेको छ ।
“अफगानिस्तानका मानिसहरू जसले कडा श्रम गर्छन् तर राम्रो खाना पाउँदैनन्, उनीहरूका लागि सबैभन्दा राम्रो ऊर्जाको स्रोत इनर्जी ड्रिङ्क्स पिउनु हो,” पामिर कोलाका सञ्चालक जाहिर शाह बहादुरले भने । “अफगानिस्तानमा इनर्जी ड्रिङ्क्सको व्यापार राम्रो छ र सम्भवतः अझ राम्रो हुनेछ,” उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: