Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

भारतमा सामसुङका श्रमिक आन्दोलित

खबरडबली संवाददाता

मुम्बई । दक्षिण भारतमा सामसुङ इलेक्ट्रोनिक्सका कर्मचारीहरूले राम्रो तलब र कामको समयको माग गर्दै सोमबारदेखि जारी गरेको एक हप्ताको हडताल बुधबार पनि चलेको छ । उपभोक्तासँग प्रत्यक्ष सरोकार राख्ने प्रविधि कम्पनीले औद्योगिक कर्मचारीको आन्दोलनको प्रभाव उत्पादनमा नपर्ने बताएको छ । 

भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो र यसको बढ्दो मध्यम वर्ग सामसुङको बढ्दो बजारको लागि एक महत्वपूर्ण स्रोत हो । सामसुङको उत्पादनले दक्षिण कोरियाको कुल गार्हस्थ्य उत्पादनको लगभग एक चौथाई हिस्सा ओगटेको छ । हडतालले समूहको कर्मचारीको पछिल्लो असन्तोषकोलाई सङ्केत गर्दछ । जुलाईमा दक्षिण कोरियामा हजारौं युनियनमा आवद्ध कामदारहरूले तलब र लाभको विषयमा हडताल गरेका थिए । 

दक्षिणी शहर चेन्नईबाहिर रहेको एक प्लान्टमा टेलिभिजन, रेफ्रिजेरेटर र अन्य उपभोग्य सामग्री निर्माण गर्ने करिब एक हजार ८०० कामदार कार्यरत सामसुङका सयौं कर्मचारीले आन्न्दोलनमा भाग लिएका छन् । “उच्च ज्याला र राम्रो काम गर्ने समयको अतिरिक्त, हामीले कम्पनीसँग हाम्रो युनियनलाई मान्यता दिन पनि माग गरिरहेका छौं,” श्रमिक प्रतिनिधि र युनियनका नेता ई मुथुकुमारले एएफपीलाई बताए । 

उनले भने, “हामीले हाम्रो माग कम्पनीलाई दिइसकेका छौं र उनीहरुसँग वार्ता गरिरहेका छौं । मुथुकुमारका अनुसार हडतालका कारण उक्त क्षेत्रमा उत्पादनमा असर परेको छ । तर सामसुङ इन्डियाका प्रवक्ताले भने कामदारको हित कम्पनीका लागि ‘उच्च प्राथमिकता’ रहेको र यसले कम्पनीका ग्राहकहरूलाई कुनै पनि ‘व्यवधान’ नहुने बताएका छन् । प्रवक्ताले भने, “हामी हाम्रा कामदारहरूसँग सक्रिय रूपमा भेटवार्तामा छौं ताकि उनीहरूसँग हुन सक्ने कुनै पनि गुनासोलाई सम्बोधन गर्न र सबै कानून र नियमहरूको पालना गर्न सकियोस् ।”

संयुक्त राज्य अमेरिकासँगको भूराजनीतिक तनाव र अन्य आर्थिक अड्चनका कारण चीनबाट बाहिर उत्पादन विविधीकरण गर्न चाहने प्रविधि कम्पनीहरूको लागि भारतले एक उदीयमान विनिर्माण हबको रूपमा आफूलाई प्रस्तुत गरेको छ  । गुगलले यसै वर्ष भारतमा आफ्नो उत्पादन सुरु गरेको छ भने ताइवानी इलेक्ट्रोनिक्स जायन्ट फक्सकन, एप्पल आईफोनको प्रमुख ‘एसेम्बलर’ले प्रविधिका लागि चिनिने नजिकै एक प्रमुख फोन ‘एसेम्बली प्लान्ट’ स्थापना गर्दैछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्व मन्त्री तथा माओवादी केन्द्रका नेता पदम राईको निधन, अध्यक्ष प्रचण्डद्वारा श्रद्धाञ्जली अर्पण

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा भाैतिक याेजना तथा निर्माण राज्यमन्त्री पदम राईको निधन भएको छ । पार्किन्सन रोगबाट थलिएका उनको उपचारका क्रमम...

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीकाे मृत्यु

सर्लाही । सर्लाहीको बागमती नगरपालिका-११ स्थित महेन्द्र जनता मावि नजिक पूर्व-पश्चिम लोकमार्गमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएकाे छ ।  आज साँ...

रोजगारीको माग गर्दै मधेस प्रदेशका शहीद परिवारको प्रदर्शन

जनकपुर ।  मधेस आन्दोलनका शहिद परिवारका सदस्यहरूले रोजगारीको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शन गरेका छन् । सो आन्दोलनमा ...

कास्कीमा बालिकालाई बन्धक बनाइ यौन धन्दामा चलाएकाे आराेपमा तीनजना पक्राउ

कास्की । बालिकालाई बन्धक बनाइ यौन धन्दामा लगाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पोखराको लेकसाइडस्थित स्नोल्याण्ड होटलले सञ्चालन गरेको भिष...

धान फल्ने खेतमा लगाएको सुन्तलाबाट दश लाख आम्दानी

म्याग्दी । १३ वर्षअघि अंश वापत पाएको पाँच रोपनी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्दा बेनी नगरपालिका–४ सुर्केमेलाका डिलबहादुर केसीलाई धेरैले गाली गर...

इन्भेस्टमेन्ट कम्पनीको सेयर कारोबारसम्बन्धी नयाँ प्रावधान

काठमाडौं । गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापित इन्भेष्टमेन्ट कम्पनीको सेयर कारोबारसम्बन्धी नयाँ व्यवस्था गरिएको छ । धितोपत्र बजारको नियामक निका...

अर्थोपेडिक अस्पताल जोरपाटीद्वारा ३४ बिरामीको घुँडाको शल्यक्रिया

काठमाडौं । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको शल्यक्रिया गरेको छ । अमेरिकाको सिकागोमा रहेको ‘अप्रेसन वाल्क सिकागो’ को सहयोगमा ...

सङ्खुवासभामा अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता

सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका–११ खहरेस्थित अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता भएका छन् । चैनपुर–११ कुइबिरका ४८ वर्षीय गजेन्द्र ज...

काठमाडौँका विभिन्न क्षेत्रमा तीन जना मृत फेला

काठमाडौं । काठमाडौँका विभिन्न क्षेत्रमा आज (शनिबार) मात्रै तीन जना मृत भेटिएका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका, टोखा र दक्षिणकालीमा शव भेटिएको ...

गुल्मीबाट मात्रै अख्तियारमा ६० उजुरी दर्ता

गुल्मी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालयमा चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म जिल्लाका ६० उजुरी दर्ता भएका छन् ।  उजुरीमध्ये ३५...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy