Ntc summer Offer
Khabar Dabali ११ असार २०८२ बुधबार | 25th June, 2025 Wed
Investment bank

भक्तपुरमा ३८ जना बाजा प्रशिक्षार्थीहरु दिक्षित

खबरडबली संवाददाता

भक्तपुर । निओ फ्युजन स्कुल अफ कम्प्युटर इनाचो भक्तपुरबाट सञ्चालित निओ फ्युजन बाजा समुहको ९ ओैं धिमेबाजा र ५ ओैं धाँ बाजा समुहको दिक्षान्त (पिधानेगु) विहीबार सम्पन्न भएको छ । 

जम्मा धिमे र धाँ बाजामा १९/१९ जना गरी जम्मा ३८ जना विद्यार्थी दिक्षान्त भएका हुन् । बाजा समूहका अध्यक्ष सबिन लेबाले धाँ बाजामा ६ जना छात्रा र १३ छात्र दीक्षित भएको बताए । त्यस्तै धिमे बाजाका प्रशिक्षक उगेन बोयजुले धिमेमा १२ जना छात्रा र ७ जना छात्र रहेको जानकारी गराए ।

धाँ मा पहिलो अर्थात नायो एलेक्स कोजुले आफूलाई धाँ बाजा बजाउन एकदम सिक्न मन लागेकोले सिकेको बताए । साथै बुबाको इच्छा पुरा गर्न पनि आफूले बाजा सिकेको उनी बताउँछन् । कोजु भन्छन्, अब आउने गाईजात्रामा (सापारु) मा घिन्तानघिसीमा धाँ बजाउँछु ।

त्यस्तै धाँ को नकिंग (उपविजेता) बबिना ध्योजुले दाइले धिमे र धाँ बजाएको देखेर आफूलाई पनि सिक्न मन लागेर सिकेको बताउँछिन् । त्यस्तै धिमेका नाय (विजेता) प्रतिक कुम्पाख, निकिंग इशा श्रेष्ठले बाजा सिक्नेले सानैदेखि धिमे बजाउने सिक्ने इच्छा भएको बताए ।

तालिम तीन महिना चलेको थियो । निओ फ्युजन बाजा समूहले वर्षेपिच्छे बाजागाजा सिकाउँदै आएको छ । निओ फ्युजन बाजा समूह २०७६ मा स्थापना भएको हो ।  अहिलेसम्म ६ सय जना प्रशिक्षार्थीले बाजा सिकेको संचालक बालकृष्ण बनामाला बताउँछन् । धाँ, धिमे, बासुरी, पछिमा, पोङ्गा, लालाखिंङ्गलगायतका बाजागाजा प्रशिक्षण दिने गरेको जनाइएको छ । प्रत्येक वर्ष कम्तीमा हरेक बाजाको दुई दुई समूहलाई प्रशिक्षण दिँदै आएको जनाइएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ । हिम...

मेयर हर्ककाे कारण धरानमा आएन बजेट

धरान । स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय तहले असार १० गतेसम्म नीति तथा कार्यक्रम र बजेट पालिकाको सभामा पेश गर्नुपर्छ । तर, सुनसरीको धरान उपमहानग...

आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा दुई अर्ब ९१ करोड राजस्व सङ्कलन

झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१-८२ को ११ महिनामा रु दुई अर्ब ९१ करोड ९८ लाख ३६ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम गत...

पहिचानका मुद्दामा माओवादी

कोशी प्रदेशमा ‘पहिचान’को मुद्दा पेचिलो बन्दै छ । कोशी प्रदेश नामकरणमा असन्तुष्ट बनेका समूहहरू गोलबन्द हुँदै छन् । पहिचानको आन्दोलनलाई राजनीतिक आन्दोलन...

एक सातामा थपिए डेंगु संक्रमणका ९१ नयाँ बिरामी

काठमाडौं । एक सातायता डेंगु संक्रमणका ९१ नयाँ केस पुष्टि भएका छन् । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को ...

बजेट सच्याउन कोशीमा माओवादीको माग

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई ‘इतिहासकै झुरेस्ट’ र ‘असन्त...

अदालतबाट दण्ड सजाय पाएका १३ जना फरार प्रतिवादी पक्राउ

गौर । अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा दण्ड सजाय पाएका १३ जना फरार प्रतिवादी पक्राउ परेका छन् । अदालतबाट दण्ड सजाय पाएका फैसला कार्यान्वयन गर...

धनकुटामा जबर्जस्ती करणी आरोपमा एक पक्राउ

धनकुटा । एक ५० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा धनकुटा नगरपालिका–८ का ५२ वर्षीय खड्गबहादुर राई पक्राउ परेका छन् । असार ८ गते राति ११ बज...

माेरङमा दुर्घटनामा एकको मृत्यु

माेरङ ।  मोरङको उत्तर दक्षिण रङ्गेली कानेपोखरी सडक खण्ड अन्तर्गत दर्बेसामा मङ्गलवार   ट्याक्टरमा   मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक  रङ्गेली नगरपालि...

भोजपुर नगरपालिकाको बजेट ६५ करोड ११ लाख

भोजपुर । भोजपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ६५ करोड ११ लाख ८० हजार ४ सय ६९ रुपियाँको बजेट प्रस्तुत गरिएको छ । नगरपालिकाको १० औँ नगरसभा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending