Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८२ शनिबार | 17th May, 2025 Sat
Investment bank

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच: संयुक्त राष्ट्रसङ्घ

खबरडबली संवाददाता

जेनेभा । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको सामाजिक सुरक्षामा पहुँच भएको संयुक्त राष्ट्र सङ्घले बिहीबार जनाएको छ । यद्यपि, अझै पनि जलवायु परिवर्तनको प्रभावलगायत अन्य विषयको न्यूनीकरण आवश्यक रहेको राष्ट्र सङ्घले जनाएको छ । 

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार विश्वको ५२.४  प्रतिशत जनसङ्ख्याले सामाजिक सुरक्षाको लाभ प्राप्त गरेको छ । विश्वको आधाभन्दा बढी मानिसहरूले सामाजिक सुरक्षामा आफ्नो पहुँच सुनिश्चित गरेको यो पहिलो रेकर्ड हो । “यो स्वागतयोग्य प्रगति हो । तर अप्रकाशित वास्तविकता यो पनि हो कि अझै पनि ३.८ अर्ब मानिसहरू पूर्णरूपमा असुरक्षित छन्,” विश्वव्यापी रूपमा तीन चौथाइभन्दा बढी बालबालिकाको अझै पनि कुनै पनि किसिमको सामाजिक सुरक्षा प्राप्त नगरेको जानकारी गराउँदै आईएलओले आफ्नो प्रतिवेदनमा भनेको छ ।

आईएलओले  सामाजिक सुरक्षा क्षेत्रमा स्वास्थ्य सेवामा पहुँच र विशेष गरी बुढ्यौली, बेरोजगारी, रोगी, अशक्तता, प्रसूति वा परिवारमा मुख्य आम्दानी गर्ने व्यक्तिको मृत्यु साथै बच्चा भएका परिवारहरूका लागि सम्बन्धित आय सुरक्षा उपायहरूको पहुँच समावेश गरेको छ । “सामाजिक सुरक्षाको सन्दर्भमा विश्वमा रहेको भिन्नता हटाउन ढिलो भइरहेको छ”, आइएलओले चेतावनी दियो  । “यही गतिमा विश्वका हरेक मानिसलाई कम्तीमा एउटा सामाजिक सुरक्षामा समावेश गराउन थप ४९ वर्ष लाग्नेछ”, प्रतिवेदनमार्फत चेतावनी दिइएको छ । 

आईएलओ प्रमुख गिल्बर्ट होङ्बोले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित विश्वका धेरै देशमा देखिएको सामाजिक सुरक्षा दरमा विशेष चिन्ता व्यक्त गरेका छन् । “यस सङ्कटको सबैभन्दा क्रूर परिणाम भोगिरहेका देश वातावरणीय र जीविकोपार्जनका परिणामहरू सामना गर्न असक्षम छन्,” उनले भने । जलवायु सङ्कटको सबैभन्दा जोखिममा रहेका २० देशको कुल ९१.३ प्रतिशत अझै पनि कुनै पनि प्रकारको सामाजिक सुरक्षाको अभाव छ, बिहीबार सार्वजनिक भएको प्रतिवेदनले जनाएको छ । 

आईएलओले सार्वजनिक गरेको प्रतिवेदनले सामाजिक लाभले मानिसलाई आय सुरक्षा र स्वास्थ्य सेवामा पहुँचजस्ता कुराहरू सुनिश्चित गरेर जलवायुसम्बन्धी आघात अनुकूल बनाउन र सामना गर्न मद्दत गर्न सक्छ भन्ने कुरा औँल्याएको छ । आइएलओले विश्व हाल दुई धेरै फरक र भिन्न सामाजिक सुरक्षा मार्गहरूमा रहेको चेतावनी दिएको छ । उच्च आय भएका देशहरूको लगभग ८६ प्रतिशत जनसङ्ख्या सामाजिक सुरक्षाको पहुँचमा छन् । उच्च–मध्यम–आय भएका देशका ७१.२ प्रतिशत जनसङ्ख्याले सामाजिक सुरक्षाको लाभ लिइरहेका छन् भने कम–मध्यम–आय भएका देशको ३२.४ प्रतिशत जनसङ्ख्या सामाजिक सुरक्षाको पहुँचमा रहेको प्रतिवेदनले जनाएको छ । 

उच्च आय भएका देशहरूले सामाजिक सुरक्षाको क्षेत्रमा आफ्नो कुल गार्हस्थ्य उत्पादनको १६.२ प्रतिशत खर्च गर्छन् भने जलवायु परिवर्तनको जोखिममा रहेका देशसहित कम आय भएका देशहरूले मात्र ०.८ प्रतिशत खर्च गर्छन् । गरिब देशहरूलाई कम्तीमा आधारभूत सामाजिक सुरक्षा सुनिश्चित गर्न एक वर्षमा थप ती खर्ब आठ अर्ब ५० करोड डलर चाहिन्छ र त्यो लक्ष्यमा पुग्न अन्तर्राष्ट्रिय समर्थनको आवश्यकतामा आइएलओले जोड दिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देश बन्दैन भनेर भ्रम छरे पनि देश बन्दै छ: नेता ज्ञवाली

गुल्मी । नेकपा (एमाले)का उप–महासचिव प्रदिव ज्ञवालीले धेरै प्रतिकुलताकोबिच देश बन्दै गरेको बताएका छन् । एमाले धुर्कोट गाउँ कमिटीको आयोजनामा बोमबहादुर–ट...

जनतासँग जोडिनु माओवादीकाे राजनीतिक मुद्दा हो: प्रचण्ड

अछाम । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुको राजनीतिक मुद्दा गरिब जनता र समुदायसँग जोडिनु रहे...

परराष्ट्रमन्त्री डा. राणासँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव इन्द्र...

के हो चट्याङ अनि कसरी बच्ने ?

काठमाडौं । अहिले चट्याङको सिजन छ । दिनहुँ धनजनको क्षति भएको समाचार आइरहेका छन् । सप्तरीमा शनिबार बिहान चट्याङ लागेर सात वर्षीया बालिकाको ज्यान गएको छ,...

डिजिटल चीन निर्माणको कार्ययोजना सार्वजनिक

बेइजिङ । चीनले ‘डिजिटल चीन’ निर्माणलाई अघि बढाउन सन् २०२५ का लागि कार्ययोजना सार्वजनिक गरेको छ । योजनामा ‘एआई प्लस’ (कृत्रिम बुद्धिमत्ताको समावेश), पू...

अमेरिकी अदालतको फैसलाले सरकारको आप्रवासी नीति प्रभावित : ट्रम्प

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकी सर्वोच्च अदालतको पछिल्लो निर्णयप्रति आफ्नो गम्भीर असन्तोष सार्वजनिक रू...

स्रोत नखुलेको रकमसहित ४ पक्राउ

काठमाडौं । रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१२ बाट स्रोत नखुलेको नगद ८ लाख ३९ हजार ४ सय ५० रूपैयाँ सहित २ जनालाई भारत नौतवना महाराजगंज थाना-४ बस्ने ५...

डेढ महिनादेखि निष्क्रिय जस्तै समाजवादी मोर्चा

काठमाडाैं । बामपंथीहरुकाे समाजवादी माेर्चा डेढ महिनादेखि निष्क्रिय जस्तै बनेकाे छ । नेकपा माओवादी, एकीकृत समाजवादी, नेसपा र नेकपा सम्मिलित समाजवादी मो...

इजरायलद्वारा दस जना प्यालेस्टिनीको रिहाइ

गाजा । इजरायली सेनाले गाजा क्षेत्रमा सञ्चालन गरेको पछिल्लो सैनिक अभियानको क्रममा पक्राउ परेका दस जना प्यालेस्टिनीलाई रिहा गरेको जनाएको छ । रिहा गरि...

कागेश्वरी मनोहरामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडाैं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ राडरमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । बा.६० प १७९५ नम्बरको मोटरसाइकल र बा.प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending