काठमाडौं । नर्वेका सांसदहरुको एक टोलीले प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँग सिंहदरबारमा बिहीबार छलफल गरेको छ । दुई देशका संसदीय समितिबीच पहिलोपटक छलफल भएको पर्यटन समितिका सभापति राजकिशोर यादवले बताए ।
उनले संसदीय कूटनीतिका रुपमा भ्रमण र भेटघाट भएको उल्लेख गरे । छलफलमा दुवै संसदीय टोलीका सदस्यहरुले नेपाल र नर्वेबीचको मैत्रीपूर्ण र सुमधुर सम्बन्ध तथा सहकार्यबारे चर्चा गरेका थिए । बैठकमा संसदीय शासन प्रणालीको सञ्चालन, लोकतान्त्रिक प्रक्रिया तथा साझा विश्वव्यापी एजेन्डाका लागि सहकार्य गर्नेबारे कुराकानी भएको थियो ।
लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायका साझा मूल्य मान्यतामा मिलेर काम गर्ने प्रतिबद्धता दुवै देशका सांसदहरुले व्यक्त गरेका छन् । जलवायु परिवर्तनका प्रभावहरुको न्यूनीकरण र दिगो विकास लक्ष्य हासिल गर्न अन्तर्राष्ट्रिय मञ्चहरुमा सहकार्य गर्ने सहमति नेपाल र नर्वेबीच भएको छ ।
त्यस क्रममा सभापति यादवले नेपालको सङ्घीय संसद्को गठन प्रक्रिया, सङ्ख्या तथा संसदीय समितिहरुको काम र क्षेत्राधिकारबारे भ्रमण टोलीलाई जानकारी दिएका थिए । उनले नेपालको संसदमा जनताका आवाजले ठाउँ पाउनुका साथै त्यहाँ उठेका सवालहरुको सम्बोधन गर्ने गरिएको बताए ।
नर्वेका पूर्वविदेशमन्त्री, रक्षामन्त्रीसमेत रहेकी सांसद इने म्यारी एरिक्सन सोरेइडको नेतृत्वमा १४ सदस्यीय टोली नेपाल भ्रमणमा आएको छ । कञ्जरेभेटिभ पार्टीकी सांसद उनले सन् २०१३ देखि ०१७ सम्म रक्षा र सन् २०१७ देखि २०२१ सम्म विदेशमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:१५
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा दुई दिनदेखि बहुलाहा कुकुरको आतङ्क फैलिएको छ । बहुलाएको कुकुरले स्थानीय बासिन्दासहित एक दर्जनभन्दा बढी पशु ...
पौष १ गते, २०८२ - १७:१२
पाल्पा । विगतको तुलनामा अपाङ्गता भएका व्यक्तिप्रति केही सकारात्मक सुधार भएको देखिए पनि अझै कयौंँ अपाङ्गता भएका व्यक्तिको पीडा उस्तै छ । शिक्षा, रोज...
पौष १ गते, २०८२ - १७:०९
काठमाडौं । नेकपा (एमाले) का पूर्वनेता डा. भीम रावलले पार्टीको ११औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूलाई पार्टीभित्रको निरंकुश र स्वेच्छाचारी प्रवृत्त...
पौष १ गते, २०८२ - १७:०६
काठमाडाैँ । प्रतिबन्धित इस्लामवादी राजनीतिक दलका एक वरिष्ठ धर्मगुरु नेतालाई हिंसा भड्काएको अभियोगमा ३५ वर्षको कैद सजाय सुनाइएको छ । पाकिस्तानको एक आतङ...
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...




प्रतिकृया लेख्नुहोस्: