Khabar Dabali ३२ असार २०८३ बिहीबार | 16th July, 2026 Thu
Investment bank

उपराष्ट्रपति यादव र दक्षिण कोरियाली राजदूत पार्कबिच भेट

खबरडबली संवाददाता

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ताएयोङ्गले शिष्टाचार भेट गरेका छन् । 

शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा शुभकामना आदानप्रदान पश्चात द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग, लगानी, पर्यटन, श्रम तथा रोजगार लगायतका महत्त्वपूर्ण विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । उपराष्ट्रपति यादवले नेपाल र गणतन्त्र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापना भएयता घनिष्ट र मैत्रीपूर्ण सम्बन्ध रही आएको बताए । 

‘‘हाम्रा द्विपक्षीय सम्बन्ध आपसी सम्मान, समझदारी एवम् सहयोगमा आधारित छन्,’’ उनले भने, ‘‘यस वर्ष नेपाल र गणतन्त्र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वार्षिकोत्सव महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा मनाइरहेका छौँ । यस मैत्रीपूर्ण सम्बन्धलाई थप प्रवर्द्धन गर्न हामी तत्पर छौँ ।’’ उपराष्ट्रपति यादवले ‘एभरेष्टिङ्ग फ्रेन्डसिप : नेपाल–कोरिया ५०औँ वार्षिकोत्सव’ नारासहितको लोगो अनावरण हाम्रा लागि गौरवको विषय भएको बताए । 

‘‘नेपालको सामाजिक तथा आर्थिक विकासका लागि गणतन्त्र कोरिया एक महत्त्वपूर्ण तथा भरपर्दो विकास साझेदारका रूपमा रहेको छ । कोरियाले अन्तर्राष्ट्रिय विकास सहयोग नियोग ‘कोइका’ मार्फत विभिन्न क्षेत्रमा गरेको प्राविधिक सहयोग तथा जनशक्ति विकासमा पुर्याएको योगदान हाम्रा लागि महत्त्वपूर्ण छन् ।,’’ उनले भने, ‘‘हामी यो विकास साझेदारीलाई कनेक्टिभिटी, पूर्वाधार विकास, ऊर्जा, व्यापार, पर्यटन, लगानी र जनस्तरको सम्बन्ध लगायतका क्षेत्रमा अझ विस्तृत र गहन रूपमा अगाडि बढाउन प्रतिबद्ध छौँ ।’’

उपराष्ट्रपति यादवले नेपाल सन् २०२६ मा अल्पविकसित मुलुकको समूहबाट स्तरोन्नतिका लागि प्रयासरत रहेको सन्दर्भमा कोरियाको तीव्रतर सामाजिक–आर्थिक विकास र सोको अनुभवबाट हामी लाभान्वित हुन चाहेको बताए । ‘‘सहज र दिगो स्तरोन्नतिका लागि विकास साझेदारका साथै विश्वसनीय मित्रको रूपमा रहेको गणतन्त्र कोरियाको साथ हामीलाई सदाझैँ निरन्तर रहनेमा हामी पूर्ण विश्वस्त छौँ ।,’’ उनले भने, ‘‘नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको प्रमुख स्रोत मुलुकहरूमध्ये गणतन्त्र कोरिया एक हो । कोरियाली कम्पनीहरु सामसुङ र हुन्डेले नेपालमा लगानी गरेर ‘मेड इन नेपाल’ टेलिभिजन सेट उत्पादन गर्न सुरु गरेको र गाडी उत्पादन गर्न लागेकोमा हामी खुशी छौँ ।’’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending