Ntc summer Offer
Khabar Dabali १० जेष्ठ २०८२ शुक्रबार | 23rd May, 2025 Fri
Investment bank

जापानीज इन्सेफलाइटिस ६१ जनामा सङ्क्रमण, १४ जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । नेपालमा जापानीज इन्सेफलाइटिसको सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ । परिवार कल्याण महाशाखाका अनुसार देशभरका ६१ जना जापानीज इन्सेफलाइटिसका  सङ्क्रमितमध्ये १४ जनाको मृत्यु भएको हो ।

बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार जापानीज इन्सेफलाइटिसको सङ्क्रमणबाट मृत्युदर ३० प्रतिशत हो । हाल नेपालमा सङ्क्रमण पुष्टि भएकामध्ये २३ प्रतिशतको मृत्यु भएको गौतमले बताए । ‘मृत्यु हुनेमा १५ वर्ष मुनिका बालबालिका पनि छन्,’ उनी भन्छन्, ‘गत वर्षको तुलनामा यो वर्ष मृत्युदर बढी छ ।’

डा. गौतमका अनुसार गत वर्ष १०७ जनामा जापानीज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको थियो । सोमध्ये ७ जनाको मृत्यु भएको थियो । यो वर्ष ६१ जनामध्ये १४ जनाको मृत्यु भएको छ । जापानीज इन्सेफलाइटिस तराई क्षेत्रमा बढी देखिएको डा. गौतमले बताए ।  उनका अनुसार कैलाली, कपिलवस्तु, पाल्पा, चितवन, सिन्धुली, रौतहट, सर्लाही, सिराह, सुनसरी,  झापा जिल्ला लगायत रहेका छन् ।

प्रयोगशालामा पुष्टि भएका बिरामी धेरै जस्ता १५ वर्षभन्दा कम उमेरका रहेको उनले बताए । नेपालमा जापनीज इन्सेफलाइटिसका बिरामीहरू बर्सेनि अगस्ट र सेप्टेम्बर महिनामा उच्च हुन्छ । यसपछि सङ्क्रमण घट्दै जाने डा. गौतमले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जुम्लामा यार्सा टिप्न गएका दुई जनाको मृत्यु

जुम्ला । यार्सा सङ्कलनमा गएका जुम्लाका दुई जनाको मृत्यु भएको छ । तातोपानी गाउँपालिका वडा नम्बर ८, टोप्ला गाउँकी २७ वर्षीय कल्पना शाही र गुठिचौर गाउँपा...

जुम्लामा चट्याङ लागेर एक जनाकाे मृत्यु

जुम्ला । जुम्लामा चट्याङ लागेर एक जना महिलाकाे मृत्यु भएको छ ।  बिहिवार दिउँसो ४ बजे चट्याङ लागेर जिल्लाकाे तातोपानी गाउँपालिका- ८ स्थित टाेप्ला गा...

द्वन्द्वपीडितलाई विश्वासमा लिएर काम गर्न आयोगको आग्रह

काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले संक्रमणकालीन न्यायको विषयमा पीडितको सन्तुष्टिलाई केन्द्रमा राखेर काम गर्न आग्रह गरेको छ । आयोगले संक्रमणका...

ताप्लेजुङमा खोलाले बगाउँदा एकको मृत्यु

फुङ्लिङ । ताप्लेजुङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिदिङवा गाउँपालिका वडा नं. ६ स्थित मेहेलेको फावा खोलाले बगाउँदा मेहेले निवासी व...

राजनीतिक दल इमान्दार बन्नुपर्छ: प्रचण्ड

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रप्रति जनतामा नयाँ आशा पलाएको बताएका छन् ।  ...

बीआरआईमा चीन-पाकिस्तान-अफगानिस्तानबीच सहमति

काठमाडाैं । चीनकाे महत्वकांक्षी परियाेजना बीआरआईमा चीन-पाकिस्तान र अफगानिस्तानबीच नयाँ सहमति भएकाे छ । चिनियाँ संचारमाध्यमहरूका अनुसार आर्थिक करिडोर (...

हनिट्रयापमा फसाएर चार आना जग्गा माग्ने दुई युवती पक्राउ

काठमाडाैं । हनिट्रयापमा फसाएर जग्गा र पैसा माग्दे दुई युवती पक्राउ परेका छन् । कैलालीको गोदावरी–१० दमौरा घर भएकी ममता तामाङ र भक्तपुर–१७ सल्लाघारीकी आ...

उदयपुरमा यौनधन्दा चलाउने र संलग्न हुने १३ जनाविरुद्ध मुद्दा दर्ता

उदयपुर । उदयपुरमा यौनधन्दा चलाउने र संलग्न हुने १३ जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख...

मुगुका एक युवा कर्णाली नदीमा बेपत्ता

मुगु । यार्सागुम्बा संकलन गर्न हिँडेका एक युवक चिप्लिएर मुगु कर्णाली नदीमा बेपत्ता भएका छन् । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५, सेरोग गाउँका ४० ...

मकवानपुरमा बाघको आक्रमणबाट घाँस काट्न गएकी महिला घाइते

मकवानपुर । मकवानपुरको मनहरीमा बाघको आक्रमणबाट एकजना महिला घाइते भएकी छिन् । प्रहरीका अनुसार स्थानीय ४० वर्षीया फूलमाया चेपाङ घाइते भएकी हुन् । गाउँ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending