Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

संविधान दिवस भव्य रूपमा मनाउन मुख्यमन्त्री आचार्यको आह्वान

खबरडबली संवाददाता

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान दिवस २०८१ जनस्तरबाट भव्य रूपमा मनाउन आह्वान गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा सम्पन्न संविधान तथा राष्ट्रिय दिवस मूल समारोह समितिको आइतबार बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले संविधान दिवसलाई नागरिक स्तरबाट भव्य रूपमा मनाउन आह्वान गरेका हुन् । 

सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई जनतासामु पुर्‍याउन संविधानको कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध रहेको सो अवसरमा मुख्यमन्त्री आचार्यले बताए । प्रदेश सरकारले संविधान दिवस २०८१ लाई भव्य रूपमा मनाउने निर्णय यसअघि गरिसकेको छ । आगामी असोज २, ३ र ४ गते तीन दिनसम्म प्रदेश भित्र विभिन्न कार्यक्रम आयोजना गर्न थालिएको हो । 

असोज २ गते प्रदेश स्थित सबै सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा फहराउने, कार्यालय परिसरमा सरसफाइ गर्ने, स्वास्थ्य मन्त्रालयको समन्वयमा निःशुल्क स्वास्थ्य परीक्षण जाँच कार्यक्रम सञ्चालन गर्ने, प्रदेश सरकारी निकायका वेबसाइटमा संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रूपले मनाउने बारेमा सूचनाहरू सार्वजनिक गर्ने, संविधान कार्यान्वयनको पहिलो दशक: उपलब्धि र चुनौती विषय विज्ञसँग छलफल कार्यक्रम सञ्चालन गर्ने, जसको लागी फेडरलिजम एण्ड लोकलाइजेसन सेन्टर सँग समन्वय गरिने भएको छ । आमा नागरिकलाई तीन दिन आ–आफ्नो घरको छत, बरन्डामा दीपावली गर्न आह्वान गरिएको छ । 

असोज ३ गते संविधान दिवसको मूल समारोह आयोजना गरिने छ । विभिन्न सांस्कृतिक झाँकी सहित बिहान प्रभातफेरीको आयोजना गरिने भएको हो । लुम्बिनी प्रदेश राजधानी परिसर क्षेत्र राप्ती उपत्यका देउखुरीमा मूल समारोह आयोजना गरिने र सो कार्यक्रमको प्रत्यक्ष प्रसारण आम सञ्चारका माध्यमबाट गर्न आह्वान गरिएको छ । 

यस्तै असोज ४ गते उपयुक्त स्थान पहिचान गरेर प्रदेश सरकारका मन्त्रालय, निर्देशनालय कार्यालय सम्बद्ध सरोकारवालाहरूको समन्वयमा वृक्षारोपण कार्यक्रम गर्ने जनाइएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा सम्पन्न बैठकमा प्रमुख प्रतिपक्ष दल नेता जोखबहादुर महरा, संसदीय दलका नेता तथा प्रतिनिधि, मन्त्रीहरू, सचेतक सहित मन्त्रालयका सचिव तथा कर्मचारी, गैर सरकारी संस्था महासङ्घका प्रतिनिधि, पत्रकारहरूको सहभागिता थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु

एजेन्सी । मालीको राजधानी बामाकोमा सैनिक प्रहरी तालिम शिविर र सैनिक विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु र दुई सय ५५ जना घाइते ...

माओवादी केन्द्रले पार्टीका जनवर्गीय सङ्गठनलाई थप प्रभावकारी बनाउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीका जनवर्गीय सङ्गठनलाई थप प्रभावकारी बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको पद...

कुलोमा खसेर बालिकाको मृत्यु

बुटवल । बुटवलको सोह्र छत्तिस कुलोमा खसेर एक बालिकाको मृत्यु भएको छ । बिहीबार खेल्ने क्रममा बुटवल उपमहानगरपालिका– ११ की ४ वर्षीय विविशा खरेल स्रोत छत्त...

खैरो हेरोइनसहित दुईजना युवती पक्राउ

कैलाली​ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–८ स्थित धनगढीगाउँबाट प्रहरीले लागु औषधसहित दुईजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा २७ वर्षीया ...

मुस्ताङको जोमसोममा बसपार्क सञ्चालन

मुस्ताङ । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमस...

दुईतिहाइको वर्तमान सरकार सबैभन्दा अस्थिर छ:लामिछाने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुईतिहाइको वर्तमान सरकार सबैभन्दा अस्थिर रहेको टिप्पणी गरेका छन् । कांग्रेस सभापति रिसा...

फिल्म ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिक

काठमाडौं । असोज १७ गते (घटस्थापना) देखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक...

फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्बजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ स्थानमा झरेको हो । यसअघि नेपाल...

खाद्य सुरक्षाका लागि सुपथ मूल्य पसल : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संविधानमा खाद्य सुरक्षा र सम्प्रभुता मौलिक हकका रुपमा राखिएकाले त्यसको कार्यान्वयनमा सर...

समयसापेक्ष संशोधनले दीर्घ जीवन प्राप्त गर्छ: महामन्त्री शर्मा

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समयसापेक्ष संशोधनले नै संविधानले दीर्घजीवन प्राप्त गर्ने बताएका छन् ।  नेपाली कांग्रेसको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy