Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

नेपाली वस्तुको निर्यात बढाउन ठोस नीतिको आवश्यकता छ:मन्त्री भण्डारी

खबरडबली संवाददाता

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली वस्तुको निर्यात बढाउन ठोस नीतिको आवश्यकता औँल्याएका छन् । 

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको ५४औं वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा उनले नेपाली वस्तुको तेस्रो मुलुकमा निर्यात अत्यन्तै न्यून रहेकाले निर्यात बढाउन ठोस नीति बनाउनुपर्नेमा जोड दिए । मन्त्री भण्डारीले भने, “तेस्रो मुलुकमा निर्यातभन्दा आयात धेरै छ, पारवहनको संरचना समय सापेक्ष हिसाबले बढ्नुपर्नेमा घट्दै गएको छ, व्यवसाय बढ्नुपर्नेमा पारवहन धरासयी अवस्थामा पुगेको छ, यही ढङ्ले संस्था चल्न सक्दैन, यस्तै भए सरकारले सोच्नुपर्ने हुन्छ, फजुल सरकारी बजेट दुरुपयोग भइरहेको छ, ठोस नीति आवश्यक छ योजना बनाउनुस, संस्था चलायमान बनाउन सरकारको आग्रह छ ।”

भारतका विभिन्न ठाउँमा रहेका पोर्टहरुको अवस्था अत्यन्तै नाजुक अवस्था रहेको उल्लेख गर्दै उनले व्यवस्थित बनाउन निर्देशन दिए । “हाम्रो नीति निर्यात बढाउने हुनु पर्छ, ठोस योजना बनाएर प्रस्ताव ल्याउनुस्, मनत्रालयबाट आवश्यक सहयोग रहन्छ”, मन्त्री भण्डारीले भने । साथै उनले पारवहनका पदाधिकारीलाई साझेदार संस्थाहरुसँग हातेमालो गरेर ठोस योजना बनाउन निर्देशन दिए । 

उनले संस्थालाई चलायमान बनाएर समयसापेक्ष ढङ्गबाट चलाउन नसकिएको अवस्थामा सरकार घाटा बेहोरेर सञ्चालन गर्ने पक्षमा नरहेको बताए । पारवहनले सन्तोषजनक ढङ्गबाट कार्यसम्पादन गर्न नसके यसको औचितय नै समाप्त हुने मन्त्री भण्डारीको भनाइ थियो । उनले भने, “पारवहन सन्तोषजनक ढङ्गले नचले राज्यका लागि बोझ बनाउन सरकारले चाहे पनि सक्दैन ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चक्रवात ‘यागी’ का कारण दक्षिण पूर्वि एसियाका ६०लाख बालबालिका प्रभावितः युनिसेफ

बैङ्कक । चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको छ । यागीले दु...

जापानमा अक्टोबर १ मा नयाँ प्रधानमन्त्री चयन हुने

टोकियो । जापानमा आगामी हप्ताको नेतृत्व प्रतिस्पर्धापछि अक्टोबर १ मा संसदद्वारा औपचारिक रूपमा नयाँ प्रधानमन्त्री चयन गर्ने सत्तारुढ पार्टीका एक अधिकारी...

हिजबुल्लाहका सदस्यले प्रयोग गर्ने ‘पेजर’ विस्फोट हुँदा नौ जनाको मृत्यु, दुई हजारबढी घाइते

लेबनान । लेबनानमा इरान समर्थित लडाकु समूह हिजबुल्लाहका सदस्यहरूले एकआपससँग सञ्चार गर्न प्रयोग गर्ने हाते पेजरहरू विस्फोट हुँदा एक बालकसहित कम्तीमा नौ ...

गाजा युद्धविराम प्रयासलाई अगाडि बढाउन अमेरिकी विदेशमन्त्री इजिप्ट भ्रमणमा

कायरो । लेबनानमा भएको ‘पेजर’ विस्फोटको घटनाले गाजामा युद्धविरामको प्रयासलाई थप जटिल बनाएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बुधबार कायरो आइपुगे...

रास्वपाले स्थानीय तहको संख्या पाँचसयमा झार्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधान संशोधनमा आफ्नो एजेण्डा अगाडि सारेको छ । काठमाडौंमा भएको राष्ट्रिय भेलामा सभापति रवि लामिछाने...

अधिकृतलाई नक्कली शैक्षिक प्रमाणपत्रको आरोप

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, लगनखेल, ललितपुरमा कार्यरत दिपेन्द्र यादवलाई नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोप ला...

आगामी वैशाखमा रास्वपाले महाधिवेशन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशन मिति घोषणा गरेको छ । बुधबार पार्टी सभापति रवि लामिछानेले २०८२ वैशाख २५‚ २६ र २...

दाङमा बालिकामाथि जबरजस्ती करणी गरेकाे आराेपमा एक पक्राउ

दाङ । दाङमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना किशोर पक्राउ परेका छन् । बबई गाउँपालिका-१ कुम्बास बस्ने १९ वर्षीय याम बहादुर पुनल...

भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका १० मनमैजुबाट भन्सार छली ल्याएको मोटरसाईकल सहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।  शंकास्पद...

पर्सामा खरिद बिल नदेखाउने पसलेलाई ४५ हजार जरिवाना

वीरगञ्ज । खरिद बिल नदेखाउने वीरगञ्जका ६ पसलेलाई ४५ हजार रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त कार्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy