सिड्नी । पपुवा न्यु गिनीमा सुनखानी नजिकै सुरु भएको ठूलो जनजातीय लडाइँबाट बच्न महिला, केटी, वृद्ध र जवान केटाहरू भाग्दा कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्थानीय पत्रिका पोस्ट–कुरियरका अनुसार मुलुकको सबैभन्दा ठूलो सुन भण्डारमध्येको एक एन्गा प्रान्तको पोर्गेरा उपत्यकामा अवैध दुई खानी समूह एकआपसमा लड्दा गत साता एउटा समूहले अर्को समूहका दुई जनालाई मारेको थियो ।
दुई स्थानीय खानी कामदारसहित करिब २० व्यक्तिको मृत्यु भएको छ । प्रत्येक दिन मृतकको सङ्ख्या लगातार बढ्दै गएको छ । पोर्गेरामा पाँच हजारभन्दा बढी मानिसको सामूहिक पलायन भएको बताइएको छ ।
प्रहरी आयुक्त डेभिड म्यानिङले पोर्गेराका पूर्वाधार र बासिन्दाहरूको सुरक्षाका लागि आपत्कालीन आदेशहरू घोषणा गरिएको बताए ।
पोर्गेरा खानीलगायत महत्त्वपूर्ण पूर्वाधारको सुरक्षा गर्न प्रहरीले लडाकूहरूलाई हटाउन बलको वैध प्रयोग बढाइने उनले बताए ।
“सुरक्षा कर्मचारीहरूले निर्दोषहरूको सुरक्षा गर्न उपयुक्त भएमा वैध घातक बल प्रयोग गर्नेछन् । यसको मतलब सार्वजनिक रूपमा आपत्तिजनक हतियार बोक्ने कुनै पनि व्यक्तिलाई खतरा मानिनेछ र तदनुसार बल प्रयोग गरी व्यवहार गरिनेछ”, म्यानिङले भने, “हामीसँग जमिनमा मोबाइल स्क्वाड, डग स्क्वाड र सेक्टर रेस्पोन्स युनिटका साथै पपुवा न्यु गिनी डिफेन्स फोर्सका कर्मचारीहरू सहित एक सय २२ सुरक्षाकर्मी छन् ।”
न्गाका गभर्नर पिटर इपाटासले आइतबार सरकारलाई पोर्गेरा उपत्यकामा आदिवासी हिंसाको वृद्धिका कारण आपत्कालको अवस्था लागू गर्न आह्वान गर्नुभयो । रासस, सिन्ह्वा
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ९ गते, २०८१ - ०९:३१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिने भएका छन् । हाल सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाको प्र...
मंसिर ९ गते, २०८१ - ०९:२५
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित ग...
मंसिर ९ गते, २०८१ - ०९:१९
काठमाडौं । काठमाडौँको सुन्धारास्थित धरहरा चढ्न आजदेखि शुल्क लाग्ने भएको छ। यसअघि संविधान दिवस (असोज ३ गतेदेखि) परीक्षणका रूपमा निःशुल्क धरहरा खुला...
मंसिर ९ गते, २०८१ - ०९:१४
काठमाडौं । धितोपत्र बोर्ड अध्यक्षका लागि अर्थ मन्त्रालयमा अन्तर्वार्ता जारी छ। अन्तर्वार्तामा अध्यक्षका उम्मेदवारत्रय डा. नवराज अधिकारी, चिरञ्जीवी चाप...
मंसिर ९ गते, २०८१ - ०९:१०
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–६ को नागेश्वर सामुदायिक वनदेखि वडा नं ७ वातावरण सामुदायिक वनसम्मको आठ किलोमिटर क्षेत्रमा तारजालीको छेकबार लगाएपछि मा...
मंसिर ९ गते, २०८१ - ०८:३१
महोत्तरी । स्थानीय तह उपनिर्वाचनको सँघारमा भोट माग्न घरघर पुगेका विभिन्न राजनीतिक दलका नेतासँग महोत्तरी रामगोपालपुर–२ का मतदाताले कृषि क्षेत्र राज्यबा...
मंसिर ९ गते, २०८१ - ०७:५९
गाजा । गाजामा शनिबार भएको इजरायली हमलामा कम्तीमा छ जना बालबालिका सहित १९ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ । एजेन्सीका प्...
मंसिर ९ गते, २०८१ - ०७:५४
काठमाडौं । भारतको महाराष्ट्र विधानसभा चुनावमा भारतीय जनता पार्टी (बिजेपी) नेतृत्वको महायुति गठबन्धनले दुई तिहाई मत पाएको छ। २ सय ८८ सिटको महाराष्ट्र व...
मंसिर ९ गते, २०८१ - ०७:४७
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो पाँच महिनामा दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई ...
मंसिर ९ गते, २०८१ - ०७:३९
नारायणकाजी भन्छन्- पार्टीमा गुट नियन्त्रण गर्न नसकेकोमा ३५/३६ वर्षदेखि पार्टीको प्रमुख नेता प्रचण्डले मुख्य जिम्मेवारी लिनुपर्छ
प्रतिकृया लेख्नुहोस्: