क्वालालम्पुर । मलेसियाली अधिकारीले सयौं बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा हेरचाह केन्द्र सञ्चालक समूहको १ सय वटा बैंक खाता रोक्का गरेको प्रहरीले मङ्गलबार जनाएको छ ।
प्रहरीले इस्लामिक धार्मिक शिक्षक र कल्याणकारी घरहरुको हेरचाह गर्नेसहित १ सय ७१ संदिग्धहरूलाई पक्राउ गरेको छ र २० वटा हेरचाह गृहबाट ४ सयभन्दा बढी बालबालिकाको उद्धार गरेको छ । प्रहरीले लामो समयदेखि अहिले–निष्क्रिय अल–अर्काम सम्प्रदायसँगको सम्बन्धका लागि विवादास्पद रहेको ग्लोबल इखवान सर्भिस एन्ड बिजनेस (जीआईएसबी) समूहलाई अनुसन्धानको दायरामा राखेको छ ।
मलेसियाका प्रहरी प्रमुख रज्जारुद्दीन हुसेनले मङ्गलबार अधिकारीले यस समूहसँग सम्बन्धित ९६ वटा बैङ्क खाताहरू फ्रिज गरेको बताए । जसमा लगभग १ लाख २४ हजार डलर रहेको थियो । “हामीले कम्पनीसँग सम्बन्धित आठवटा सवारी साधन पनि जफत गरेका छौं”, उनले बताए ।
प्रहरीले छापा मारेलगत्तै जीआईएसबीले सेलान्गोर र नेगेरी सेम्बिलान राज्यमा भएको घटनाको आरोप अस्विकार गर्दै आफूले उक्त क्षेत्रमा हेरचाह केन्द्र सञ्चालन नगरेको बताएको थियो । तर शनिबार कम्पनीको फेसबुक पेजमा पोस्ट गरिएको भिडियोमार्फत प्रमुख कार्यकारी अधिकारी नसिरुद्दीन अलीले व्यापक दुर्व्यवहारको आरोपलाई अस्वीकार गर्दै आफुले सञ्चालन गरेको आश्रयस्थलहरूमा एक वा दुई यौन दुर्व्यवहारको घटना भएको भने स्विकार गरेका छन् ।
मेडिकल स्क्रिनिङबाट कम्तिमा १३ जना बालबालिकाले यौन दुर्व्यवहार भोगेको पुष्टि भएको गत हप्ता राजारुद्दिनले बताए । यो मुद्दाले मलेसियामा हेरचाह केन्द्रमा बालबालिकाको कल्याण र परोपकारी संस्थाहरूको नियमनको बारेमा चिन्ता उत्पन्न गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ८ गते, २०८१ - २०:४८
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा भाैतिक याेजना तथा निर्माण राज्यमन्त्री पदम राईको निधन भएको छ । पार्किन्सन रोगबाट थलिएका उनको उपचारका क्रमम...
मंसिर ८ गते, २०८१ - २०:३८
सर्लाही । सर्लाहीको बागमती नगरपालिका-११ स्थित महेन्द्र जनता मावि नजिक पूर्व-पश्चिम लोकमार्गमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएकाे छ । आज साँ...
मंसिर ८ गते, २०८१ - २०:११
जनकपुर । मधेस आन्दोलनका शहिद परिवारका सदस्यहरूले रोजगारीको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शन गरेका छन् । सो आन्दोलनमा ...
मंसिर ८ गते, २०८१ - २०:०५
कास्की । बालिकालाई बन्धक बनाइ यौन धन्दामा लगाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पोखराको लेकसाइडस्थित स्नोल्याण्ड होटलले सञ्चालन गरेको भिष...
मंसिर ८ गते, २०८१ - १९:४३
म्याग्दी । १३ वर्षअघि अंश वापत पाएको पाँच रोपनी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्दा बेनी नगरपालिका–४ सुर्केमेलाका डिलबहादुर केसीलाई धेरैले गाली गर...
मंसिर ८ गते, २०८१ - १९:३६
काठमाडौं । गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापित इन्भेष्टमेन्ट कम्पनीको सेयर कारोबारसम्बन्धी नयाँ व्यवस्था गरिएको छ । धितोपत्र बजारको नियामक निका...
मंसिर ८ गते, २०८१ - १९:२१
काठमाडौं । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको शल्यक्रिया गरेको छ । अमेरिकाको सिकागोमा रहेको ‘अप्रेसन वाल्क सिकागो’ को सहयोगमा ...
मंसिर ८ गते, २०८१ - १९:१३
सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका–११ खहरेस्थित अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता भएका छन् । चैनपुर–११ कुइबिरका ४८ वर्षीय गजेन्द्र ज...
मंसिर ८ गते, २०८१ - १८:५५
काठमाडौं । काठमाडौँका विभिन्न क्षेत्रमा आज (शनिबार) मात्रै तीन जना मृत भेटिएका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका, टोखा र दक्षिणकालीमा शव भेटिएको ...
मंसिर ८ गते, २०८१ - १८:५०
गुल्मी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालयमा चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म जिल्लाका ६० उजुरी दर्ता भएका छन् । उजुरीमध्ये ३५...
प्रतिकृया लेख्नुहोस्: