बाँके । नेपालबाट भारततर्फ लागूऔषध चरेस र अफिम तस्करी गर्ने नेपाली भारतमा निरन्तर पक्राउ पर्दै आएका छन् । नेपाली नाका सहज रुपमै पार गरेर भारतीय नाकामा पुगेपछि भारतीय सुरक्षाकर्मीले उनीहरुलाई पक्राउ गर्दै आएका छन् ।
केही दिन अघि मात्रै दुई किलो १६० ग्राम लागूऔषध अफिमसहित दुई जना नेपालीलाई नाका पारी रुपैडिहामा पक्राउ गरिएको घट्ना सेलाउन नपाउँदै फेरि आधा किलो चरेससहित एक जना नेपाली महिलालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको छ । प्रतिबन्धित लागुऔषध चरेशसहित एक नेपाली महिला भारतीय सीमावर्ती बजार रुपैडिहामा पक्राउ परेको रुपैडिहा प्रहरीले जनाएको छ ।
रुपैडिहा थाना इञ्चार्ज शम्शेरबहादुर सिंह र एसएसबी ४२ औं बाहिनीका उप कमाण्डेन्ट रमनलालको संयुक्त टोलीले खानतलाशी गर्दा पाँच सय ग्राम चरेशसहित रोल्पा मिरुल वडा नम्बर ४ बस्ने सीताकुमारी बुढालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बुढाका साथबाट बरामद गरिएको चरेशको अन्तर्राष्ट्रिय मूल्य १५ लाख रुपियाँ रहेको एसएसबी ४२ औं बाहिनीका कमाण्डेन्ट गंगा सिंह उदावतले बताए । उनले बुढा र बरामद चरेशलाई थप कारवाहीको लागि भारतीय अदालत बहराइच पठाइएको जनाए । यसैसाता रुपैडिहास्थित एसएसबीको ४२औं बाहिनीका इन्स्पेक्टर सत्येन्द्र सिंहको नेतृत्वमा रहेको गस्ती टोलीले रुकुमको सिस्ने गाउँपालिका वडा नम्बर ५ का बरीलाल घर्ती र उहाँकी पत्नी नरमाया घर्तीलाई दुई किलो १६० ग्राम लागूऔषध अफिमसहित पक्राउ गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८१ - २१:१४
बेलायत । गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटुवाल २०२५ का लागि बेलायतको एकसय प्रभावशाली व्यक्ति बन्न सफल भएका छन् । बेलायतको अवार्ड इन्टेलिज...
माघ ९ गते, २०८१ - २०:४६
काठमाडौं । प्रतिकूल मौसमका कारण बुधबार तराईका तीन विमानस्थलमा निर्धारित सबै उडान रद्द भएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज सिमरा, ने...
माघ ९ गते, २०८१ - २०:३७
काठमाडौं । पूजी निर्माणको आधार नहेरी खर्च गर्ने बानीले गर्दा देशको अर्थतन्त्र संकटमा पर्दै गएको नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले बताएका छन् । ...
माघ ९ गते, २०८१ - २०:३४
डडेल्धुरा । डडेल्धुरामा जिपको ढोकाबाट खसेर दुई जना घाइते भएका छन् । बैतडीबाट डडेल्धुरा तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१ ज ००८ नम्बरको बलेर...
माघ ९ गते, २०८१ - २०:३२
काठमाडौं । देशका छुट्टा छुट्टै स्थानमा चार जनाको शव फेला परेको छ । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटार बालुवाखानीस्थित खाली जमिनमा पहिचान ख...
माघ ९ गते, २०८१ - २०:२९
कैलाली । कैलालीबाट सात ग्राम लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गोदावरी नगरपालिका–३ मालाखेती चोकमा लागूऔषधको कारोबार भइरहेको विशेष सूचनाक...
माघ ९ गते, २०८१ - २०:१८
काठमाडाैं । नाटकीय शैलीमा १५ जना भन्दा धेरैबाट करिब एक करोड रुपैयाँ ठगी गर्ने युवक पक्राउ परेका छन् । नुवाकोटको ककनी गाउँपालिका–२ घर भई काठमाडौं महानग...
माघ ९ गते, २०८१ - २०:१४
काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले समानुपातिक समावेशीताको कार्यान्वयन गर्नुपर्ने बताएका छन् । ललितपुरको पुल्चोकस्थित आयोगको...
माघ ९ गते, २०८१ - २०:१०
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा ५१ लाख ३९ हजार ४०२ सहयोग गरेको छ । सशस्त्र प्रहरी बलको २४औँ वार्षिकोत...
माघ ९ गते, २०८१ - २०:०३
काठमाडाैं । भारतमा हालै सम्पन्न प्रथम खो खो विश्व कपमा उपविजेता बनेको नेपाली पुरुष तथा महिला टोलीका खेलाडीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले सम्मान गरेक...
प्रतिकृया लेख्नुहोस्: