काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४० वर्ष मुनिका २० युवालाई पार्टीको केन्द्रीय सदस्य पदमा छनोट गरेको छ।
नवीन राप्रपा कार्ययोजनाअनुसार २० युवालाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।
पार्टीका वरिष्ठ उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा छनोट समिति गठन गरेर २० युवालाई पार्टीको केन्द्रीय सदस्यमा छनोट गरिएको हो। जसमा १० जना पुरुष र १० जना महिला छन्।
पुरुषतर्फ दार्चुलाका अशोकसिंह सम्राट, कैलालीका लोकेन्द्र कुँवर, काठमाडौँका विनोद श्रेष्ठ र शमीर शर्मा, कास्कीका अरुण गिरी, सिन्धुपाल्चोकका गोपीकृष्ण चौलागाईं, दाङका शिवकुमार चौधरी, सुर्खेतका रविकिरण हमाल, पश्चिम नवलपरासीका नवतीतकुमार मिश्र र युके प्रवासका डेभिड थापा राप्रपाको केन्द्रीय सदस्य बनेका छन्।
त्यसैगरी महिलातर्फ धादिङकी बिना लामा, पर्साकी बिना जयसवाल, सिन्धुपाल्चोककी लक्ष्मी थापा, सुनसरीकी नजियाँ खातुन मियाँ, ललितपुरकी सजिना कार्की, सल्यानकी अनिशा नेपाली, तनहुँकी रेजिना श्रेष्ठ, काभ्रेपलाञ्चोककी दीपा श्रेष्ठ, काठमाडौँकी आश्माकुमारी केसी र हुम्लाकी तारा जैसी पनि केन्द्रीय सदस्यमा छनोट भएका छन्।
आश्माकुमारी केसी मिस नेपाल वर्ल्ड २०२४ कि विजेता हुन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन २२ गते, २०८१ - ०९:३८
काठमाडौं । बाढीपहिरोले क्षति पुर्याएको १० दिनपछि संघीय सरकारका मन्त्रीहरू मंगलबार संयुक्तरूपमा प्रभावित क्षेत्रमा गएका छन्। बाढीप्रभावित क्षेत्रको अव...
आश्विन २२ गते, २०८१ - ०९:३०
बेइजिङ । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ-१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र शेन्झाउ-१८ लाई पृथ्वीमा स्वागत गर्ने कार्यक्रम रहेको चिनिया...
आश्विन २२ गते, २०८१ - ०९:२४
सुनसरी । देवानगञ्ज गाउँपालिका-२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गरेका छन्। तीमध्ये करिब दुई बिघाभन्दा बढीमा घुटराज जातको धान छ। दशैँअ...
आश्विन २२ गते, २०८१ - ०९:०१
काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्...
आश्विन २२ गते, २०८१ - ०८:३९
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर २०२४)को अवधिको हावापानी आकलन सार्वजनिक गरेको छ । विभाग...
आश्विन २२ गते, २०८१ - ०८:२६
काठमाडौं । काठमाडौंका बासिन्दाले आजदेखि पुनः मेलम्चीको पानी उपभोग गर्न पाउने भएका छन्। वर्षायाम सुरु भएसँगै रोकिएको पानी आजदेखि पुनः काठमाडौं ल्याउन ल...
आश्विन २२ गते, २०८१ - ०८:२१
धरान । सुनसरीको चतरास्थित सप्तकोसी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ। नदीमा जलसतह र बहाव घट्दै गएपछि आजदेखि पुनः सञ्चालन सुरु गरिएको सुनसरीका ...
आश्विन २२ गते, २०८१ - ०८:११
सर्लाही । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अन्तिम समय भइसक्दा पनि सर्लाहीका पालिकाको खाता सञ्चालन नहुँदा तलबभत्ता भुक्तानीमा समस्या भएको छ। दसै...
आश्विन २२ गते, २०८१ - ०७:३६
काठमाडौं । नेकपा एकीकृत समाजवादीका असन्तुष्ट नेताहरूले अध्यक्ष माधवनेपाललाई महाधिवेशनको म्यान्डेट विपरीतका सबै कामकारबाही खारेज गर्न माग गर्दै ज्ञापन ...
आश्विन २२ गते, २०८१ - ०७:२३
काठमाडौं । देशका केही भूभागमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो। पहाड...
प्रतिकृया लेख्नुहोस्: