Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

कांग्रेस-एमालेले संविधान संशोधनको मुद्दा सफा नियतले अघि सारेका होइनन् : अग्नि सापकोटा

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रणालीमा गए अस्थिरता अन्त्य हुन्छ

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रणालीमा गए अहिले देखिएको अस्थिरता अन्त्य हुने बताएका छन्। 

उनले कांग्रेस-एमालेलाई संघीयता पनि घाँडो लागेकाले  सत्ताको लागि संविधान संशोधनको तुरुप फ्याँकिएको दाबी गरे। 

त्यसबारे उनका भनाइ 

हामीले त्यतिबेला पनि (संविधान निर्माणका क्रममा) केही नोट अफ डिसेन्ट राखेका थियौँ । हाम्रा नोट अफ डिसेन्टहरु के थिए भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रणाली हुनुपर्छ भनेका थियौँ । अहिलेसम्मको अनुभवले पनि के देखिएको छ त भन्दाखेरी यदि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा गएको भए, यसखालको अस्थिरता, यसखालको अन्योलता देखापर्ने थिएन । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणाली नै फेरि आवश्यक छ भन्ने छ र हामीले अहिले फेरि त्यसकै माग गरिरहेका छौँ ।

संविधानको अभ्यास नै भएको छैन । राम्रोसँग अभ्यास नभइ सकेपछि यसको महत्वपूर्ण पक्षहरु लागू भएका पनि छैनन् । संविधान भनेको संशोधनीय दस्तावेज हो । यो संशोधन हुन नसक्ने भन्ने होइन । तर मलाई के लाग्छ भने यो संविधानको संशोधन, परिमार्जन, पुनरावलोकन भन्नुभन्दा संविधानमा विकास गर्नुपर्छ । त्यसलाई अझ अग्रगामी, अझ प्रगतिशिल, अझ जनताको हक, अधिकारको दायरालाई फराकिलो बनाउनुपर्छ । त्यसअर्थमा संविधानको विकास गर्न सकिन्छ ।

तर, अहिले जुन संविधानको संशोधनको कुरा सरकारले उठाइरहेको छ नि, त्यसमा हामी सफा नियत देख्दैनौँ । उहाँहरुले नै भनिराख्नुभएको छ कि राष्ट्रिय सभालाई समावेशी बनाउने । त्यसो भएपछि, प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित मात्रै बनाउने आदि कुराहरु बाहिर आइराखेका छन् नि । संवैधानिक व्यवस्थाले गर्दा अस्थिरता भयो भनेर भनेको छ नि, यो चाहीँ उहाँहरूको सोच नै बेठिक छ । उहाँहरु संविधान संशोधनको कुरा अग्रगामी सोचबाट उठाइराख्नुभएको छैन ।

प्रगतिशील कोणबाट उठाइराख्नुभएको छैन । पछाडि फर्किने छ । जनताका अधिकारहरूलाई बढाउने हिसावले उहाँहरुले कुरा ल्याउनुभएको छैन । जस्तोः राष्ट्रिय सभालाई समानुपातिक बनाउने, समावेशी बनाउने । प्रतिनिधि सभा प्रत्यक्ष भनेको छ । राष्ट्रिय सभा त विशुद्ध एउटा प्राज्ञिक थलो जस्तो हो । त्यहाँ नीति, निर्माणका लागि प्रतिनिधि सभा नै निर्णायक हुन्छ । प्रतिनिधि सभाबाट समावेशितालाई हटाइदिइसकेपछि त त्यसको कुनै अर्थ हुँदैन । त्यसकारण जनताका अधिकारहरु कटौती गर्ने अन्तर्निहित उद्देश्यले जस्तोः दलित, महिला, आदिबासी, जनजाति यि सबै समानुपातिकबाट प्रतिनिधि सभामा आउने कुरालाई त ढोका बन्द गर्नेकुरा भयो नि । त्यसकारण सर्वथा यो बेठिक छ । पश्चगामी छ । पछाडितिर फर्किने खालको छ । त्यसमा हाम्रो सहमति हुँदैन ।

अहिले संविधान संशाधनको कुरा यो सफा नियतले ल्याएको छैन । उहाँहरुलाई सत्तामा पुग्नुपर्थ्यो । उहाँहरूलाई दुई दलीयतातिर देशलाई लैजानुपर्थ्यो । पहिलो त, सत्तालिप्साको कारणले नै उहाँहरुले यसलाई आवरण बनाएको मात्रै हो । संविधान संशोधनलाई आवरण बनाएको हो । उहाँहरुलाई त अहिले जनतालाई दिएको अधिकार पनि बढी भयो जस्तो लागेको छ । संघीयता पनि घाँडो जस्तो लागेको छ । यी सबै कुराले गर्दा भैहाल्यो भने पछिल्तिर फर्किनका लागि अनुकूल हुन्छ कि भनेर फालेको तुरुप हो यो ।

मुख्यतः सत्तामा जाने भर्‍याङ बनाउन हो । पहिलो र दोस्रो दल मिलेर किन सरकार बनाएको रु भनेर उठ्ने प्रश्नलाई हामीले त संविधान संशोधनको उद्देश्य राखेर पो गरेको भन्ने पार्नलाई हो । संशोधन गर्ने भनेपछि उहाँहरु पछाडि फर्किने कुरा हो । मलाई लाग्छ दुई दल (कांग्रेस-एमाले) बाहेक संविधान संशोधनका लागि तयार हुँदैनन् । र जनतालाई पनि त्यो सैह्य हुँदैन । त्यसकारण संविधान संशोधन उहाँहरुले भनेको जस्तो सहज छैन ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको नेता चयनमा किन ढिलाइ ?

काठमाडौं ।  कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...

शीर्ष नेताहरूको हस्तक्षेप- सुहाङलाई रोकेर ७० वर्षका बादललाई दलको नेता बनाइयो

काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...

आजदेखि एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने

जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध

आजदेखि संसद् अधिवेशन, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending