Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

तराई झरेर काठमाडौंसम्म पुग्छ भोजपुरको अकबरे

खबरडबली संवाददाता

भोजपुर ।  पहाडी जिल्ला भोजपुरका कृषकमा अकवरे खुर्सानीको मोह बढेको छ। पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरिएको छ। 

खुर्सानी बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि कृषकमा उत्साह थपिएको हो। जिल्लामा उत्पादन भएको खुर्सानी भोजपुरमा मात्र खपत हुँदैन। यसको माग तराईदेखि काठमाडौंसम्म पनि उत्तिकै छ। 

अकबरेको व्यावसायिक खेती गर्दै आएका भोजपुर नगरपालिका–५ का कृषक फवीन्द्र प्रधानले मेहनत गर्न सकेमा खुर्सानी खेतीबाट राम्रो आम्दानी हुने गरेको बताए। उनले भने, “अहिले प्रतिकेजी रु दुई सय ५० देखि रु तीन सयका दरले खुर्सानी बिक्री हुँदै आएको छ।  मैले करिब २० रोपनी क्षेत्रफलमा व्यावसायिक कृषि गर्दै आइरहेको छु।” 

खुर्सानीबाट राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएर यसको खेती गर्नेहरु पनि छन्। पौवादुङमा गाउँपालिकाका ध्रुवकुमार राईले त्यसैमध्येको एक हुन्। दश वर्षभन्दा बढी वैदशिक रोजगारीमा बिताएका उनी पछिल्लो पाँच वर्षदेखि व्यावसायिक खुर्सानी खेतीमा रमाएका छन्। राईले गाउँमै ध्रुव कृषि तथा पशुपालम फर्म खोलेर व्यावसायिक रुपमा कृषि कर्म गर्दै आएका हुन्।

“वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान लाग्ने खर्चको सही सदुपयोग गर्न सकिएमा स्वदेशमै पनि केही गर्न सकिने रहेछ”, राईले भने। रु दुई लाख खर्च गरेर दुई हजार पाँच सय विरुवा अकबरे लगाउन सके मात्रै राम्रो आम्दानी लिन सकिने राईको अनुभव छ। 
    
यसअघि मकै, कोदो, आलुलगायतको खेती गनेउहरु प्नि यतिबेला अकबरे लगाउन थालेको स्थानीय सीताराम प्रधानको भनाइ छ। पौवादुङमा गाउँपालिकामा व्यावसायिक अकबरे खुर्सानी सुरु गरेका मन्दिरा विश्वकर्माले यसबाट मनग्गे आम्दानी भएको बताए।

जिल्लाका षडानन्द, अरुण, भोजपुर, टेम्के मैयुङलगायत गाउँपालिकामा व्यावसायिक खुर्सानी खेती भइरहेको छ। कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार नेपालका प्रायः सबै भू–भागमा अकबरे खुर्सानीको जिल्लाका षडानन्द, अरुण, भोजपुर, टेम्के मैयुङलगायत गाउँपालिकामा व्यावसायिक खुर्सानी खेती भइरहेको छ। कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार नेपालका प्रायः सबै भू–भागमा अकबरे खुर्सानीको खेती हुने भए पनि पहाडी जिल्लामा राम्रो उत्पादन हुने गरेको छ।  प्रदेशका पहाडी जिल्ला इलाम, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर लगायतका जिल्लामा यसको उत्पादन धेरै हुने गरेको छ। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दरबारमार्गको कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं ।  संविधान दिवसका अवसरमा काठमाडौंको दरबारमार्गमा आयोजित ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । ‘नेसन...

संविधानको विरोधमा प्रदर्शन गरेको आरोपमा संसद भवन अगाडिबाट सात जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडिबाट सात जनालाई पक्राउ गरेको छ । संविधानको विरोधमा प्रदर्शन गरेको आरोपमा उनीहरूलाई निय...

बालबालिकाको पढाइमा सुधार नभएपछि अभिभावकलाई पढाउँदै शिक्षक

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१२, बथनीयाकी ५० वर्षीया कृष्णकुमारी कुशवार केही दिनयता पढ्न जान थालेकी छन् । ६ वर्षीया नातिनी पढ्दै गरेको विद्याल...

सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेकोे भीड

काठमाडौं। आजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको भीड लागेको छ। शुल्क निर्धारण नभएसम्मका लागि संविधान दिवसको अवसर पारेर आजदेखि निःशुल...

संविधान दिवसमा ‘सांसदसँग विद्यार्थी’ कार्यक्रम

बाँके । बाँकेको एक विद्यालयले सांसदसँग विद्यार्थी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बैजनाथ गाउँपालिका –५ स्थित प्रभात नमुना माध्यमिक विद्यालयले ब...

असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने

मुगु  । नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरेर हिमाली जिल्ला मुगुमा सुपथ पसल आगामी असोज ७ गतेदेखि सञ्चालनमा आउने भएको छ ।  खाद्य व्यवस्था तथा व्या...

प्रदेश सरकारलाई बलियो बनाए मात्र गणतन्त्र मजबुत हुन्छः मुख्यमन्त्री सतिशकुमार सिंह

जनकपुर  । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारलाई बलियो बनाएको खण्डमा मात्र लोकतन्त्र, गणतन्त्र मजबुत भइ संविधान बलियो हुने बताएका...

राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधनः प्रदीप ज्ञवाली

जनकपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । बिहीबार जनकपुर विमानस्...

राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधनः प्रदीप ज्ञवाली

जनकपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । बिहीबार जनकपुर विमानस्...

चाडपर्व लक्षित सुपथ पसल सञ्चालनमा, केमा कति छुट ?

काठमाडौं । सरकारले दसैं–तिहारसहित चाडपर्व लक्षित गरेर बिहीबार (असोज ३ गते) देखि सुपथ पसल सञ्चालनमा ल्याएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy