Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

कांग्रेस बाँकेले सुरु गर्‍यो सुदृढीकरण अभियान

खबरडबली संवाददाता

बाँके । नेपाली कांग्रेस बाँकेले ‘चार महिने पार्टी सङ्गठन सुदृढीकरण अभियान’ सुरु गरेको छ । आगामी पुस मसान्तसम्म सञ्चालन हुनेगरी चार महिने अभियान सुरु गरिएको हो । 

“ज्येष्ठ नागरिक, महिला र युवाको योगदानः पार्टी सङ्गठन सुदृढीकरणमा बाँके अभियान” नाम दिइएको चार महिने अभियानका लागि जिल्लाका ८१ वटै वडामा जिल्ला प्रतिनिधि खटाइएको कांग्रेस बाँकेले जनाएको छ । अभियानको मङ्गलबार एक औपचारिक कार्यक्रम गरी शुभारम्भ गरिएको छ । 

जिल्लामा रहेका ८१ वटा वडाहरुको साङ्गठनिक अवस्थाका बारेमा जानकारी लिँदै वडा तथा टोल स्तरमा रहेका नेपाली कांग्रेसका अगुवा, ज्येष्ठ नागरिक, महिला र युवाहरुको पहिचान गरी पार्टीप्रतिको भूमिका, सक्रियताको अवस्थालाई विश्लेषण गर्दै उनीहरुलाई पार्टी सङ्गठनलाई सुदृढीकरणमा एकताबद्ध बनाउँदै लैजाने अभियानको मुख्य उद्देश्य रहेको पार्टी सभापति नारायणप्रसाद गौडेलले बताए । 

स्थानीय तहबाट सेवा प्रवाहको अवस्था, विकास निर्माण, समुदायस्तरमा भएका सकारात्मक प्रयास, उपलब्धि र सुधार गर्नुपर्ने विषयमा जिल्ला तहबाट नीतिगत रुपमा पहलकदमी लिने, भातृ, शुभेच्छुक सङ्गठनलाई सक्रिय बनाउने, जनताका गुनासो सुनेर समाधानका लागि पहल गर्ने लगायतका उद्देश्य यो अभियानको रहेको छ । यो अभियानको प्रस्ताव कांग्रेस बाँकेले दोस्रो जिल्ला अधिवेशनबाटै पारित गरेको प्रवक्ता डिल्ली गिरीले बताए । 

अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले सङ्गठनलाई सुदृढ बनाउँदै अझ सशक्त बनाउनतर्फ लाग्न आग्रह गरे । कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टी बलियो भएमात्र प्रतिस्पर्धी दलहरुसँग प्रतिस्पर्धा गर्न सकिने बताउँदै आपसी मनमुटाव, वैमनस्य र तिक्तता त्यागेर सङ्गठन निर्माणमा लाग्न आग्रह गरे । पुनले कांग्रेस बाँकेको क्रियाशीलता लोभलाग्दो भएको पनि उल्लेख गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चक्रवात ‘यागी’ का कारण दक्षिण पूर्वि एसियाका ६०लाख बालबालिका प्रभावितः युनिसेफ

बैङ्कक । चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको छ । यागीले दु...

जापानमा अक्टोबर १ मा नयाँ प्रधानमन्त्री चयन हुने

टोकियो । जापानमा आगामी हप्ताको नेतृत्व प्रतिस्पर्धापछि अक्टोबर १ मा संसदद्वारा औपचारिक रूपमा नयाँ प्रधानमन्त्री चयन गर्ने सत्तारुढ पार्टीका एक अधिकारी...

हिजबुल्लाहका सदस्यले प्रयोग गर्ने ‘पेजर’ विस्फोट हुँदा नौ जनाको मृत्यु, दुई हजारबढी घाइते

लेबनान । लेबनानमा इरान समर्थित लडाकु समूह हिजबुल्लाहका सदस्यहरूले एकआपससँग सञ्चार गर्न प्रयोग गर्ने हाते पेजरहरू विस्फोट हुँदा एक बालकसहित कम्तीमा नौ ...

गाजा युद्धविराम प्रयासलाई अगाडि बढाउन अमेरिकी विदेशमन्त्री इजिप्ट भ्रमणमा

कायरो । लेबनानमा भएको ‘पेजर’ विस्फोटको घटनाले गाजामा युद्धविरामको प्रयासलाई थप जटिल बनाएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बुधबार कायरो आइपुगे...

रास्वपाले स्थानीय तहको संख्या पाँचसयमा झार्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधान संशोधनमा आफ्नो एजेण्डा अगाडि सारेको छ । काठमाडौंमा भएको राष्ट्रिय भेलामा सभापति रवि लामिछाने...

अधिकृतलाई नक्कली शैक्षिक प्रमाणपत्रको आरोप

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, लगनखेल, ललितपुरमा कार्यरत दिपेन्द्र यादवलाई नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोप ला...

आगामी वैशाखमा रास्वपाले महाधिवेशन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशन मिति घोषणा गरेको छ । बुधबार पार्टी सभापति रवि लामिछानेले २०८२ वैशाख २५‚ २६ र २...

दाङमा बालिकामाथि जबरजस्ती करणी गरेकाे आराेपमा एक पक्राउ

दाङ । दाङमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना किशोर पक्राउ परेका छन् । बबई गाउँपालिका-१ कुम्बास बस्ने १९ वर्षीय याम बहादुर पुनल...

भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका १० मनमैजुबाट भन्सार छली ल्याएको मोटरसाईकल सहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।  शंकास्पद...

पर्सामा खरिद बिल नदेखाउने पसलेलाई ४५ हजार जरिवाना

वीरगञ्ज । खरिद बिल नदेखाउने वीरगञ्जका ६ पसलेलाई ४५ हजार रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त कार्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy