Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

रामेछाप पहिरोमा ज्यान गुमाएका र बेपत्ताका परिवारलाई राहत रकम दिन समस्या

खबरडबली संवाददाता

रामेछाप। हकवाला पहिचान हुन नसक्दा रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्क पहिरोमा ज्यान गुमाएका तीन जना र बेपत्ता दुई जनाको परिवारलाई सरकारले अझै राहत रकम प्रदान गर्न सकेको छैन । 

पहिरोमा परि ज्यान गुमाएका ५७ वर्षीय उर्मिला पहरी, ११ वर्षका विज्ञान पहरी र खुट्टाको पाइताला मात्रै फेला परेको २३ वर्षकी बिन्दा पहरीको अझै हकवाला पहिचान हुन सकेको छैन । त्यसैगरी पहिरोमा बेपत्ता भएका ५५ वर्षका काले पहरी र ५० वर्षकी झ्याउँकिरी पहरीको पनि राहत रकम बुझ्ने हकवाला पहिचान हुन सकेको छैन । 

पहिरोमा ज्यान गुमाएका मध्ये पाँच जनाको परिवारलाई राहत उपलब्ध गराइसकिएको र बाँकी मृतक तथा बेपत्ताको विधि प्रक्रिया अनुसारको हकवाला पहिचान हुन नसक्दा राहत रकम प्रदान गर्न समस्या भएको रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति रामेछापका सदस्य सचिव किसान न्यौपानेले बताए। 

उनले भने, “पहिरोमा परि ज्यान गुमाएका पाँच जनाको परिवारलाई विपद् पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड, २०७७ र प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० बमोजिम राहत रकम प्रदान गरियो । मृतक तीन जना र बेपत्ता दुई जनाको विधि र प्रक्रिया अनुसार हकवाला पहिचान हुन नसक्दा राहत रकम दिन समस्या भयो। विधि र पक्रिया अनुसार स्थानीय तहबाट हकवाला पहिचान भएर आएपछि तत्काल राहत रकम उपलब्ध गराउन समस्या छैन ।” हकवाला पहिचान बाहेक मृतक तथा बेपत्ताका परिवारलाई राहत रकम दिने विषयमा अन्य कुनै पनि समस्या नरहेको उनले बताए। 

पहिरोमा परी ज्यान गुमाएकी ७५ वर्षीया पुड्की पहरीको परिवारले सङ्घीय कोषबाट दुई लाख र प्रदेश कोषबाट एक लाख गरी तीन लाख रुपियाँ राहत रकम पाएका छन् । त्यसैगरी ३० वर्षका सन्दीप पहरी र ११ वर्षका सन्तोष पहरीको परिवारले सङ्घीय कोषबाट तीन लाख र प्रदेश कोषबाट दुई लाख गरी पाँच लाख रुपियाँ, ३२ वर्षकी चण्डिका थापा मगर र १८ महिनाका आमोष श्रेष्ठको परिवारले सङ्घीय कोषबाट तीन लाख र प्रदेश कोषबाट दुई लाख गरी पाँच लाख रुपियाँ राहत रकम पाएका छन् ।  

दोरम्बा शैलुङ्ग गाउँपालिका–३ लेखर्क स्थित पहरी गाउँमा गत भदौ ९ गते बिहानी पख अविरल वर्षा पछिको पहिरोमा पुरिएर ११ जना बेपत्ता भएका थिए। जसमध्ये ७ जनाको शव भेटिएको थियो भने एक जनाको खुट्टाको पाइताला मात्रै भेटिएको थियो । पहिरोमा परेका ५५ वर्षका काले पहरी र ५० वर्षकी झ्याउँकिरी पहरी भने अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

महासचिव नपाएका ज्ञवाली उपाध्यक्ष बन्न मानेनन्, महाधिवेशनमा अनुपस्थित

काठमाडौं । एमालेको आगामी महाधिवेशनअन्तर्गत भोलि (मंगलबार) हुने निर्वाचनमा नयाँ नेतृत्व चयन हुने तयारी छ। अध्यक्ष पदका मुख्य प्रतिस्पर्धी केपी शर्मा ओल...

एमाले महाधिवेशन निर्वाचन कार्यतालिका संशोधन, उम्मेदवार फारम दर्ता दिउँसो ३ बजेसम्म

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनको लागि हुन लागेको निर्वाचनको कार्यतालिका संशोधन भएको छ। एघारौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending